नक्कली भूटानी शरणार्थी प्रकरण : आरजु राणाको नाम जोडिएको अडियो सन्देश शर्माकै « Khabarhub

नक्कली भूटानी शरणार्थी प्रकरण : आरजु राणाको नाम जोडिएको अडियो सन्देश शर्माकै


२४ असार २०८०, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


2.9k
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ-  नक्कली भूटानी शरणार्थी प्रकरणमा आरजु राणाको नाम उल्लेख भएको अडियोमा प्रतिवादी सन्देश शर्माकै स्वर रहेको स्पष्ट भएको छ ।

प्रहरी प्रधान कार्यालयले अडिओ नक्कली भूटानी शरणार्थी प्रकरणमा सार्वजनिक अडियो परीक्षण गर्दा प्रतिवादी दाङ तुल्सीपुर–१६ का ३४ वर्षीय सन्देश शर्माको स्वरसँग मेल खाएको  जनाएको हो ।

वैशाख २ गते आफ्नो नाम जोडिएपछि आरजु राणाले साइबर ब्युरोमा दिएको उजुरीको आधारमा गरिएको परीक्षणमा सन्देश शर्माको आवाज भएको दाबी गरेको प्रहरीले उक्त अडियो  कहाँबाट र कसरी तयार भयो भन्ने सन्दर्भमा टिकटक सिंगापुरलाई पत्राचार गरेको भए पनि थप विवरण नआएको जनाएको छ ।

उक्त अडियोमा आरजुलाई पनि पैसा दिइएको सन्देशले बोलेका छन् । तर, यसलाई आरजुले खण्डन गर्दै आफूले यसबारे जानकारी नै नभएको बताउँदै आएकी छन् ।

नक्कली भूटानी शरणार्थी प्रकरणमा सन्देश पुर्पक्षका लागि थुनामा छन् । उनीविरुद्ध गठीत तथा सङ्गठित अपराध कसुरमा मुद्दा चलाइएको छ ।

प्रकाशित मिति : २४ असार २०८०, आइतबार  २ : २९ बजे

नर्वेसँगको हारसँगै भावुक बनेका नेयमारले गरे संन्यासको घोषणा

न्युयोर्क – ब्राजिलका स्टार फरवार्ड नेयमारले अन्तर्राष्ट्रिय फुटबलबाट संन्यासको घोषणा

गोल्डेन बुटको रोमाञ्चक भिडन्त : प्रतिस्पर्धामा ७ गोलसहित मेसी, हालान्ड र एम्बाप्पे

काठमाडौँ – जारी फिफा विश्वकप २०२६ मा सर्वाधिक गोलकर्तालाई प्रदान

स्पेनसँगको भिडन्तअघि रोनाल्डोले भने – ‘यो मेरो अन्तिम विश्वकप हो’

टेक्सस – पोर्चुगलका भेट्रान फरवार्ड क्रिस्टियानो रोनाल्डोले जारी विश्वकप आफ्नो

अधुरै बन्यो २४ वर्षदेखिको विश्वकप उपाधिको खडेरी तोड्ने ब्राजिलको सपना

काठमाडौँ – २४ वर्षदेखिको विश्वकप उपाधि खडेरी तोड्ने लक्ष्यका साथ

आज २०८३ साल असार २२ गते सोमबारको राशिफल

काठमाडौँ – २०८३ साल असार २२ गते सोमबार सन् २०२६