हिमाचल प्रदेशमा घर भत्किँदा एकै परिवारका तीन जनाको मृत्यु « Khabarhub

हिमाचल प्रदेशमा घर भत्किँदा एकै परिवारका तीन जनाको मृत्यु


२४ असार २०८०, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

शिमला- भारतको हिमाचल प्रदेश राज्यको शिमलामा आइतबार भारी वर्षाका कारण घर भत्किँदा एकै परिवारका तीन जनाको मृत्यु भएको छ । घटनामा अरु दुई जना घाइते भएका छन् ।

मुसलधारे वर्षाका कारण आइतबार बिहान शिमलाको कोटगढ गाउँमा उक्त दुर्घटना भएको सरकारी अधिकारीहरूले बताएका छन् । भग्नावशेषबाट  दुई जना घाइतेलाई बाहिर निकालेर नजिकैको अस्पताल पुर्‍याएको छ ।

यसैबीच, भारत उत्तर प्रदेशको मैनपुरी जिल्लामा चट्याङ लागेर एक महिलासहित तीन जनाको मृत्यु भएको छ भने तीन जना घाइते भएका छन् । घाइतेहरूको स्थानीय अस्पतालमा उपचार भइरहेको मैनपुरीका अतिरिक्त जिल्ला मजिस्ट्रेट रामजी मिश्राले एएनआईलाई बताएका छन् ।

प्रकाशित मिति : २४ असार २०८०, आइतबार  ४ : ०४ बजे

निर्वाचन प्रहरी भर्ना : तेस्रो पटक म्याद थप्दा पनि मागअनुसार आवेदन परेन

बागलुङ– बागलुङमा निर्वाचन प्रहरी भर्नाका लागि तीन पटक म्याद थप

प्रकृति तथा पर्यावरण संरक्षणमा नेपाली सेनाको ५० वर्ष

काठमाडौं– प्रकृति र पर्यावरण संरक्षणका क्षेत्रमा नेपाली सेनाको सहभागिता, उपलब्धि

डिजिटल युगमा पत्रकारिता र मिथ्या सूचनासम्बन्धी पुस्तक सार्वजनिक

काठमाडौं– डिजिटल युगमा पत्रकारिता, मिथ्या सूचना र तथ्यजाँचसम्बन्धी तीनवटा पुस्तक

ओलीको टिप्पणीमा गोकुलको जवाफ : पूर्वाग्रह र प्रतिशोध प्रजातान्त्रिक चरित्र होइन 

काठमाडौं– नेकपा एमालेका नेता गोकुल बास्कोटाले पार्टी अध्यक्ष केपी शर्मा

हिमपातले सुदूरपहाडका राजमार्ग र विद्युत् सेवा अवरुद्ध, जनजीवन प्रभावित

बैतडी– भारी हिमपातका कारण सुदूरपश्चिम प्रदेशका पहाडी जिल्लाका राजमार्ग अवरुद्ध