मिटरब्याजीको आरोपमा सर्वसाधारणलाई पक्राउ गरेको आरोप « Khabarhub

मिटरब्याजीको आरोपमा सर्वसाधारणलाई पक्राउ गरेको आरोप


२४ असार २०८०, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


2.5k
Shares
  • change font
  • change font
  • change font

बारा- मिटरब्याजीमा संलग्न नै नभएको व्यक्तिलाई बारा प्रहरीले पक्राउ गरेर दुःख दिएको घटना सार्वजनिक भएको छ । बाराकाे महागढीमाई नगरपालिका-१०, गन्जभवानीपुरका एक सर्वसाधारणलाई प्रहरीले पक्राउ गरेपछि सो घटना सार्वजनिक भएको हो ।

पीडितका बुबा मोतीलालप्रसाद गुप्ताले दिएको जानकारीअनुसार छोरी निशाकुमारीसँग महागढीमाई नगरपालिका-१० गन्जभवानीपुर बस्ने रामाधार साह कानुले ६ लाख रुपैयाँको कपाली तमसुक गरेर रकम लिएका थिए ।

‘अहिले कानुनले निशालाई मिटरब्याजी भनेर उजुरी दिएका छन्,’ । उनले भने, ‘तर प्रहरीले संलग्न नै नभएको घटनामा छोरा निरजलाई पक्राउ गरेको छ ।’

उजुरीकर्ता कानूले २०७५ श्रावण ३१ गते कपाली तमसुक गरेर रकम लिएका थिए । तर, कानूले प्रहरीलाई विभिन्न प्रलोभनमा पारी संलग्न नै नभएको व्यक्तिलाई पक्राउ गरेको गुप्ताले आरोप लगाए ।

अंशका बुबाले पत्रकार सम्मेलन गरेर जिल्ला प्रहरी कार्यालय बाराले गरेको ज्यादतिको बारेमा जानकारी दिएका हुन् । कपाली गरी लिएको रकम पटक पटक ताकेता गरी माग्दा पनि नदिएकोले जिल्ला अदालत बारामा आफूहरूले हालेको मुद्दा आफूहरूले जितेको उनले बताए ।

‘तर, सरकारले पछिल्लो समयमा मिटरब्याजीविरुद्ध अध्यादेश ल्याएपछि केही प्रहरीको मिलिमतोमा उल्टै संलग्न नै नभएको व्यक्तिलाई पक्राउ गरिएको छ,’  गुप्ताले सुनाए ।

प्रकाशित मिति : २४ असार २०८०, आइतबार  २ : ०० बजे

तेह्र वर्षमा १३ हजार बढी वन डढेलोका घटना अभिलेख

काठमाडौं– यही चैत १ देखि ७ गतेसम्म मुलुकभर वन डढेलो

चैत १२ देखि १४ सम्म देशभर एमएडब्लु वृद्धिको मेगा एक्सचेन्ज  

काठमाडौं– एमएडब्लु वृद्धिले इभी ब्रान्डहरु दिपल, अवतार, नामी र सेरेसलाई एउटै

म्याग्दीका २४ पर्यटकीय स्थलमा पूर्वाधार निर्माण योजना

म्याग्दी– गण्डकी प्रदेश सरकार मार्फत म्याग्दीमा यस वर्ष २४ पर्यटकीय

इरान–कतार ऊर्जा तनावमा ट्रम्पको कडा चेतावनी

दोहा– मध्यपूर्वमा झन्डै तीन सातादेखि जारी युद्धले ऊर्जा सुरक्षामाथि गम्भीर

जुम्लामा एक हजार २७७ किशोरीलाई एचपीभी खोप दिने

जुम्ला– जिल्लामा लक्षित समूहका एक हजार २७७ जना किशोरीलाई पाठेघरको