रुस-युक्रेन युद्ध र जर्मनीको ‘परिवर्तन बिन्दु’ « Khabarhub

रुस-युक्रेन युद्ध र जर्मनीको ‘परिवर्तन बिन्दु’


२६ बैशाख २०८०, मंगलबार  

पढ्न लाग्ने समय : 3 मिनेट


105
Shares
  • change font
  • change font
  • change font

कारनेगी युरोप नामक एक प्राज्ञिक संस्थाका अनुसार, एक वर्ष अघि अर्थात् २०२२ मा जब रुसले युक्रेनमाथि हमला गर्यो। त्यसपछि यसको जवाफमा जर्मनीका चान्सलर ओलाफ स्कोल्जले बुन्डेस्टागमा जर्मनीको विदेश नीतिमा व्यापक परिवर्तनको घोषणा गरे। जसलाई जर्मन भाषामा ‘जाइटनवेन्ड’ अर्थात् ‘परिवर्तनको बिन्दु’ पनि भनिन्छ। जसमा ओलाफले जर्मनीको नेटोमा प्रतिरक्षा बजेट योगदान दुई प्रतिशत भन्दा बढी बनाउने भन्ने थियो। तर यो २०२३ मा करिब ७५ बिलियन युरो घटी भएर जर्मनीले आफ्नो लक्ष्य हासिल गर्न सकेन।

जर्मनीलाई यो लक्ष्य पुरा गर्न रुस युक्रेन युद्ध हुनुभन्दा पूर्व करिब २० बिलियन युरोले पुगेको थिएन। सन् २०२२ मा स्कोल्जको त्यो भाषणमा युक्रेनलाई सैन्य सहयोग प्रदान गर्ने एवं जर्मनीको नीति जसले जर्मनीलाई युद्ध क्षेत्रमा हतियार पठाउन प्रतिबन्ध गरेको छ। त्यो परिवर्तन गर्ने भनिएको थियो।

कुनै एक पक्ष नकारात्मक भइदियो भने यो पुनःनिर्माण कार्य प्रभावकारी हुँदैन। साथै रुसले युद्धपछि फिनल्याण्ड र स्वीडेनसँग कस्तो सम्बन्ध विस्तार गर्ला त ? बाल्टिक देशसँग रुसको भविष्यमा कस्तो सम्बन्ध होला ?

डि डब्लुमा प्रकाशित समाचार अनुसार जर्मन इन्स्टिच्युट फर इकोनोमिक रिसर्च का प्रमुख मार्सेल फ्राट्ज्चरका अनुसार, युक्रेनमा भएको युद्धले तथा यसबाट उत्पन्न ऊर्जा संकटबाट जर्मन अर्थतन्त्रलाई करिब सय बिलियन युरो अर्थात् १०७ बिलियन डलर वा कुल ग्राहस्थ उत्पादनको २.५५ प्रतिशत बराबरको घाटा गरेको फ्रेट्ज्चरले बताए। जर्मन चेम्बर अफ इन्डस्ट्री एण्ड कमर्सका अनुसार समग्र अर्थतन्त्रमा पर्ने असरले जर्मनीमा प्रत्येक व्यक्तिले करिब दुई हजार यूरो बराबरको सम्पत्ति गुमाउँने अवस्था देखिन्छ।

जर्मन-रुस सम्बन्धको बाध्यता
अहिले जर्मनीका लागि रुससँगको सम्बन्ध पूर्ण रूपमा तोड्नु पनि चुनौतीपूर्ण नै देखिन्छ। किनभने युरेपेली सुरक्षाको एउटा प्रमुख सरोकारवाला पक्ष रुस पनि हो। त्यो संगै रुस-युद्ध पश्चात पनि युक्रेन पुनःनिर्माणमा रुस तथा पश्चिमको बराबर सहकार्य आवश्यक छ।

कुनै एक पक्ष नकारात्मक भइदियो भने यो पुननिर्माण कार्य प्रभावकारी हुँदैन। साथै रुसले युद्धपछि फिनल्याण्ड र स्वीडेनसँग कस्तो सम्बन्ध विस्तार गर्ला त ? बाल्टिक देशसँग रुसको भविष्यमा कस्तो सम्बन्ध होला ? के रुस पूर्ण रुपमा सम्पूर्ण युरोपेली देशसँग शत्रुता राख्छ होला वा फरक फरक ढंगको रणनीतिक सम्बन्ध विस्तार गर्न खोज्छ। यी प्रश्नहरू पनि छन् । हुनत जर्मनीले अहिलेको अवस्थामा रुस सँगको निर्भरता धेरै घटाएको छ।

एक तथ्याङ्क अनुसार जर्मनीले रुससँग सन् २०२१ सम्म करिब ५५.५ प्रतिशत ऊर्जा खरिद गर्ने गरेको थियो। तर जुन २०२२ सम्म आइपुग्दा त्यो करिब २६.५ प्रतिशतमा झारेको छ। अहिलेको अवस्थामा जर्मनीले आफ्नो ऊर्जा खरिद विश्व बजारबाट गरिरहेको छ।

यदि चीन र रुसको मित्रता प्रगाढ हुँदै गयो भने यी दुवै देशको युद्ध पछिको युरोप माथिको नीति के होला ? एउटा अनुमान लगाउन सकिने विषय भनेको चीनले सम्पूर्ण युरोपमा व्यापार विस्तार खोजिरहेको छ। कोरोनापछि उग्र चीन विरोधी भावना पनि युरोपमा व्याप्त छ। त्यसैले रुस तथा चीनको साझेदारी तबसम्म रहला जबसम्म चीनले आफ्नो व्यापारिक स्वार्थमा कुनै पनि प्रकारको धक्का महसुस गर्दैन।

एक तथ्याङ्क अनुसार जर्मनीले रुससँग सन् २०२१ सम्म करिब ५५.५ प्रतिशत ऊर्जा खरिद गर्ने गरेको थियो। तर जुन २०२२ सम्म आइपुग्दा त्यो करिब २६.५ प्रतिशतमा झारेको छ।

युक्रेनमा जारी रुसी आक्रमणमा रोक्न न त युरोपमा जर्मनी वा फ्रान्स वा अमेरिका नै निर्णायक बनेका छन्। सिक्काको अर्को पाटोको रुपमा रहेको चीनले पनि रुससँग ‘अनन्त काल’ का लागि साझेदारी स्थापति गरेको छ। फलस्वरुप चीनको १२ बुँदे शान्ति प्रस्ताव र चिनियाँ राष्ट्रपति सीको हालसालै गरिएको मस्कोको भ्रमण एउटा उदाहरण हो। भारतले पनि अति सहुलियत दरमा रुसी तेल खरिद गरेर यो युद्ध अन्त्य गर्न उत्तेजक भूमिका खेलेको देखिदैन। युद्धको सान्दर्भिकताबारे मौखिक टिप्पणी गरेता पनि भारत र चीन दुवैले युद्ध अन्त्य गर्ने कूटनीतिक प्रयासलाई सीमित नै राखेका छन्।

अन्त्यमा,
जारी रहेको रुस–युक्रेन युद्धका कारण जर्मनीले सैनिक बजेट घोषणा गरेको अनुरुप विस्तार गर्न नसकेको भए पनि आफ्नो विदेश तथा प्रतिरक्षा नीतिमा परिवर्तन गर्दै युद्धग्रस्त क्षेत्रमा हतियारको आपूर्ति गर्ने घोषणा स्वरुप युक्रेनमा लियोपार्ड २ नामक सैनिक ट्याङ्ग र रूसी तेलमाथि आफ्नो निर्भरता घटाएको विषय एउटा ‘टर्निङ प्वाइन्ट’ साबित भएको छ।

केही वर्षअघि भुतपूर्व अमेरिकी राष्ट्रपति ट्रम्प र भूतपूर्व जर्मन चान्सलर मर्केलबीच मनमुटाव हुँदा, ट्रम्पले रूसी तेलमा पूर्ण निर्भरताका विकास गरेका कारण जर्मनी निकट भविष्यमा समस्याको खाडलमा पर्ने चेतावनी दिएका थिए। नभन्दै जर्मनीले सो समस्या सामना गर्नुपर्‍यो।

केही वर्षअघि भुतपूर्व अमेरिकी राष्ट्रपति ट्रम्प र भूतपूर्व जर्मन चान्सलर मर्केलबीच मनमुटाव हुँदा, ट्रम्पले रूसी तेलमा पूर्ण निर्भरताका विकास गरेका कारण जर्मनी निकट भविष्यमा समस्याको खाडलमा पर्ने चेतावनी दिएका थिए। नभन्दै जर्मनीले सो समस्या सामना गर्नुपर्यो। युद्धलाई बुझ्न जटिल छ। किनभने यो एउटा देशको लागि ‘वरदान’र अर्कोको लागि ‘अभिशाप’बन्छ। उदाहरणको लागि युद्धको मौका छोपेर तेलको उत्पादन र मूल्य नियन्त्रण गरेर खाडी राष्ट्र तथा रुसले अधिक धन आर्जन गर्न सम्भव भए भने युद्धको चपेटामा निर्दोष युक्रेनी शिकार भए।

प्रकाशित मिति : २६ बैशाख २०८०, मंगलबार  १० : ११ बजे

म्याग्दीका २४ पर्यटकीय स्थलमा पूर्वाधार निर्माण योजना

म्याग्दी– गण्डकी प्रदेश सरकार मार्फत म्याग्दीमा यस वर्ष २४ पर्यटकीय

इरान–कतार ऊर्जा तनावमा ट्रम्पको कडा चेतावनी

दोहा– मध्यपूर्वमा झन्डै तीन सातादेखि जारी युद्धले ऊर्जा सुरक्षामाथि गम्भीर

जुम्लामा एक हजार २७७ किशोरीलाई एचपीभी खोप दिने

जुम्ला– जिल्लामा लक्षित समूहका एक हजार २७७ जना किशोरीलाई पाठेघरको

संसद् सचिवालयले बोलायो ६ राष्ट्रिय दलको बैठक

काठमाडौं- संघीय संसद् सचिवालयले २१ फागुनपछिको निर्वाचनमार्फत् प्रतिनिधिसभामा प्रतिनिधित्व गर्ने

चितवनमा रगतको चरम अभाव, रेडक्रसद्वारा रक्तदान गर्न आह्वान

चितवन– जिल्लामा रगतको चरम अभाव भएको छ । यससँगै नेपाल