संसदको गतिरोध हटाउन नेताहरू सहमत, प्रधानमन्त्रीले सम्बोधन गर्ने « Khabarhub

संसदको गतिरोध हटाउन नेताहरू सहमत, प्रधानमन्त्रीले सम्बोधन गर्ने


२४ असार २०८०, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


258
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– प्रमुख प्रतिपक्ष दल नेकपा एमालेका कारण केही दिनदेखि अवरुद्ध प्रतिनिधिसभा बैठक आजबाट सुचारु हुने भएको छ ।

आज सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा भएको प्रधानमन्त्री पुष्पकमल दाहाल, प्रमुख प्रतिपक्ष दल एमालेका अध्यक्ष केपी ओली र नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाबीच भएको छलफलमा संसदको गतिरोध हटाउने विषयमा सहमति भएसँगै बैठक सुचारु हुने भएको हो ।

कांग्रेस नेता रमेश लेखकले आज ३ बजे बस्ने बैठकमा प्रधानमन्त्री दाहालले सम्बोधन गर्ने जानकारी दिए ।

दाहालले आफूलाई प्रधानमन्त्री बनाउन सरदार प्रितम सिंह पटक पटक दिल्ली धाएको भन्ने अभिव्यक्तिबारे संसदमा स्पष्टीकरण दिने छन् ।

गत बुधबारदेखि एमालेले प्रधानमन्त्रीको राजीनामा माग गर्दै संसद् बैठक अवरुद्ध गर्दै आएको थियो ।

प्रकाशित मिति : २४ असार २०८०, आइतबार  १ : ३८ बजे

सुनका गरगहना चोरीमा संलग्न पाँचजना पक्राउ

काठमाडौं । भक्तपुरको मध्यपुरथिमि नगरपालिका–१, लोकन्थलीस्थित एउटा घरबाट सुनका गरगहना,

प्रधानाध्यापकमाथि हातपात गर्ने २ जना पक्राउ

काठमाडौं । काठमाडौंको बूढानीलकण्ठ नगरपालिका–१०, कपनस्थित बाल उद्धार माध्यमिक विद्यालयका

पोखरा स्कुल बस दुर्घटनाका घाइतेलाई एयर एम्बुलेन्सबाट काठमाडौं लगियो

पोखरा । कास्कीको पोखरा महानगरपालिका–२८ ओख्लेमा स्कुल बस दुर्घटनामा घाइते अश्मि

बूढीगण्डकी बाढी : आरुघाटमा बेलीब्रिज जडानको तयारीमा खटियो सेनाको टोली

काठमाडौं । बूढीगण्डकी बाढीले आरुघाट–धादिङ जोड्ने मोटरेबल पुलमा बगाएपछि सो

उपचार र राहतमा सहमतिपछि स्कुल बस दुर्घटनाका मृतकको अन्त्येष्टि

कास्की – पोखरा महानगरपालिका–२८ कालिकास्थित ओख्लेको भिरमा शुक्रबार बिहान स्कुल