कोइलाबास भन्सारमा लक्ष्यभन्दा बढी राजस्व संकलन « Khabarhub

कोइलाबास भन्सारमा लक्ष्यभन्दा बढी राजस्व संकलन


२४ असार २०८०, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


330
Shares
  • change font
  • change font
  • change font

दाङ– दाङको कोइलाबास भन्सार कार्यालयले जेठ मसान्तसम्ममा लक्ष्य भन्दा ४ सय प्रतिशत बढी राजस्व संकलन गरेको छ ।

चालु आर्थिक वर्षको ११ महिनामा लक्ष्य भन्दा ४ सय प्रतिशत राजस्व संकलन गर्न सफल भएको भन्सार कार्यालयले जनाएको छ । कार्यालयले चालु आर्थिक वर्षमा २१ लाख ३९ हजार राजस्व उठाउने लक्ष्य लिएको थियो । 

जेठ मसान्तसम्ममा ८३ लाख ४६ हजार रुपैयाँ राजस्व संकलन भएको कार्यालयका भन्सार संकेत निरीक्षक वसन्त रजौरेले जानकारी दिए ।

आर्थिक वर्ष सकिन अझै बाँकी रहेकाले थप राजस्व संकलन हुने पनि उनको भनाइ छ । सबैभन्दा बढी पुष र जेठ महिनामा १५ लाख राजस्व संकलन भएको छ । पुष र जेठ महिनामा स्वर्गद्वारी जाने भारतीय पर्यटक बढी आउनुभएकाले राजस्व संकलन पनि बढेको कार्यालयले जनाएको छ । 

कोइलाबास नाकाबाट विशेषगरी नेपाल आउने यात्रुले प्रयोग गर्ने सवारीसाधनबाट राजस्व उठाउने गरिन्छ । दाङको एक मात्र नाका कोइलावास भन्सार कार्यालयमा इन्टरनेटको समस्याका कारण भन्सारको काम लिखित रूपमै हुने गरेको छ ।

यस्तै कोइलाबासबाट गढवा–लमहीसम्मको सडकमा घुम्ती भएकाले ठूला गाडी आवागमनमा समस्या हुदै आएको छ ।

प्रकाशित मिति : २४ असार २०८०, आइतबार  १२ : ५६ बजे

कालोपत्र गरेको एक महिनामै सडक भत्किन थालेपछि…

म्याग्दी – बेनी नगरपालिकाको रत्नेचौर–भकुण्डे सडक कालोपत्र गरेको एक महिनामै

विद्यार्थीहरुको हृदयरोगसम्बन्धी निःशुल्क परीक्षण सुरु

भक्तपुर – भक्तपुर नगरपालिकाको आयोजना तथा चीनको युनानस्थित फुवाई युनान

ट्रायल सेन्टरमा विचौलियाको काम गर्ने १४ जना पक्राउ

काठमाडौं – प्रहरीले यातायात कार्यालय काठमाडौँ, गुर्जुधारा, राधेराधे भक्तपुर तथा

कञ्चनपुरमा शीतलहरले जनजीवन प्रभावित

कञ्चनपुर – कञ्चनपुरसहित पश्चिम तराईमा केही दिनदेखि चलेको बाक्लो हुस्सु

पाटेबाघ बढेसँगै थपियो संरक्षण चुनौती, पीडादायिक बन्दै मानव–बाघ द्वन्द्व

बर्दिया – बर्दिया राष्ट्रिय निकुञ्जमा आजदेखि पाँचौँ पटक बाघ गणना