आज पनि प्रि-बजेटका बारेमा छलफल हुने « Khabarhub

आज पनि प्रि-बजेटका बारेमा छलफल हुने


२६ बैशाख २०८०, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


42
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– आज पनि प्रि बजेटका बारेमा छलफल हुने भएको छ । आइतबार बसेको प्रतिनिधिसभा कार्य ब्यवस्था समितिको बैठकले उक्त निर्णय गरे अनुसार आज पनि प्रि बजेटका बारेमा छलफल हुन लागेको हो ।

जसअनुसार बैशाख २५ देखी २८ गतेसम्म प्रि बजेटका बारेमा छलफल हुने नेपाली कांग्रेसका सांसद रामहरी खतिवडाले जानकारी दिएका थिए ।

उनका अनुसार प्रि–बजेटमाथि बिहान ११ बजेदेखि बेलुका ५ बजेसम्म छलफल गरिने र छलफलको अन्तिम दिन अर्थात बैशाख २७ गते अर्थमन्त्री प्रकाशशरण महतले जवाफ दिने गरी कार्यतालिका तय भए अनुसार प्रि बजेटमा निरन्तर छलफल जारी राखिएको हो ।

संवैधानिक ब्यवस्था अनुसार जेठ १५ गते आउन लागेको बजेटको पूर्व सन्ध्यामा राजनीतिक दलहरूले  प्रि बजेटका बारेमा छलफल सुरु गरेका छन । गत बुधवार बसेको नेकपा माओवादी केन्द्र नेतृत्वको सत्तारुढ गठबन्धनको बैठकमा पनि सो बारेमा प्रारम्भिक छलफल भएको थियो ।

शुक्रबार र शनिबार पनि बसेको गठबन्धनको बैठकमा सरकारको आगामी बजेट तथा नीति तथा कार्यक्रमका बारेमा शीर्ष नेताका बिचमा प्रारम्भिक चरणका छलफल भइसकेको छ । उनीहरु यतिखेर सरकारका प्राथमिकताका बारेमा छलफल गरिरहेका छन् ।  

प्रकाशित मिति : २६ बैशाख २०८०, मंगलबार  ६ : २० बजे

आज पनि घट्यो सुनको मूल्य, कतिमा हुँदैछ कारोबार ?

काठमाडौँ– नेपाली बजारमा सुनको मूल्य ओरालो लाग्नेक्रम जारी रहेको छ

कैलालीको सत्ती भन्सार कार्यालय : राजस्व सङ्कलनमा कमी

कैलाली– टीकापुर नगरपालिका–९ स्थित सत्ती भन्सार कार्यालयले चालु आर्थिक वर्षको

एमाले संसदीय दलको जिम्मेवारी पाए खुट्टा कमाउँदिन: सुहाङ नेम्वाङ

काठमाडौँ- नयाँ सरकारको गठन प्रक्रिया अगाडि बढ्दा नेकपा (एमाले)मा संसदीय

जेनजी आन्दोलन घटनाको प्रतिवेदन सार्वजनिक गर्न त्रिचन्द्र स्ववियुको दबाब (तस्बिरहरू)

काठमाडौँ– त्रिचन्द्र क्याम्पस स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) ले गत भदौ

कोलम्बियामा सैन्य विमान दुर्घटना: ६६ जनाको मृत्यु

रोयटर्स – कोलम्बियामा सैन्य विमान उड्ने क्रममा दुर्घटना हुँदा ६६