अमेरिकासँग एलियन रहेको पूर्व अमेरिकी गुप्तचरको दाबी  « Khabarhub

अमेरिकासँग एलियन रहेको पूर्व अमेरिकी गुप्तचरको दाबी 


२६ जेठ २०८०, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


9.5k
Shares
  • change font
  • change font
  • change font

बासिंगटन – अमेरिका प्राय जसो एलियनको खोजी गरिरहेको छ।

कतिपय फिल्ममा अन्य व्यक्तिले अमेरिकामा यस्तो गोप्य ठाउँ रहेको दाबी पनि गरेका छन्, जहाँ एलियनलाई राखिएको छ र अनुसन्धान भइरहेको छ।

हालै अमेरिकालाई लिएर फेरि यस्तो सनसनीपूर्ण खुलासा भएको छ। यो खुलासा एक पूर्व गुप्तचर अधिकारी डेभिड ग्रुस र व्हिसल ब्लोअरले गरेका छन्।

द डेब्रिफलाई उद्धृत गर्दै, द गार्डियन्सले एउटा रिपोर्ट प्रकाशित गरेको छ कि, एक्स इन्टेलिजेन्स अफिसरले अमेरिकाको कब्जामा एलियनका गाडीहरू रहेको खुलासा गरेका छन्, जसमा केही कहिल्यै अन्त्य नहुने सवारीहरू पनि छन्।

यो जानकारी कंग्रेसमा दिएपछि विरोधको सामना गर्नुपरेको ग्रुसको भनाई छ। जसका कारण अमेरिकी इन्टेलिजेन्समा १४ वर्ष सेवा गरिसके पछि गत २०२३ अप्रिलमा जागिर छाड्नु परेको ग्रुसले बताएका छन्। यद्यपि उनले यस्तो कुनै शिल्प वा गाडीको तस्बिरसमेत नदेखेको बताए।

द डेब्रिफसँगको कुराकानीमा ग्रुशले विमानको फ्लीटमा रहेका कतिपय यानहरू कहिल्यै अन्त्य नहुने र केही जहाज केही हदसम्म नष्ट हुनसक्ने बताए।

नेशनल एयर एन्ड स्पेस इन्टेलिजेन्स सेन्टर (नासिक) का अमेरिकी गुप्तचर अधिकारी जोनाथन ग्रेले पनि यो खबरको पुष्टि गरेका छन्। उनीहरुले यो एलियन क्राफ्ट भएको पनि पुष्टि गरेका छन्। यसमा नयाँ के छ भन्ने पनि बताए। त्यहाँ एलियनहरू वा गैरमानवहरू छन्।

रिटायर्ड आर्मी कर्णेल कार्ल नेलले पनि ग्रुसको दाबी सत्य भएको बताएका छन्, अमेरिकाले पनि युएफअको क्र्यास साइटहरूमा गएर जानकारी सङ्कलन गर्ने प्रयास गरिरहेका छन्।  त्यस्ता साइटहरूबाट फेला परेका चीजहरूको इन्जिनियरिङ पनि बुझ्ने प्रयास गरिरहेका हुन्छन्।

प्रकाशित मिति : २६ जेठ २०८०, शुक्रबार  ७ : ११ बजे

पुटिन भारतको राजकीय भ्रमणका लागि प्रस्थान

मस्को– रुसी राष्ट्रपति भ्लादिमिर पुटिन आफ्नो दुई दिने राजकीय भारत

अलैँचीको बजार मूल्य लगातार ओरालो

फुङ्लिङ – पछिल्लो समय अलैँचीको बजार मूल्य लगातार ओरालो लागेको

व्यवस्थित कृषि सडकको मागसहित ‘जुनार महोत्सव’

काठमाडौं– सिन्धुलीको गोलञ्जोर गाउँपालिकाको महाभारत क्षेत्र अहिले जुनाररसुन्तलाले पहेँलपुर भएको

पोखराविरुद्ध काठमाडौं : कप्तान केसीको बलमा कप्तान भुर्तेल आउट

काठमाडौं – नेपाल प्रिमियर लिग (एनपीएल) सिजन २ अन्तर्गत बिहीबारको

एमालेले महाधिवेशनमा विद्युतीय भोटिङ मेसिन प्रयोग गर्ने

काठमाडौं– नेपाल कम्युनिष्ट पार्टी (एमाले)ले आसन्न ११औँ राष्ट्रिय महाधिवेशनमा नेतृत्व