पप आइकनको मृत्यु र चीनको मानसिक स्वास्थ्य समस्या | Khabarhub Khabarhub

पप आइकनको मृत्यु र चीनको मानसिक स्वास्थ्य समस्या


२४ असार २०८०, आइतबार  

पढ्न लाग्ने समय : 4 मिनेट


54
Shares
  • change font
  • change font
  • change font

पप आइकन कोको लीको मृत्युपछि अहिले चीनको सामाजिक सञ्जालको वातावरण नै फरक भएको छ। यस घटनालाई मानसिक स्वास्थ्यमा बढ्दै गएको समस्यासँग जोडिएको छ। उनको मृत्युको कारण बारे औपचारिक कुरा बाहिर आएको छैन। दिदी कारोललाई उद्धृत गर्दै सामाजिक सञ्जालमा पोस्ट भए अनुसार कोकोले आफैले जीवन गुमाउन चाहेकी हुन्। केही दिन कोमामा रहेपछि उनको मृत्यु भएको हो। उनी केही वर्षयता डिप्रेसनको सिकार भएको पनि सार्वजनिक भएको छ। हङकङमा जन्मिएकी अमेरिकी मूलकी यी गायिका चीनमा परिचित नाम हो। मन्द मुस्कान र इलेक्ट्रिक शारीरिक गतिविधिका कारण स्टेज सोमा अत्यन्त लोकप्रिय थिइन्।

बुधबार राति उनको मृत्युको समाचार सार्वजनिक भएपछि यसले धेरैलाई स्तब्ध बनाएको थियो। ‘यो विश्वास लागी रहेको छैन। उनी अझै नाची रहेको तथा गाई रहेको भान हुन्छ।’ टिकटकमा यसै किसिमका प्रतिक्रिया व्यक्त भएका छन्।उनको मृत्युमा यसरी दुखेसो गर्नेको सङ्ख्या वेइवो रिड्सको एउटा एकाउन्टमा मात्र तीन हजार नाघेको छ। ‘यो संसारमा अझै कोही खुसी मानिस बाँकी छ र ?’, यस्तो प्रतिक्रियासमेत सामाजिक सञ्जालमा देखिएको थियो। उनीप्रति सम्मान व्यक्त भइरहँदा धेरै जना उनको परिवारको उठाएको मानसिक स्वास्थ्यको बारे चासो दिन थालेका छन्।

अहिले चीनमा मानसिक स्वास्थ्यको समस्या बढ्दो भएकै कारण सञ्चार माध्यमले समेत जनचेतना कार्यक्रम सञ्चालन गर्न थालेका छन्। यसको लक्षणका बारे पनि बहस सुरु हुन थालेका छन्। मानिस कसरी डिप्रेसनको नजिक पुग्छ भनेर बहस सुरु भएको छ। संघाई विश्व विद्यालयका प्राध्यापक जिया मेउ त्यो समस्याको बारे सचेत हुने बेला आइसकेको बताउँछन्।

अहिले चीनमा मानसिक स्वास्थ्यको समस्या बढ्दो भएकै कारण सञ्चार माध्यमले समेत जनचेतना कार्यक्रम सञ्चालन गर्न थालेका छन्। यसको लक्षणका बारे पनि बहस सुरु हुन थालेका छन्।

पछिल्लो समय चीनमा मानसिक स्वास्थ्यको समस्या बढ्दो छ। यसलाई नियन्त्रणमा राख्न त्यहाँको चिकित्सा विज्ञान नै असफल भइसकेको छ। मानसिक बिरामी या डिप्रेसन चीनमा लामो समयदेखि कलङ्कको रूपमा व्याख्या गरिने प्रचलन छ। समाजले उसलाई सही व्यवहार गर्नुको साटो पागलको संज्ञा दिँदै हेप्ने गरेको छ।

मानसिक स्वास्थ्यमा समस्या देखिएको कुनै व्यक्ति आफ्नो नजिकसमेत नरहे हुन्थ्यो भन्ने समेत धेरैको चाहना हुने गरेको छ। त्यहाँको डिप्रेसन अनुसन्धान परिषद्कै अनुसार चीनमा मानसिक स्वास्थ्यमा समस्या भएर पहिचान नभएकाको ठुलो जमात नै छ। गएको १० देखि १५ वर्षमा चीनको अर्थतन्त्रमा विकास देखिए पनि यसले मानिसलाई खुसी दिनुको साटो झन् धेरै दबाब बढाएको छ।

डा. मियोको अनुसार विद्यालय तहदेखि कार्यक्षेत्रसम्म प्रतिस्पर्धाको भावनाले ग्रसित भएपछि उनीहरूमा धेरै नै मानसिक समस्या देखा परेको हो। धेरै जनाले यस दबाबको समयमा आफ्नो परिवार या कुनै साथीसँग बसेर दुःख र सुख साटासाट गर्ने अवसर समेत पाउँदैनन्। चीनमा बढ्दै गएको यो प्रकोपको असर अझ लामो समय कायम रहनसक्ने छ।

चिनियाँ समाज नै कता जाने भन्ने समेत चासो उत्पन्न हुन थालेको छ। सन् २०१९ मा चिनियाँ मानसिक रोगको एक सर्वेक्षण बाहिर आएको थियो। प्रत्येक सात घरमा एक जनाको दरले मानसिक रोगी पाइएको थियो। त्यो पनि सामान्य होइन, लगभग नियन्त्रण बाहिर गई सकेको अवस्थाका। यी मध्यका थोरै मात्र आफ्नो समस्या अन्यसँग राख्न सकेका छन्।

पछिल्लो समय चीनमा मानसिक स्वास्थ्यको समस्या बढ्दो छ। यसलाई नियन्त्रणमा राख्न त्यहाँको चिकित्सा विज्ञान नै असफल भइसकेको छ।

मानसिक स्वास्थ्यका विज्ञहरू त विद्यालय तह देखि नै यसबारे सचेतना नफैलाए गम्भीर समस्या देखापर्न सक्ने चेतावनी समेत दिन थालेका छन्। ठुला सहरमा त बढ्दो उमेरसँगै मानसिक स्वास्थ्यको समस्या अझ विकराल देखिएको छ। मानसिक स्वास्थ्यका विज्ञको समेत अहिले चीनमा अभाव छ। यसै कारण यो समस्या अझ गम्भीर बनेको छ। सन् २०२१ को अन्त्यमा चीनमा ६४ हजार साइकोथेरापिस्ट थिए। जबकी त्यहाँ लाखौँको मात्रामा मानसिक रोगीको समस्या छ।

४८ वर्षीया ली बाल्यकालमै अमेरिका पुगेकी थिइन्। त्यहीँ उनले मान्डारिन र अङ्ग्रेजी भाषामा एल्बम निकालेकी हुन्। चलचित्र मुलानको मन्डारिन भर्सनमा उनको मुख्य भूमिका थियो। २००१ को अस्कार अवार्डमा उनले पर्दा पछाडिबाट आवाज दिएकी थिइन्।

मानसिक बिरामी या डिप्रेसन चीनमा लामो समयदेखि कलङ्कको रूपमा व्याख्या गरिने प्रचलन छ। समाजले उसलाई सही व्यवहार गर्नुको साटो पागलको संज्ञा दिँदै हेप्ने गरेको छ।

सन् १९९४ मा एक मन्डारिन एल्बमले उनलाई बजारमा राम्रो ब्रेक थ्रु दिएको थियो। त्यसको एक वर्षपछि उनले अङ्ग्रेजी एल्बमका साथै तेस्रो मन्डेरियन एल्बम बजारमा ल्याएकी थिइन्। पछिल्लो २९ वर्ष त्यहाँको समाज उनको आवाजबाट मन्त्रमुग्ध थियो।

सन् १९९९ मा हलिउडको बजार तताएको चलचित्र जुलिया रोबर्ट र रिचर्ड गैरे अभिनीत रन वे ब्रिजको साउन्ड ट्र्याकमा आवाज दिएकी थिइन्। सन् १९९९ मा माइकल ज्याक्सनसँग दक्षिण कोरियामा प्रदर्शन गरेकी उनी चाइनिज आइडलकी जज समेत हुन्। गत वर्ष नाचको क्रममा गोडामा समस्या आएको र त्यो बल्झिएको कुरा उनले मार्च महिनामा फेसबुकमार्फत सार्वजनिक गरेकी थिइन्।

विद्यालय तहदेखि कार्यक्षेत्रसम्म प्रतिस्पर्धाको भावनाले ग्रसित भएपछि उनीहरूमा धेरै नै मानसिक समस्या देखा परेको हो। धेरै जनाले यस दबाबको समयमा आफ्नो परिवार या कुनै साथीसँग बसेर दुःख र सुख साटासाट गर्ने अवसर समेत पाउँदैनन्।

सन् २०११ मा उनले हङकङमा अवस्थित सप्लाइ चेन कम्पनी ली एन्ड फङका मालिक ब्रस रोकोबीचसँग विवाह गरेकी थिइन्। उनको पहिलो विवाहबाट दुई सन्तान जन्मिएका थिए। उनको मृत्युपछि पनि उनको मुस्कानलाई भने धेरै जना समर्थकले सम्झीरहने छन्।

चीनमा मानसिक स्वास्थ्यको समस्या केही वर्ष अघि विकराल बन्दै थियो। आर्थिक उपलब्धिका लागि चीनले नागरिकलाई मेसिन झैँ राखेको थियो। त्यसैको उपज आर्थिक रूपमा सबल भयो। तर, त्यहाँका धेरै जनामा युवा अवस्थादेखि नै गम्भीर मानसिक समस्या देखिन थालेको थियो। यस क्रममा कोभिड महामारीले चीनलाई झनै प्रभावित तुल्याएको थियो। सन् २०१९ को सुरुवात देखिएको यो महामारीको असरपछि त मानसिक स्वास्थ्यको समस्या झनै बढेको थियो।

चीनमा रहने मुख्य समस्या अस्थिरता नै हो। हरेक कुरामा त्यहाँका युवामा कन्फ्युजन एउटा ठुलो समस्याको रूपमा गएको २० वर्षदेखि विकास हुँदै आएको थियो। सरकारले भने यसलाई पूर्ण रूपमा बेवास्ता गरेको थियो।

सन् २०२२ मै गरिएको सर्वेक्षण अनुसार ३३ प्रतिशत चिनियाँ तनावमा भेटिएका थिए। सन् २०१३ देखि २०१५ को बीचमा १६ दशमलव ६ प्रतिशत वयस्कमा मानसिक स्वास्थ्यको समस्या थियो। रोगी मध्येका ९ दशमलव ५ प्रतिशतले मात्र राम्रो उपचारको अवसर पाउने गरेका थिए। ठुला अस्पतालमा यसको उपचार भए पनि स्थानीय अस्पताल र स्वास्थ्य चौकीमा उपचार नै नभएपछि यसले समस्या थपेको थियो।

चीनमा रहने मुख्य समस्या अस्थिरता नै हो। हरेक कुरामा त्यहाँका युवामा कन्फ्युजन एउटा ठुलो समस्याको रूपमा गएको २० वर्षदेखि विकास हुँदै आएको थियो। सरकारले भने यसलाई पूर्ण रूपमा बेवास्ता गरेको थियो।

सरकारले केही कार्यक्रम नल्याएको भने होइन। तथापि त्यहाँको समाजले सिधै पागलको संज्ञा दिँदै कहिष्कार गर्न थालेपछि कोही पनि खुल्न चाहँदैन थिए। यो सामाजिक र सांस्कृतिक समस्या समाधानमा चिनियाँ सरकारको कुनै चासो नै थिएन। सन् २०२३ मा प्रकाशित एक रिपोर्ट अनुसार चीनको आर्थिक विकास नै त्यहाँको मानसिक स्वास्थ्यमा देखिएको समस्याको मुख्य कारण बनेको छ।

आर्थिक उन्नतिलाई सर्वोपरी ठान्ने चिनियाँ सरकारले अन्ततः नागरिकलाई खुसी राख्न सकेको छैन। यसै कारण संसारमै चीन मानसिक स्वास्थ्यको समस्याका कारण आलोचित बन्न थालेको छ।

चीनको जिरो कोभिड नीतिले त त्यहाँको समाजलाई नै तहसनहस बनाइ सकेको थियो। एकातर्फ ध्वस्त अर्थतन्त्रका कारण धेरै जना आहत भएका थिए। धेरै जनाको लगानी डुबेको थियो। यसबाट पार पाउने कुरामा चिनियाँ असक्षम थिए। अर्को एक तथ्यांक अनुसार चीन र पाकिस्तान नै कोभिड–१९ महामारीपछि सबै भन्दा धेरै मानसिक स्वास्थ्यको समस्या भोग्ने देशको रूपमा स्थापित थिए।

एउटा गायिकाका निधन पक्कै दुखद हो। त्यो भन्दा पनि चीनको आगामी पुस्ताको भविष्यकै बारे प्रश्न खडा भएको छ। आर्थिक उन्नतिलाई सर्वोपरी ठान्ने चिनियाँ सरकारले अन्ततः नागरिकलाई खुसी राख्न सकेको छैन। यसै कारण संसारमै चीन मानसिक स्वास्थ्यको समस्याका कारण आलोचित बन्न थालेको छ। स्रोतः बीबीसी लान्सेट

प्रकाशित मिति : २४ असार २०८०, आइतबार  ८ : १७ बजे

चन्द्रागिरिका आठ वडा ‘बालश्रममुक्त वडा’ घोषणा

काठमाडौं–  चन्द्रागिरि नगरपालिकाले ‘बालश्रममुक्त वडा’ घोषणा कार्यक्रमलाई उच्च प्राथमिकतामा राख्दै

मोहना र खुटिया नदीमा तटबन्ध निर्माण

गोदावरी– मोहना र खुटिया नदीमा तटबन्ध निर्माण अन्तिम चरणमा पुगेको

इजरायली आक्रमणमा शीर्ष हेजबुल्लाह कमान्डरको मृत्यु

एजेन्सी– लेबनानको बेरुत गढमा शुक्रबार भएको आक्रमणमा १४ जनाको मृत्यु

‘नेपाल आफ्नै गतिको आर्थिक विकासमा छ’

त्रिभुवन विश्वविद्यालय, केन्द्रीय अर्थशास्त्र विभागद्वारा आयोजना गरिएको अन्तर्राष्ट्रिय अर्थशास्त्र सम्मेलनमा

उत्पादन बढेपछि आठ स्थानीय तहमा ‘अलैँची जोन’

गलकोट– जिल्लाका आठ स्थानीय तहलाई समेटेर ‘अलैँची जोन’ बनाउन सुरु