प्रिया प्रकाशको आँखा झिम्काउने दृश्य विवादमा « Khabarhub

प्रिया प्रकाशको आँखा झिम्काउने दृश्य विवादमा


२६ जेठ २०८०, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


816
Shares
  • change font
  • change font
  • change font

मुम्बई – साउथकी प्रख्यात अभिनेत्री प्रिया प्रकाश वारियर सन् २०१८ मा फिल्म ‘ओरु अदार लभ’मा रहेको ‘आँखा झिम्काउने’ दृश्यबाट रातारात चर्चित बनेकी थिइन्।

त्यो समयमा उनलाई ‘विंक गर्ल’ समेत भनिएको थियो। त्यो बेला यो दृश्यले उनले जति सनसनी मच्चाएकी थिइन्, अहिले यही दृश्यका कारण विवादमा तानिएकी छन्।

प्रियाले अहिले आएर त्यो दृश्यको अवधारणा आफूले निकालेको दाबी गरेकी छन्। ‘मैले त्यो दृश्यको अवधारणाबारे निर्देशकलाई जानकारी गराएको थिएँ’, उनले भनेकी छन्।

प्रियाको दाबीमा फिल्मका निर्देशक ओमर लुलुले आपत्ति जनाएका छन्। उनले सामाजिक सञ्जालमा प्रियालाई मजाकको पात्र बनाएका छन्। उनले स्मरण शक्ति बढाउने औषधि खान सुझाव पनि दिएका छन्।

‘बिचरा बच्चाले ५ वर्षपछि बिर्सिएछ। यो आयुर्वेदिक औषधि स्मरण शक्ति गुमाउनेका लागि उपयुक्त हुन्छ’, उनले ट्वीटरमा एक आयुर्वेदिक औषधिको तस्वीर राख्दै लेखेका छन्।

प्रकाशित मिति : २६ जेठ २०८०, शुक्रबार  ८ : ४१ बजे

रेलयात्रा नगर्न इरानी जनतालाई इजरायलको चेतावनी

काठमाडौँ – इजरायलले इरानी जनतालाई रेलमार्गको यात्रा नगर्न चेतावनी दिएको

यूएईमा घाइते भएका नेपाली खतरामुक्त

काठमाडौँ- युएईको खोर फक्कानमा भएको घटनामा गम्भीर घाइते भएका नेपाली

बुधबार धेरै स्थानमा वर्षा हुने, पश्चिममा बढी

काठमाडौं – जल तथा मौसम विज्ञान विभागले भोलि बुधबार देशका

चीन र रुसको भिटोपछि स्ट्रेट अफ होर्मुज खोल्ने प्रस्ताव असफल

न्यूयोर्क– इरान संकटबीच संयुक्त राष्ट्र (यूएन) मा स्ट्रेट अफ होर्मुज

गृहमन्त्री गुरुङद्वारा क्षतिग्रस्त बिपी राजमार्गको अवलोकन, विपत्तिमा ‘हेलीबाट’ उद्धार गर्न निर्देशन

काभ्रेपलाञ्चोक – गृहमन्त्री सुधन गुरुङले गत सालको क्षतिग्रस्त बिपी राजमार्गको