नेपाल र कतारबीच मानवअधिकारसम्बन्धि समझदारी नवीकरण « Khabarhub

नेपाल र कतारबीच मानवअधिकारसम्बन्धि समझदारी नवीकरण


२६ जेष्ठ २०८०, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


30
Shares
  • change font
  • change font
  • change font

दोहा – नेपाल र कतारबीच मानवअधिकारको क्षेत्रमा केही बुँदाहरू संशोधन पश्चात् समझदारी पत्र नवीकरण गरिएको छ। नेपाल र कतारबीच मानवअधिकारको क्षेत्रमा सात वर्ष अगाडि एउटा विशेष समझदारी पत्रमा हस्ताक्षर भएको थियो।

बिहीबार काठमाडौँमा पुनः केही बुँदाहरू थप एवं संशोधन पश्चात् समझदारी पत्र नवीकरण भएको कतारका लागि नेपाली प्रतिनिधि रामजान मियाँले जानकारी दिए।
मियाँका अनुसार नेपाली पक्षको तर्फबाट राष्ट्रिय मानव अधिकार आयोगका अध्यक्ष तपबहादुर मगर र कतारी पक्षको तर्फबाट राष्ट्रिय मानवअधिकार समिति कतारका उपाध्यक्ष डा.मोहम्मद बिन सैफ अल कुवारीले हस्ताक्षर गरेका थिए।

यस सम्झौताले कतारमा रहेका नेपाली नागरिकको सुरक्षा एवं हकअधिकारको रक्षामा थप बल पुग्ने विश्वास लिइएको नेपाली प्रतिनिधि मियाँले बताए। सम्झौताले दुई देशबीच रहिआएको मैत्रीपूर्ण सम्बन्ध थप दरिलो बनाउन महत्त्वपूर्ण भूमिका खेल्ने विश्वास गरिएको छ।

हाल कतारको राष्ट्रिय मानवअधिकार समितिको मुख्यालयमा अवस्थित नेपाली समुदायको हेल्प डेस्क स्थापना लगायत अन्य थुप्रै उपलब्धि बिगतको सम्झौताको परिणामस्वरूप देखिएको छ। अन्य क्षेत्रमा पनि कतार नेपालबीचको सहकार्यले गति प्राप्त गर्ने आशा गरिएको छ।

सो कार्यक्रममा नेपालका लागि कतारी राजदूत युसुफ मोहम्मद अल हैल, दूतावासका उच्चपदस्त अधिकारी लगायत मुस्लिम आयोगका अध्यक्ष शमिम मियाँ अन्सारी, संविधान सभा सदस्य कौसर शाह लगायत राष्ट्रिय मानवअधिकार आयोग नेपालका पूर्व अध्यक्षहरु तथा कतारस्थित राष्ट्रिय मानवअधिकार समितिका महासचिव सुल्तान बिन हसन अल जमालीको सहभागिता रहेको थियो।

प्रकाशित मिति : २६ जेष्ठ २०८०, शुक्रबार  ७ : १८ बजे

आज २०८३ साल कात्तिक १० गते मंगलबारको राशिफल

काठमाडौँ – २०८३ साल कात्तिक १० गते मंगलबार सन् २०२६

लालझाडी कप फुटबल प्रतियोगिता मङ्सिर ३ गतेदेखि

कञ्चनपुर– कञ्चनपुरमा आगामी मङ्सिर ३ गतेदेखि दशौँ संस्करणको लालझाडी कप

मंगलबार भगवान गणेशको पूजा गर्नुहोस्

काठमाडौँ– आज २०८३ साल कात्तिक १० गते मंगलबार सन् २०२६

एनपीएलमा आज दुई खेल : विराटनगर र चितवन तथा कर्णाली र जनकपुर खेल्ने

काठमाडौँ – नेपाल प्रिमियर एनपीएलमा मंगलबार दुई खेल हुँदैछन् ।

नोबेल शान्ति पुरस्कार नपाएपछि ट्रम्पले भने : नर्वे वास्तवमै फोहोर राज्य बन्यो

पोर्ट ह्युरन – अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले नर्वेका आप्रवासीलाई अमेरिकामा