समता शिक्षा निकेतनसँग रोयल्टी सम्झौता « Khabarhub

समता शिक्षा निकेतनसँग रोयल्टी सम्झौता


२६ जेठ २०८०, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


48
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – प्रस्तोता समाज नेपाल, संगीत रोयल्टी संकलन समाज नेपाल र संगीत तथा चलचित्र उत्पादक समाज नेपाल र समता स्कुल (समता शिक्षा निकेतन)बीच रोयल्टी संकलन सम्बन्धमा सम्झौता भएको छ।

प्रस्तोता समाजका कार्यवाहक अध्यक्ष निर्णय श्रेष्ठ, रोयल्टी संकलन समाज नेपालका कार्यवाहक अध्यक्ष चन्द्र शर्मा र संगीत तथा चलचित्र उत्पादक समाज नेपालका अध्यक्ष सूर्यबहादुर मगर तथा स्कुलका प्रधानाध्यापक अजय अधिकारीबीच स्कुलमा गीत संगीतको सार्वजनिक प्रयोग भए वापत रोयल्टी संकलनको सम्झौता भएको हो।

संगीत तथा चलचित्र उत्पादक समाज नेपालका अध्यक्ष मगरले स्कुलमा हुने विविध सांगीतिक कार्यक्रममा गीत संगीत प्रसारण हुने भएकाले प्रसारित सामाग्री वापतको रोयल्टीका विषयमा सम्झौता भएको बताए। प्रतिलिपि अधिकार ऐन २०५९ को दफा ३९ बमोजिम गठित प्रस्तोता समाज, रोयल्टी संकलन समाज नेपाल र संगीत तथा चलचित्र उत्पादक समाज नेपालले प्रतिलिपि अधिकार ऐन २०५९ को नियमावली ६१ को नियम १० मा उल्लेख भए बमोजिम गीत संगीतको सार्वजनिक प्रयोग भएवापत सिर्जित संगीत रोयल्टी संकलनको काम गरिरहेको छ।

स्कुलका प्रधानाध्यापक अधिकारीले नेपाली गीत संगीतको श्रीवृद्धिका लागि गरिने रोयल्टी संकलनमा स्कुलले पनि सहकार्य गर्न पाएकोमा खुशी व्यक्त गरे। सम्झौता कार्यक्रममा स्कुलका अशु केसीलगायतको उपस्थिति थियो।

प्रकाशित मिति : २६ जेठ २०८०, शुक्रबार  ८ : ०८ बजे

‘पूर्णबहादुरको सारङ्गी’ टिमकाच तीन कीर्तिमानीको सहकार्य ‘सिन्दुरे’मा हुँदै

काठमाडौं – नायक विजय बराल र नायिका अञ्जना बराइलीको कीर्तिमानी

कर्मचारी सञ्चय कोषबाट कोशी प्रदेशमा निवृत्तिभरण सुरु

काठमाडौं– कोशी प्रदेश सरकारको योगदानमूलक निवृत्तिभरण कोष (स्थापना तथा सञ्चालन) ऐन

रेशम चौधरीको रिटमा सुनुवाइ सकियो, आदेश आउन बाँकी

काठमाडौं– नागरिक उन्मुक्ति पार्टी, नेपालका संरक्षक रेशमलाल चौधरीले आफ्नो उम्मेदवारी

स्वास्थ्यमन्त्री गौतमका ३ महिना : जेन–जी घाइतेको उपचारदेखि बीमा सुधारसम्म

काठमाडौं- स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री सुधा शर्मा गौतमले आफ्नो तीन महिनाको