नेपाल रिपब्लिक मिडियाको आईपीओ बिक्री आजदेखि खुला « Khabarhub

नेपाल रिपब्लिक मिडियाको आईपीओ बिक्री आजदेखि खुला


२६ जेष्ठ २०८०, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


189
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– नेपाल रिपब्लिक मिडिया लिमिटेडले आजदेखि सर्वसाधारण लगानीकर्ताका लागि साधारण सेयर (आईपीओ) निष्काशन तथा बिक्री खुला गरेको छ । 

कम्पनीले जारी पूँजी ९६ करोड ७५ लाख रुपैयाँको ४४.९९२२ प्रतिशत अर्थात ४३ करोड ५३ लाख रुपैयाँ बराबरको प्रतिकित्ता १०० रुपैयाँ अंकित मूल्यका ४३ लाख ५३ हजार कित्ता शेयर निष्काशन गरेको हो ।

कम्पनीले १ लाख ७४ हजार १२० कित्ता शेयर कर्मचारीहरूका लागि र २ लाख १७ हजार ६५० कित्ता शेयर सामूहिक लगानी कोषहरूका लागि छुट्याएको छ । यस्तै, वैदेशिक रोजगारीमा रहेका नेपालीहरूका लागि ४ लाख ३५ हजार ३०० कित्ता निष्काशन भइसकेको छ ।

आईपीओका लागि लगानीकर्ताले आजदेखि जेठ ३० गतेसम्म न्यूनतम १० देखि पाँच सय कित्ताका लागि आवेदन दिन सक्नेछन् । 

सेयर निष्काशन तथा बिक्री प्रबन्धकमा मेगा क्यापिटल मार्केट्स लिमिटेड रहेको छ । नेपाल धितोपत्र बोर्डबाट स्वीकृत प्राप्त सिआस्बा सदस्य बैंक तथा वित्तीय संस्था तथा मेरो सेयर खाता मार्फत आवेदन दिन सकिने छ ।

प्रकाशित मिति : २६ जेष्ठ २०८०, शुक्रबार  ९ : १० बजे

दुर्लुङदेखि कुश्मासम्म अम्बा बेच्ने जमुनाको संघर्ष (तस्बिरहरू)

काठमाडौं– पर्वतको कुश्मा नगरपालिका–३ स्थित दुर्लुङ गाउँकी जमुना परियार गाउँका

साँगा–धुलिखेल सडक निर्माण तीव्र गति

काभ्रेपलाञ्चोक– अरनिको राजमार्गअन्तर्गत काभ्रेपलाञ्चोकको साँगा–धुलिखेल सडक निर्माणलाई तीव्रता दिइएको छ

मधेसमा झन्डै नौ अर्ब सहुलियतपूर्ण कृषि कर्जा प्रवाह

धनुषा– मधेस प्रदेशमा रु आठ अर्ब ९९ करोड सहुलियतपूर्ण कृषि

४२३ करोड कमाउँदै ‘जेलर २’ दोस्रो स्थानमा, दुई सातामै किन घट्यो रजनीकान्तको फिल्मको कमाइ ?

काठमाडौं– दक्षिण भारतीय सुपरस्टार रजनीकान्तको फिल्म ‘जेलर २’ ले बक्स

मधेसमा नयाँ सरकार गठन गर्न तीन दलबीच छलफल

जनकपुरधाम– मधेस प्रदेशमा नयाँ सरकार गठनका लागि नेकपा (एमाले), जनता