दार्चुलाबाहेक सुदूरपश्चिमका छ जिल्लामा विद्युत् सेवा अवरुद्ध | Khabarhub Khabarhub

दार्चुलाबाहेक सुदूरपश्चिमका छ जिल्लामा विद्युत् सेवा अवरुद्ध


२४ असार २०८०, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


66
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- डडेल्धुरासहित सुदूरपश्चिमका पहाडी जिल्लामा विद्युत् सेवा अवरुद्ध भएको छ । दार्चुलाबाहेक सुदूरपश्चिमका छ जिल्लामा विद्युत् सेवा अवरुद्ध भएको हो ।

नेपाल विद्युत् प्राधिकरण डडेल्धुरा वितरण केन्द्रका प्रमुख रमेश अवस्थीका अनुसार डोटीको रुवसकाँडामा मुख्य टावरको तार टुटेपछि विद्युत् सेवा अवरुद्ध भएको छ ।

अत्तरियादेखि स्याउले सबस्टेशन जोड्ने ट्रान्समिसन लाइनको रुवसकाँडास्थित टावरको एउटा तार टुटेको विद्युत् प्राधिकरणले जनाएको छ । मर्मतका लागि डडेल्धुरा र अत्तरियाबाट प्राधिकरण सहितको टोली रुवसकाँडातर्फ गएको जनाइएको छ ।

प्रकाशित मिति : २४ असार २०८०, आइतबार  ३ : ५५ बजे

एक करोड लागतमा वडा कार्यालय भवन निर्माण

म्याग्दी– रघुगङ्गा गाउँपालिका–१ बेगमा एक करोड पाँच लाखको लागतमा वडा

ढुङ्गा लागेर टहरामा सुतेका दिदी बहिनीको मृत्यु

काँक्रेविहार– जाजरकोटको कुशे गाउँपालिका–३ तर्पेनामा एकै घरका दिदी र बहिनीको

राष्ट्रियसभाको बैठक बस्दै

काठमाडौं – सङ्घीय संसद् राष्ट्रियसभाको बैठक १ः१५ बजे सङ्घीय संसद्

खर्च विधेयक पास भएपछि ट्रम्पले भने-‘अब अमेरिका रकेटकै गतिमा चल्छ’

वाशिङ्टन – लामो छलफल र बहसपछि अमेरिकी संसद्ले राष्ट्रपति डोनाल्ड

चार प्रदेशका केही स्थानमा भारी वर्षा हुने पूर्वानुमान

काठमाडौं– हाल देशभर मनसुनी वायुको प्रभाव रहेको तथा मनसुनको न्यून