२३ कम्पनीलाई कालो सूचीमा राख्ने सरकारको तयारी « Khabarhub

२३ कम्पनीलाई कालो सूचीमा राख्ने सरकारको तयारी


२४ असार २०८०, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


171
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– सरकारले विभिन्न २३ वटा निर्माण व्यवसायी तथा आपूर्तिकर्ता कम्पनीहरुलाई कालो सूचीमा राख्ने तयारी गरेको छ ।

प्रधानमन्त्री तथा मन्त्रीपरिषदको कार्यालय, सार्वजनिक खरिद अनुगमन कार्यालयले आज एक सूचना जारी गर्दै २३ वटा कम्पनीहरुलाई लिखित स्पष्टीकरण पेस गर्नेबारे पुनः स्मरण गराएको छ ।

कालो सूचीमा राख्न सिफारिस भएका कम्पनीहरूलाई ३० दिनको म्याद दिएर स्पष्टीकरण माग गर्दा सम्पर्कमा नआएपछि अनुगमन कार्यालयले कालो सूचीमा राख्ने प्रक्रिया सुरु गरेको हो ।

कार्यालयले पुनः सात दिनको समय दिएर स्पष्टीकरण पेस गर्न सूचित गर्दै सो अवधिमा पनि जवाफ नआए कम्पनीहरु स्वतः कालो सूचीमा पर्ने उल्लेख गरेको छ ।

विभिन्न आयोजनामा ढिलासुस्ति र सन्तोषजनक काम नगर्ने कम्पनीलाई कार्यालयले स्पष्टीकरण सोधेको हो ।

 

 

 

प्रकाशित मिति : २४ असार २०८०, आइतबार  ९ : ५३ बजे

अफ्रिका कप : नाइजेरियाको विजयी सुरुवात

काठमाडौं – नाइजेरियाले अफ्रिका कप नेसन्समा विजयी सुरुवात गरेको छ।

काराबाओ कप : सेमिफाइनलमा आर्सन र चेल्सीको भिडन्त

काठमाडौं – काराबाओ कपको सेमिफाइनलमा अर्सनल र चेल्सीले प्रतिस्पर्धा गर्ने

लिवियाली दुर्घटनाग्रस्त विमानको ब्ल्याक बक्स भेटियो

टर्की – लिबियाको सशस्त्र बलका प्रमुख र उनका चार सहयोगीसहित

निर्वाचन ७० दिन बाँकीः तयार भयो निर्वाचन आचारसंहिताको मस्यौदा

काठमाडौं – निर्वाचन आयोगले निर्वाचन आचारसंहिता–२०८२ को मस्यौदा सल्लाह सुझावका

आज ‘क्रिसमस डे’ मनाइँदै

काठमाडौं – क्रिश्चियन धर्मका संस्थापक येशु ख्रीष्टको जन्मदिनको सम्झनामा आज