साहित्य

‘कठघरा’ र ‘येलो सुइट’ सार्वजनिक

By खबरहब

May 09, 2023

काठमाडौँ– साहित्यकार सुशीला भुसालद्वारा लिखित उपन्यास ‘कठघरा’ र ‘येलो सुइट’ सार्वजनिक गरिएको छ । नेकपा (एमाले)का उपमहासचिव प्रदीपकुमार ज्ञवालीले तरेली साहित्यिक प्रतिष्ठानद्वारा आज यहाँ आयोजित कार्यक्रममा ती कृतिको लोकार्पण गर्दै यतिबेला मानिसको रोजाइ हिंसा थियो कि थिएन भनेर उल्लेख गरिएको छ । 

साहित्यकार वासुदेव अधिकारीले दुवै उपन्यासले समाजको  यथार्थलाई चित्रण गरेको बताए । यलो सुइटमाथि टिप्पणी गर्दै साहित्यकार डा विन्दु शर्माले उपन्यासमा महिलालाई नायकत्व गर्न खोजिएको बताए । 

राष्ट्रिय जनसाहित्य सङ्घका अध्यक्ष राम विनयले समाजका न्यून वर्गीय पक्षमा साहित्य हुनुपर्ने बताए। लेखिका भुसालले उपन्यासमा १७ वर्षको अनुभवमा आफूले देखे–भोगेका कुरालाई उतारिएको बताए । उनले कठघरा माओवादी सशस्त्र द्वन्द्व र येलो सुइट होटल व्यवसायमा काम गर्ने एक महिला कामदारको कथा रहेको जानकारी दिए ।