गणेशको उपासना र लोककल्याण | Khabarhub Khabarhub

गणेशको उपासना र लोककल्याण

एक वर्षमा पाँच वटा मंगलचौथी



वैशाख २६ गते,जेठ ९ गते, असोज २ गते, असोज १६ गते र फागुन १ गते, एकै वर्षमा ५ पटक विशेष दिन मंगलचौथी परेको छ। एकै वर्षमा यति धेरै मगल चौथी विरलै पर्ने गर्छ, धार्मिक जनमानसमा यो सुखद क्षण हो र यसले समग्र राष्ट्रमै सकारात्मक ऊर्जा प्राप्त हुन्छ। हाम्रो जीवनसँग यस्तो पर्व यस्ता विशेष दिनमा गरिने श्रीगणेशजीको सेवा बारे संक्षिप्त चर्चा गर्ने यो लेखको उद्देश्य रहेको छ।

कल्प अनुसार गणेशजीको उदय बारे फरक मत छ। सूर्य पुत्र शनिको दृष्टि पर्दा उनको शिरच्छेदन भएर श्रीविष्णुको हातबाट हात्तीको टाउकोद्दारा जियाइएको प्रसंग पनि छ।

त्यसो त भाद्र शुक्ल चतुर्थीलाई गणेशको जन्मदिनको रुपमा मान्ने चलन हो। यो दिनलाई शिवा भनिन्छ। माघ शुक्ल चौथीलाई भने शान्ता भनिन्छ र हरेक मंगलबारको चौथीलाई भने सुखा भनिन्छ र यी यस्ता दिनहरु विशेष वन्दनीय छन्। अन्य दिनमा गरिएका हजारौं पुण्य कर्म बराबरको फल यस्ता दिनको एकैक्षणले प्राप्त हुन्छ। कल्प अनुसार गणेशजीको उदय बारे फरक मत छ। सूर्य पुत्र शनिको दृष्टि पर्दा उनको शिरच्छेदन भएर श्रीविष्णुको हातबाट हात्तीको टाउकोद्दारा जियाइएको प्रसंग पनि छ।

कतै माता पार्वतीले आफ्नो शरीरको मयलबाट गणेशको उदय गराइएको र पछि पिता शिवको कोपभाजन हुँदा शिरच्छेदन भएको अनि माता पार्वतीको शोक निवारण गर्न हात्तीको टाउकोले उनलाई जियाएको कथाका प्रसंग छन्। पछि गणेशजीकै व्रतबाट पार्वती माता र सबै देवताको कष्ट निवारण भएका प्रसंग पुराणमा पाइन्छ।

गणेशका ठूला कान छन् जसले हामीलाई अरुको कुरा धेरै सुन्नु पर्ने संकेत गर्छ। तर प्रतिक्रिया दिने कम गर्नुपर्छ। उनमा भएको ठूलो पेटले संसारका सबै प्राणी जति खाए पनि नअघाउने संकेत गर्छ तर मानिसले थोरै र सात्विक आहार गर्नु पर्ने संकेत मिल्छ। उनका आँखा साना छन्, हात्तीका आँखा साना भए पनि सूक्ष्म सियो पनि उसले सजिलै देख्छ। हात्ती हेर्दा आकारले ठूलो छ तर एउटा समान्य माउतेको अधिनमा हुन्छ। यसको तात्पर्य हामी सबैले अरुलाई ठूलो देख्नुपर्छ, समाजमा आपूm सानै देखिएर पनि प्रगतिमा अग्रसर हुन सकिन्छ भन्ने संकेत हो। बाँगो सूँडले भने सबैलाई समालोचनात्मक रुपमा हेर्नुपर्छ भन्ने हो। पूर्वाग्रहको दृष्टिले हेर्नु हुँदैन।

सत्ययुगदेखि नै तपोभूमिको नामले चिनिने नेपालको मुख्य स्थल काठमाडौंको चारै दिशामा सूर्य विनायक, कार्य विनायक, अशोक विनायक र चन्द्र विनायकले यस नगरीलाई संरक्षण दिएका छन्।

गणेशका आँखा साना छन् तर संसार हेर्ने दृष्टि साह्रै ठूलो छ। बाहन मुसो हो र पनि मयुर बाहक कुमारभन्दा प्रतिस्पर्धामा खरो उत्रन्छन् श्रीगणेश, आमा बाबुको सेवा गर्नु भनेको संसारको विजय गर्नु हो भन्ने संकेत मिल्छ यसबाट। मोहलाई नाश गर्नु भन्ने पनि हो। आप्mनोे ह्याउ हेरेर काम गर्ने, घाँटी हेरी हाड् निल्ने, अरुको धेरै नक्कल नगर्ने, सादा जीवन उच्च विचार पनि हो। गणेशको शरीरमा भएका मालाले मानिसले गर्ने हरेक दिनको सुकर्मको गिन्ती गर्न सिकाउँछ, हामीले हरेक दिन कति राम्रो काम गर्न सकियो त्यही नै हाम्रो सम्पत्ति हो भन्ने सिकाउँछ।

देवताका गलामा लागेका अक्ष मालाले हामीले पुण्यलाई अक्षय गर्न भनिएको हो। देउता अर्थात् यता होइन, उपकार गर अरुलाई देऊ को अर्थ नै देवता हो। आफ्नो मात्र सोच्ने जिन्दगी राक्षसी हुन्छ। पशुवत् हुन्छ, मानिस नै देवता हो। यसले जति परोपकार अरु कसैले गर्न सक्दैन।

सत्ययुगदेखि नै तपोभूमिको नामले चिनिने नेपालको मुख्य स्थल काठमाडौंको चारै दिशामा सूर्य विनायक, कार्य विनायक, अशोक विनायक र चन्द्र विनायकले यस नगरीलाई संरक्षण दिएका छन्। स्थान विशेषमा गणेशको मन्दिर, मूर्ति मुलुकभर यत्रतत्र नै छन्। हनुमती, बागमती, विष्णुमती एवं रुद्रमती साक्षी स्वरुप बग्ने चार नदी यी चारै गणेशका स्थल हिजोआज प्रदूषित छन्। त्यसो त पूरै काठमाडौँ प्रदूषित छ, हामी मानवकै कारण।

यसमा थप अध्ययन, अनुसन्धान र सचेतना जरुरी छ। यी लगायत नेपालमा रहेका असंख्य प्रसिद्ध देवदेवी स्थलबाट हामीले बाह्य पर्यटनलाई समेत प्रशस्त टेवा, सेवा गर्न सक्छौँ। विश्वका सभ्य र विकसित क्षेत्रमा जे छैन त्यो हामी कहाँ छ। यसलाई हामीले गौरव मान्नुपर्छ, नष्ट हुन दिनु हुँदैन। पूर्वीय दर्शनमा मङ्गलचौथीलाई अत्यन्तै शुभ दिन मानिन्छ।

तनाव, क्रोध, आवेग एवं रक्तचाप र अशान्ति मेटाउन पनि र कलहका कारक मंगलग्रहको दोष निवारण हेतु पनि श्रीगणेशको उपासना गर्नुपर्छ। २१ वटा मंगलबारको व्रतले खरो मंगल ग्रह दोष निवारण हुन्छ।

मानिसलाई नैतिक र चारित्रिक बनाउने हाम्रो पूर्वीय दर्शनशास्त्रका अधिकांश रचनाका मूल लेखक यिनै श्रीगणेश हुन्। पूर्वीय धर्म संस्कृतिमा कुनै पनि कार्य सिद्धिका लागि मङ्गलाचरण गर्ने गरिन्छ। वाणीका देवता श्रीगणेशलाई स्मरण गर्नाले बिना अवरोध कार्य सम्पन्न हुने र मानिसका इच्छा सिद्धि हुने विश्वास गरिन्छ।

शिव–गौरी पुत्रका रुपमा रहेका श्रीगणेशको उदय भाद्रशुक्लचतुर्थीमा भएको हो। त्यस दिनको सर्व कल्याण महत्त्व बढी भएझैं माघशुक्ल, असारशुक्ल र मंगलबार सहितको चतुर्थीलाई मानिसका लागि क्रमशः मनको शान्ति र शरीरको सुखको प्रतीकका दिनका रुपमा लिइन्छ। त्यस्तै मंगलबार युक्त चौथी परेको मङ्गलचौथीले जीवनमा आनन्द प्राप्त हुने गर्छ। वर्षमा कहिलेकंही मात्र पर्ने यस्तो पर्वको विशेष महत्व छ।

गणेश उपासना गर्दा धेरै मन्त्र जप गर्न सकिन्छ मूल मन्त्रःभने ॐ एक दन्ताय विद्महे बक्रतुण्डाय धीमहिः तन्नो दन्ती प्रचोदयात् हो। सबैलाई सजिलो मन्त्र भनेः ॐ गं गणपतये नमः हो। तनाव, क्रोध, आवेग एवं रक्तचाप र अशान्ति मेटाउन पनि र कलहका कारक मंगलग्रहको दोष निवारण हेतु पनि श्रीगणेशको उपासना गर्नुपर्छ। २१ वटा मंगलबारको व्रतले खरो मंगल ग्रह दोष निवारण हुन्छ।

२१ दुवो, २१ लड्डु, रातो बस्त्र, रातो फूलसहित गणेशजीको उपासना गर्नाले मानिसको स्थूल शरीर र यसैको सूक्ष्म शरीर मनको विकार नाश हुन्छ। व्रतमा गहुँको परिकार र शख्खरको सेवन राम्रो मानिन्छ।

ज्योतिषशास्त्रअनुसार जन्म कुण्डलीमा मंगलदोष, बालग्रह, अरिष्ट शान्ति, त्रिभागी एवं योगीनी दशा शान्ति गर्न पनि मंगलबार श्रीगणेशको विशेष पूजा आराधना गर्नुपर्ने हुन्छ। भ्रामरी दशा निवारणमा पनि श्रीगणेशकै सेवा गर्नुपर्छ, जसले दुर्घटनाको सम्भावित खतरामा कमी आउँछ। २१ दुवो, २१ लड्डु, रातो बस्त्र, रातो फूलसहित गणेशजीको उपासना गर्नाले मानिसको स्थूल शरीर र यसैको सूक्ष्म शरीर मनको विकार नाश हुन्छ। व्रतमा गहुँको परिकार र शख्खरको सेवन राम्रो मानिन्छ। यसो गर्दा शरीरका बिकार नाश भएर तेज वृद्धि हन्छ। शरीरमा रोगनिरोध शक्ति प्राप्त हुन्छ। तमाम बिघ्न बाधा हटाई सम्मान चाहनेले श्रीगणेशको आराधनामा अल्छी गर्नु हुन्न। व्यापारिक संस्थाले त पल पलमा गणेशको आराधना गर्नुपर्छ।

बालकहरुलाई सर्वप्रथम शिक्षा आरम्भ गर्दा श्रीगणेशाय नमः भनी सरस्वतीको पूजाका साथ अध्ययन सुरु गराइन्छ भने गणेशको पूजामा वेलपत्र अर्पणलाई निषेध मानिएको छ। विध्नेश, हेरम्व, गजानन, सुर्पकर्ण, विनायक, लम्वोदर, एकदन्त र गणेश गरी तिनको ८ नाम मुख्य छन् भने गणेशका हजार नाम लिएर मन्त्र जप र हवन कार्य गर्नाले जुनसुकै कडा रोग पनि निको हुने विश्वास गरिन्छ।

पूजा वा उपासना भन्नु मनको एकाग्रता नै हो, निष्ठा हो, एकाग्र मनले लगनशील भएर गरिएको कुनै पनि कार्य सफल हुन्छ, पूर्ण हुन्छ। स्वच्छ र पवित्र मनले गरिएको सात्विक संकल्प र दृढ निश्चयले मानिसले जस्तोसुकै कठिनतम कार्य पनि सजिलै गर्न सक्छ।

सबैजसो पूजामा अग्रपूजाका अधिकारी श्रीगणेश नै हुन्। जीवनको सुख, सौभाग्य, कीर्ति, यश, पराक्रम, धन र मनोवल प्राप्त गर्न गणेशकै आशीर्वाद आवश्यक छ। मानिसको शरीर भनेको पञ्चतत्वको पिण्ड हो। चित्त शक्ति आत्माको प्रवेशले यसलाई चलायमान गरेको हुन्छ।

प्रकृतिका पाँच तत्त्वले बनेको शरीर संरक्षणमा पाञ्चायन देवता शिव–विष्णु–देवी–सूर्य र गणेशको प्रमुख देन रहेको हुन्छ। शिव ज्ञानका प्रतीक, विष्णु शरीर सन्चालनका प्रतीक, देवी शक्तिको प्रतीक, सूर्य आत्माको प्रतीक र गणेश वाक् शुद्धि, वाणीका प्रतीक हुन्। कोमल हृदय र मधुर वाणीका लागि गणेशको सेवा गर्नुपर्छ।

पूजा वा उपासना भन्नु मनको एकाग्रता नै हो, निष्ठा हो, एकाग्र मनले लगनशील भएर गरिएको कुनै पनि कार्य सफल हुन्छ, पूर्ण हुन्छ। स्वच्छ र पवित्र मनले गरिएको सात्विक संकल्प र दृढ निश्चयले मानिसले जस्तोसुकै कठिनतम कार्य पनि सजिलै गर्न सक्छ। आत्मबल, मनोबल प्राप्त हुने देवदेवीको उपासनाले मानिसका आवश्यकता भुक्ति र मुक्ति दुवै मिल्छ। मनको व्यापार हटाएर शुद्ध, सात्विक भएर पूजा,उपासनामा बस्नाले मानिसलाई आनन्द प्राप्त हुन्छ। अन्य विषयवस्तु विकारबाट प्राप्त हुने आनन्द दिगो हुँदैन, सात्विक निष्ठाबाट प्राप्त हुने आनन्द बढी दिगो हुन्छ।

आनन्दको अर्को नाम नै ईश्वर हो चाहे गणेश, शिव, विष्णु बुद्ध वा अल्लाह जे भने पनि ! निश्चित नियम, आचरण र संकल्पको साथ सेवामा समर्पित हुन प्रेरणा दिने पूर्वीय धर्म, संस्कृतिको जरो हाम्रो मुलुकमा वैदिक चिन्तनको अथाह भण्डार रहेको छ। पश्चिमी संस्कृतिका मानिस यस्तो स्रोत केन्द्रको अध्ययन अनुसन्धान गर्दै छन्।

व्यक्ति सबै आस्तिक हुनु जरुरी छ, आस्तिक हुँदैमा सधै मन्दिर जानुपर्ने होइन, शरिर नै मन्दिर हो। यसभित्र रहेको आत्मा परमात्माको निराकार रुप हो। यो रुप मान्छेमा मात्रै होइन, हर प्राणीमा हुन्छ। त्यसैले सकेसम्म मांसाहार, मदिरा, नसालु पदार्थको सेवन नगर्नु भनिएको हो।

युरोप, अमेरिका, जर्मनीतिर यसबारे खोजबिन बढेको छ, हामी भने डुंगा चल्दैछ, पाइला मेटिँदैछ भन्ने अवस्थामा पुगेका छौँ, धर्म कर्ममा स्त्रीलाई मात्र सुम्पिने परम्परा बसेको छ। स्त्री, दिदी, बहिनीमा पनि नव पुस्तामा चासो घटेको देखिन्छ। श्रीगणेशको उपासनाको अर्थ हुन्छ, व्यक्ति असल संस्कारको बन्ने आधार यही हुन्छ।

संस्कारले हिन भएको, गायत्री, दीक्षामन्त्रको उपासना नगर्ने, आफ्नो मन्त्र सिद्धि गर्न नसक्नेले गरेको समाज सेवा निरर्थक हुन्छ। ढुंगामा वा मूर्तिमा देवता मान्छेले बनाउने हो। त्यसैले देवता बनाउने शक्ति भएको मान्छेले उसको दिमागले सिर्जना गरेको विज्ञानको दुरुपयोग गर्नु हुन्न। विज्ञान ज्ञानको उपज हो। विज्ञान निर्माता मानव मस्तिष्क देवताको उपज हो। त्यसैले व्यक्ति सबै आस्तिक हुनु जरुरी छ, आस्तिक हुँदैमा सधै मन्दिर जानुपर्ने होइन, शरिर नै मन्दिर हो। यसभित्र रहेको आत्मा परमात्माको निराकार रुप हो। यो रुप मान्छेमा मात्रै होइन, हर प्राणीमा हुन्छ। त्यसैले सकेसम्म मांसाहार, मदिरा, नसालु पदार्थको सेवन नगर्नु भनिएको हो। यसले तनाव, क्रोध, आवेग बढाउँछ अनि व्यक्तिले आफ्नो गति छोड्न थाल्छ, बेहोसी हुन्छ। क्रोध, आवेगले समाज, देश कस्तो हुन्छ भन्ने कुरा आज रसिया, युक्रेनले देखाउदैछन्, हिजो अफगानिस्तानहरुले देखाएका थिए।

भोजनमा विभेद गर्ने, परस्त्रीगामी, परपुरुषमा आकर्षित हुने, परिश्रम नगरी धनी हुन खोज्ने यी सबै कुमार्गी हुन्। पञ्चतत्त्वले बनेको शरिर शुद्धिका लागि र यसले गर्ने समाज सुधारका कामका लागि पनि पाञ्चायन देवता मध्येका श्रीगणेशको उपासना जरुरी छ।

रोषपूर्वक अरुलाई दिइएको वस्तुले परिणाम राम्रो दिँदैन। देव सम्पति हडप गर्ने, स्त्रीको धनमा आशक्ति देखाउने, अरुलाई दिइएकोमा बखान र पछुतो गर्ने, चोरीको धन अरुलाई दिने, मठ, मन्दिरमा लगाउँने, पतितको हातको अन्न खाने, दम्भले धनार्जन गर्ने, अर्काको मन दुखाएर आर्जन गर्ने, शोषण गर्ने, वेदको बिक्री गर्ने, अरुलाई निन्दा र अपमान गर्नेको हात कहिल्यै पवित्र हुँदैन।

भोजनमा विभेद गर्ने, परस्त्रीगामी, परपुरुषमा आकर्षित हुने, परिश्रम नगरी धनी हुन खोज्ने यी सबै कुमार्गी हुन्। पञ्चतत्त्वले बनेको शरिर शुद्धिका लागि र यसले गर्ने समाज सुधारका कामका लागि पनि पाञ्चायन देवता मध्येका श्रीगणेशको उपासना जरुरी छ।

प्रकाशित मिति : २६ बैशाख २०८०, मंगलबार  ८ : ३३ बजे

इलाममा रास्वपासहित १६ उम्मेदवारको जमानत जफत (सूचीसहित)

इलामा– इलाम क्षेत्र नम्बर २ मा प्रतिनिधिसभा सदस्यका लागि भएको

इजरायल–हमास युद्धविरामको संकेत

काठमाडौं– ६ महिनाको युद्धपछि इजरायल र हमासबीच दोस्रो युद्धविराम हुनसक्ने

स्वास्थ्य सेवा प्रणाली सुधारमा नेपाल सफल छ : स्वास्थ्यमन्त्री

वासिङ्टन– उपप्रधानमन्त्री एवं स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री उपेन्द्र यादवले संवैधानिक र

स्पेनिस ला लिगा : बार्सिलोनाको सहज जित

काठमाडौं– स्पेनिस ला लिगा फुटबलमा बार्सिलोनाले सहज जित निकालेको छ

कस्तो छ आजको मौसम ?

काठमाडौं– जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल