नागरिकता विधेयकसम्बन्धी मुद्दा न्यायाधीशद्वय राउत र माथेमाको इजलासमा « Khabarhub

नागरिकता विधेयकसम्बन्धी मुद्दा न्यायाधीशद्वय राउत र माथेमाको इजलासमा


२६ जेठ २०८०, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


45
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– राष्ट्रपति रामचन्द्र पौडेलले प्रमाणीकरण गरेको नागरिकता विधेयकबारे आज सवोच्च अदालतमा सुनुवाइ हुँदैछ ।

न्यायाधीश प्रकाशमान सिंह राउत र शुष्मलता माथेमाको इजलासमा पेसी तोकिएको छ ।

वरिष्ठ अधिवक्ताद्वय सुरेन्द्र भण्डारी र बालकृष्ण न्यौपानेले दायर गरेको रिटमा सर्वोच्चले यही जेठ २१ गते अल्पकालीन अन्तरिम आदेश जारी गरेको थियो । न्यायाधीश मनोज शर्माको एकल इजलासको सो आदेशपछि नागरिकता ऐन कार्यान्वयनमा अंकुश लागेको छ ।

उक्त मुद्दामा अन्तरिम आदेश दिने कि नदिने भन्ने निर्णय गर्न सर्वोच्चले दुवै पक्षलाई आज छलफलका लागि बोलाएको थियो ।

सर्वोच्चमा आज हुने सुनुवाइले नागरिकता ऐनको भविष्य निर्धारण हुनेछ । सर्वोच्चको संयुक्त इजलासले अन्तरिम आदेशलाई निरन्तरता दिएमा नागरिकता वितरणको कार्य तत्कालका लागि रोकिनेछ । यस्तै, यसअघि जारी भएको अल्पकालीन आदेश खारेज गरेमा नागरिकता वितरणको बाटो खुल्नेछ ।  

तत्कालीन राष्ट्रपति विद्यादेवी भण्डारीले प्रमाणीकरण गर्न अस्वीकार गरेको विधेयक जेठ १७ गते राष्ट्रपति पौडेलले प्रमाणीकरण गरेका थिए । विधेयक प्रमाणीकरणका लागि सरकारले सिफारिस गरेको थियो । 

प्रकाशित मिति : २६ जेठ २०८०, शुक्रबार  ११ : ५५ बजे

राष्ट्रपतिद्वारा दुई अध्यादेश जारी

काठमाडौँ- राष्ट्रपति रामचन्द्र पौडेलले मन्त्रिपरिषद्को सिफारिसमा दुई वटा अध्यादेश जारी

सचिन तिमल्सेना कांग्रेस केन्द्रीय सदस्य निर्वाचित

काठमाडौँ – नेपाली कांग्रेस केन्द्रीय सदस्यमा सचिन तिमल्सेना निर्वाचित भएका

दोधारा-चाँदनी झोलुङ्गे पुल पुननिर्माणमा २० करोड लाग्ने अनुमान

महेन्द्रनगर– कञ्चनपुरको ऐतिहासिक दोधारा चाँदनी झोलुङ्गे पुल पुनःनिर्माणका लागि २०

मस्कको राजनीतिक खर्चप्रति स्यान्डर्सको आलोचना

वासिङ्टन- अमेरिकी सिनेटर बर्नी स्यान्डर्सले अर्बपति उद्यमी एलन मस्कले रिपब्लिकन पार्टीलाई

‘कबड्डी ५’ को ट्रेलर सार्वजनिक, दर्शकको मन जित्न तम्तयार दयाहाङ-विजय

काठमाडौं– नेपाली फिल्मको लोकप्रिय शृङ्खला ‘कबड्डी’ फेरि दर्शकमाझ आउने तयारीमा