‘कठघरा’ र ‘येलो सुइट’ सार्वजनिक « Khabarhub

‘कठघरा’ र ‘येलो सुइट’ सार्वजनिक


२६ बैशाख २०८०, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


75
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– साहित्यकार सुशीला भुसालद्वारा लिखित उपन्यास ‘कठघरा’ र ‘येलो सुइट’ सार्वजनिक गरिएको छ । नेकपा (एमाले)का उपमहासचिव प्रदीपकुमार ज्ञवालीले तरेली साहित्यिक प्रतिष्ठानद्वारा आज यहाँ आयोजित कार्यक्रममा ती कृतिको लोकार्पण गर्दै यतिबेला मानिसको रोजाइ हिंसा थियो कि थिएन भनेर उल्लेख गरिएको छ । 

साहित्यकार वासुदेव अधिकारीले दुवै उपन्यासले समाजको  यथार्थलाई चित्रण गरेको बताए । यलो सुइटमाथि टिप्पणी गर्दै साहित्यकार डा विन्दु शर्माले उपन्यासमा महिलालाई नायकत्व गर्न खोजिएको बताए । 

राष्ट्रिय जनसाहित्य सङ्घका अध्यक्ष राम विनयले समाजका न्यून वर्गीय पक्षमा साहित्य हुनुपर्ने बताए। लेखिका भुसालले उपन्यासमा १७ वर्षको अनुभवमा आफूले देखे–भोगेका कुरालाई उतारिएको बताए । उनले कठघरा माओवादी सशस्त्र द्वन्द्व र येलो सुइट होटल व्यवसायमा काम गर्ने एक महिला कामदारको कथा रहेको जानकारी दिए ।

प्रकाशित मिति : २६ बैशाख २०८०, मंगलबार  ९ : ५४ बजे

भ्रष्टाचार नगरेपछि पापीहरु बौलाउन थाले : मन्त्री किराती

काठमाडौँ – संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री सुदन किरातीले

भारत भ्रमणअघि आज प्रधानमन्त्रीले पूर्वप्रधानमन्त्री लगायतसँग छलफल गर्दै

काठमाडौँ – भारत भ्रमणमा जानुअघि प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले सामूहिक

कैलाली : अन्तरपालिका टी-२० क्रिकेटको उपाधि गोदावरीलाई

धनगढी – कैलाली जिल्ला क्रिकेट संघको आयोजनामा जेठ ७ गतेदेखि

किशोरकुमारको बायोपिकबाट अलग्गिँदै रणवीर कपूर

मुम्बई – हालका दिनमा बलिउड फिल्म बक्सअफिसमा निरन्तर फ्लप भइरहँदा

कैलाली बहुमुखी क्याम्पसका प्राध्यापकहरूले बुझाए सामूहिक राजीनामा

धनगढी – आन्दोलित कैलाली बहुमुखी क्याम्पसका प्राध्यापकहरूले सामूहिक राजीनामा बुझाएका