पानी नपरेपछि सामूहिक पूजा « Khabarhub

पानी नपरेपछि सामूहिक पूजा


२६ जेष्ठ २०८०, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


555
Shares
  • change font
  • change font
  • change font

पाल्पा– लामो समयसम्म पानी नपरेपछि पाल्पाको रामपुरका स्थानीयले सामूहिक पूजा गरेका छन् । पानी नपरेर खेतबारीमा लगाएका तरकारी बाली, अन्नबाली तथा फलफूल सुक्न थालेपछि भगवान् इन्द्रको पूजा गरिएको हो । 

रामपुर नगरपालिका–६ गैटारस्थित अकला कालिका दुर्गा मन्दिरमा सामूहिक रूपमा रुद्री लगाएर भगवान् इन्द्रको पूजा गरी स्थानीयवासीले पानी मागेका छन् ।
मन्दिरमा पूजाआजा गरी नजिकै रहेको कालीगण्डकी नदी परेवाघाट किनारमा पुगेर स्थानीयले पानी मागेको अकला कालिका मन्दिर व्यवस्थापन समिति अध्यक्ष कृष्णप्रसाद अर्यालले जानकारी दिए ।

भगवान् इन्द्रको पूजा गरी पानी मागेमा पानी पर्ने जनविश्वास छ । करिब तीन सयभन्दा बढी स्थानीयको सहभागितामा पञ्चेबाजासहित नदी किनारमा पुगेर पानी छ्‌यापाछ्‌याप गरी भगवान् इन्द्रसँग पानी माग्न पूजा गरिएको थियो ।

विगतदेखि नै पानी नपर्दा रुद्री लगाउने, इन्द्रको पूजा गर्दै आएको र पूजा गरेपछि पानी पर्ने गरेको स्थानीय ८४ वर्षीय लोकनाथ खनालले बताए ।

प्रकाशित मिति : २६ जेष्ठ २०८०, शुक्रबार  ११ : ०६ बजे

थारू बस्तीमा सोहराईको रौनक, भान्सामा पाक्दैछ ढिकर रोटी  

चितवन– थारू समुदायमा आज मुख्य पर्व सोहराई धुमधामका साथ मनाइँदैछ ।

मेचीनगरबाट चारजना सडक मानवको उद्धार

झापा– मानव सेवा आश्रमको झापा शाखाले पूर्वपश्चिम राजमार्गमा अलपत्र अवस्थामा

सलमानलाई भेट्दा भावुक भए अनुप विक्रम शाही, खुट्टा ढोगेको भिडियो भाइरल

काठमाडौं– बलिउड सुपरस्टार सलमान खानसँग भेट्ने अवसर पाउँदा नेपाली अभिनेता

थारूकहाँ झिलिमिली होइन, बल्छ आकाशे बत्ती (तस्बिरहरु)

काठमाडौं– चितवनको कालिका नगरपालिका-५ स्थित थारू समुदायका स्थानीय तिहारमा घर

सरकारको दबाबमा साइबर ब्युरोबाट अनुसन्धान भइरहेको अजयबाबुको आरोप

काठमाडौं– नेपाली कांग्रेसका सहमहामन्त्री अजयबाबु शिवाकोटी नेपाल प्रहरीको साइबर ब्युरोको