विराटनगरबाट सुनका गहनासहित दुई जना पक्राउ « Khabarhub

विराटनगरबाट सुनका गहनासहित दुई जना पक्राउ


२६ बैशाख २०८०, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


27
Shares
  • change font
  • change font
  • change font

विराटनगर– विराटनगरबाट प्रहरीले सुनका गहनासहित दुई जनालाई पक्राउ गरेको छ । विराटनगर महानगरपालिका–९ ठाकुरबारी रोडबाट  पक्राउ पर्नेमा ४५ वर्षीय इन्द्र विक र ४० वर्षीय गोविन्द विक रहेका छन् ।

सुनसरीको इटहरी उपमहानगरपालिका–१० मा बस्दै आएका उनीहरू बागमती प्रदेश ०१–०२८ च २८४६ नम्बरको कारमा सवार रहेकोमा वडा प्रहरी कार्यालय विराटनगरबाट डिएसपी विजय श्रेष्ठको नेतृत्वमा खटिएको टोलीले सोमबार राति ९ बजेतिर पक्राउ गरेको हो ।

प्रहरीका अनुसार रातको समयमा विराटनगरको ठाकुरबारी रोडमा रहेको आरके जेम्स ज्वेलर्समा गहना बेच्न खोज्दै गर्दा शङ्का लागेपछि उनीहरूमाथि प्रहरीले खानतलासी गरेको थियो । पक्राउ परेकाको साथबाट पोतेमा प्रयोग गरिने विभिन्न डिजाइनका २ सय ३९ थान सुनका गहना बरामद भएको मोरङ प्रहरीका प्रवक्ता डिएसपी रन्जनकुमार दाहालले जानकारी दिए । उनका अनुसार जम्मा सुन ९ तोला ४३ लाल छ । त्यसको बजार मूल्य ११ लाख बढी रहेको छ ।

सुनसँग सम्बन्धित बिल नभएको र ओसारपसार तथा बिक्रीको प्रक्रिया पूरा नगरेको पाइएपछि विकद्ववयलाई पक्राउ गरिएको दाहालले बताए । उनीहरूको साथबाट ९८ हजार ३ सय रुपैयाँ पनि प्रहरीले बरामद गरेको छ ।

कार, सुनका गहना र नगदसहित पक्राउ परेका दुवै जनालाई आवश्यक अनुसन्धान एवं कारबाहीका लागि मंगलबार राजस्व अनुसन्धान कार्यालय इटहरीको जिम्मा लगाइएको डिएसपी दाहालले बताए ।

प्रकाशित मिति : २६ बैशाख २०८०, मंगलबार  ५ : ४७ बजे

रवि–बालेन भेटमा के कुरा भयो ?

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने र

केपी ओलीलाई ईश्वर पोखरेलको चेतावनी : पार्टीमा कसैलाई काखा, कसैलाई पाखा नगरियोस्

काठमाडौँ – नेकपा एमालेका नेता ईश्वर पोखरेलले पार्टीमा कसैलाई काखा

यसरी हुँदैछ नेपाल आउने पर्यटकमाथि निगरानी

काठमाडौँ- अध्यागमन विभागले यही पुस १७ गतेदेखि काठमाडौँका तारे होटलहरूमा

हर्क साम्पाङले गरे उपाध्यक्ष मित्र परियारलाई निलम्बन

काठमाडौं – श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङले अनुशासन उल्लङ्घन

एमालेको मुख्य ध्याय प्रतिनिधि सभा पुनर्स्थापना हो, चाँडै यो सरकार ढल्छ

काठमाडौं । नेकपा एमालेको पदाधिकारीमा निर्वाचित एकमात्र महिला पद्मा अर्याल