नेपाल र कतारबीच मानवअधिकारसम्बन्धि समझदारी नवीकरण « Khabarhub

नेपाल र कतारबीच मानवअधिकारसम्बन्धि समझदारी नवीकरण


२६ जेष्ठ २०८०, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


30
Shares
  • change font
  • change font
  • change font

दोहा – नेपाल र कतारबीच मानवअधिकारको क्षेत्रमा केही बुँदाहरू संशोधन पश्चात् समझदारी पत्र नवीकरण गरिएको छ। नेपाल र कतारबीच मानवअधिकारको क्षेत्रमा सात वर्ष अगाडि एउटा विशेष समझदारी पत्रमा हस्ताक्षर भएको थियो।

बिहीबार काठमाडौँमा पुनः केही बुँदाहरू थप एवं संशोधन पश्चात् समझदारी पत्र नवीकरण भएको कतारका लागि नेपाली प्रतिनिधि रामजान मियाँले जानकारी दिए।
मियाँका अनुसार नेपाली पक्षको तर्फबाट राष्ट्रिय मानव अधिकार आयोगका अध्यक्ष तपबहादुर मगर र कतारी पक्षको तर्फबाट राष्ट्रिय मानवअधिकार समिति कतारका उपाध्यक्ष डा.मोहम्मद बिन सैफ अल कुवारीले हस्ताक्षर गरेका थिए।

यस सम्झौताले कतारमा रहेका नेपाली नागरिकको सुरक्षा एवं हकअधिकारको रक्षामा थप बल पुग्ने विश्वास लिइएको नेपाली प्रतिनिधि मियाँले बताए। सम्झौताले दुई देशबीच रहिआएको मैत्रीपूर्ण सम्बन्ध थप दरिलो बनाउन महत्त्वपूर्ण भूमिका खेल्ने विश्वास गरिएको छ।

हाल कतारको राष्ट्रिय मानवअधिकार समितिको मुख्यालयमा अवस्थित नेपाली समुदायको हेल्प डेस्क स्थापना लगायत अन्य थुप्रै उपलब्धि बिगतको सम्झौताको परिणामस्वरूप देखिएको छ। अन्य क्षेत्रमा पनि कतार नेपालबीचको सहकार्यले गति प्राप्त गर्ने आशा गरिएको छ।

सो कार्यक्रममा नेपालका लागि कतारी राजदूत युसुफ मोहम्मद अल हैल, दूतावासका उच्चपदस्त अधिकारी लगायत मुस्लिम आयोगका अध्यक्ष शमिम मियाँ अन्सारी, संविधान सभा सदस्य कौसर शाह लगायत राष्ट्रिय मानवअधिकार आयोग नेपालका पूर्व अध्यक्षहरु तथा कतारस्थित राष्ट्रिय मानवअधिकार समितिका महासचिव सुल्तान बिन हसन अल जमालीको सहभागिता रहेको थियो।

प्रकाशित मिति : २६ जेष्ठ २०८०, शुक्रबार  ७ : १८ बजे

सरकारकै तर्फबाट विन्ध्यवासिनीमा विधिपूर्वक भित्राइयो फूलपाती

कास्की – पोखराको प्रसिद्ध शक्तिपीठ विन्ध्यवासिनी मन्दिरमा बडादसैँको सप्तमीका अवसरमा

म्यान्मामा सैन्य हवाई आक्रमण, ११ सर्वसाधारणको मृत्यु

ढाका – म्यान्माको मध्यक्षेत्रमा पर्ने एक गाउँमा सेनाले गरेको हवाई

बागमती किनारमा दसैँको रौनक, लिङ्गे पिङमा रमाउँदै बालबालिका (तस्बिरहरू)

काठमाडाैं – कुपोण्डोलस्थित बागमती नदी किनारमा दसैँको उमङ्ग, लिङ्गे पिङ

अस्थायी मर्मतपछि दसैँमा सहज बन्दै बागलुङका सडक

बागलुङ – बाढीपहिरोले क्षति पुर्‍याएका बागलुङका राष्ट्रिय राजमार्गदेखि ग्रामीण सडकसम्म

करेन्ट लागेर महिलाको मृत्यु

ओखलढुङ्गा – ओखलढुङ्गाको चिशङ्खुगढी गाउँपालिका–१, कुमलटारमा करेन्ट लागेर ५४ वर्षीया