मोटरसाइकल प्रयोग गरी सुनको सिक्री लुटपाट गर्ने पाँच जना सार्वजनिक | Khabarhub Khabarhub

मोटरसाइकल प्रयोग गरी सुनको सिक्री लुटपाट गर्ने पाँच जना सार्वजनिक


२४ असार २०८०, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


4.2k
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- प्रहरीले श्रृङ्खलाबद्ध रुपमा सुनको सिक्री लुटपाट गर्ने पाँच जनालाई पक्राउ गरी सार्वजनिक गरेको छ ।

काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयले आइतबार पत्रकार सम्मेलन गर्दै बिहानको समयमा मर्निङवाकमा हिँडिरहेका महिलाले लगाएको सुनको सिक्री लुटपाट गर्ने समूहलाई पक्राउ गरी सार्वजनिक गरेको हो ।

उनीहरुले मोटरसाइकलको प्रयोग गरेर लुटपाट गर्दै आएको प्रहरीले जनाएको छ । घटनाको अनुसन्धानका क्रममा काठमाडौंका विभिन्न स्थानमा लुटपाट गर्न प्रयोग भएको मोटरसाइकलसहित उनीहरुलाई पक्राउ गरिएको हो ।

पक्राउ पर्नेमा रामेछाप घर भई हाँडीगाउ बस्ने रविन दमाई, धरान घर भइ चावहिल बस्ने रवि विश्वकर्मा, काभ्रे घर भइ बानेश्वर बस्ने उमेश क्षेत्री, धनकुटा घर भइ राममन्दिर बस्ने राहुल माझी र भारत घर भइ न्युरोड बस्ने श्रकान्ता माइतीलाई पक्राउ गरिएको काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयका प्रमुख एसएसपी मनोज केसीले जानकारी दिए ।

असार १ गते कपुरधारा, ग्रान्डी चोक, असार ३ गते नागार्जुन बुद्ध चोक, असार १३ गते टोखा बिष्णुमती, असार १९ गते टोखा कृष्ण मन्दिर र काठमाडौं बंगलामुखी मन्दिर, असार २० गते टोखा र चागलमा उनीहरुले सुनको सिक्री लुटपाट गरेको खुलेको र सीसीटीभीलगायतका माध्यमबाट अनुसन्धान गरेपछि उनीहरुलाई पक्राउ गरिएको केसीले बताए ।

पक्राउ परेकामध्ये एक व्यक्तिले व्यवस्थापनको कार्य गर्ने, अर्को व्यक्तिले चोरीको मोटरसाइकल प्रयोग गर्ने र अर्का व्यक्तिहरुले सुनको सिक्री तानेर भाग्ने गरेको देखिएको प्रहरीले जनाएको छ । पक्राउ परेकाहरुबाट सुनको ढिक्का एक थान, सिक्री लुटपाट गर्न प्रयोग भएको दुईवटा मोटरसाइकल, सुनको नेक्लेस ४७ ग्राम बरामद गरिएको प्रहरीले जानकारी दिएको छ ।

प्रकाशित मिति : २४ असार २०८०, आइतबार  ३ : ५२ बजे

भोलि १० अर्ब बराबरको विकास ऋणपत्र बिक्री गरिँदै

काठमाडौँ– नेपाल राष्ट्र बैंकले भोलि शुक्रबार रु १० अर्बको पाँच

काठमाडौँ महानगरका शिक्षक–कर्मचारीले गरे सडकमै हाजिर

काठमाडौँ– नेपाल शिक्षक महासङ्घले सञ्चालन गरेको सडक आन्दोलनमा सहभागी काठमाडौँ

बाग्मती प्रदेश स्वास्थ्य मन्त्रालयका कामको प्रशंसा

काठमाडौं- स्वास्थ्य तथा जनसंख्या मन्त्री मोहनबहादुर बस्नेतले बागमती प्रदेशको स्वास्थ्य

लगानीमैत्री वातावरण सिर्जना गर्नुपर्छ : अर्थमन्त्री महत 

काठमाडौँ– साना निक्षेपकर्ता र कर्जादाताको सम्पत्ति र दायित्वको सुरक्षण गरी

तिलोत्तमा नगरमा आइतबार सार्वजनिक बिदा

बुटवल- थारु समुदायको महत्त्वपूर्ण पर्व ‘बड्की आइतबार’को अवसरमा रूपन्देहीको तिलोत्तमा