तरकारी र फलफूलको आजको मूल्य कति? « Khabarhub

तरकारी र फलफूलको आजको मूल्य कति?


२६ जेष्ठ २०८०, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


279
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजको मूल्य सूची सार्वजनिक गरेको छ। जसअनुसार मालदह आँप ८० र दशहरी आँप किलोको एक सय रुपैयाँमा किनबेच भइरहेको छ।

यसैगरी तरबुजा प्रतिकेजी ४० रुपैयाँ, अनार प्रतिकेजी ३८० रुपैयाँ, किवि प्रतिकेजी ४०० रुपैयाँ, लोकल काँक्रो प्रतिकेजी एक सय रुपैयाँ, अदुवा प्रतिकेजी २४० रुपैयाँ र लोकल गाजर प्रतिकेजी ११० रुपैयाँ कायम गरिएको छ।

मटरकोशा प्रतिकेजी १६० रुपैयाँ, कुरिलो प्रतिकेजी १८० रुपैयाँ, डल्लेच्याउ प्रतिकेजी ३२० रुपैयाँ, ब्रोकाउली ८० रुपैयाँ, कागती १५० प्रतिकेजी रुपैयाँ, रातो बन्दा प्रतिकेजी ६० रुपैयाँ, काउली स्थानीय प्रतिकेजी ६० रुपैयाँ र आलु रातो प्रतिकेजी ४५ रुपैयाँ तोकिएको छ।

हरियो खुर्सानी ७५ रुपैयाँ, तोरीको साग ४६ रुपैयाँ, रायोको साग ४५ रुपैयाँ, पालूगो, चमसूर र मेथीको साग ११६ रुपैयाँ, न्यूरो ८५ रुपैयाँ, कुरिलो १९३ रुपैयाँ, कन्य च्याउ १५४ रुपैयाँ र डल्ले च्याउ ३४० रुपैयाँ किन्न पाइन्छ।

प्रकाशित मिति : २६ जेष्ठ २०८०, शुक्रबार  १० : १७ बजे

वर्षाले फूल खेतीमा क्षति, किसान निराश

सिरहा – तिहार र छठ पर्वलाई लक्षित गरी सयपत्री फूल

पुल नहुँदा बारीमै कुहिन्छ कृषि उपज, समस्या समाधान गर्ने गृहमन्त्रीको प्रतिबद्धता

गोरखा – सडक तथा पुलको अभावमा कृषि उपज बजारसम्म पुर्‍याउन

मेलम्ची आयोजनाले सडक बन्द गर्दा स्थानीयवासीलाई सास्ती, एक सातादेखि आवागमन ठप्प

काठमाडौँ– मेलम्ची खानेपानी आयोजनाले सुन्दरीजलबाट सिन्धुपाल्चोक र नुवाकोट जाने सडक

पत्रकार पक्राउ गर्नेमाथि कारबाही गर्न सरकारलाई रास्वपाको निर्देशन

काठमाडौँ – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले पत्रकारमाथि भएको धरपकडको घटनाको