अमेरिकी राष्ट्रपति बेलायत प्रस्थान « Khabarhub

अमेरिकी राष्ट्रपति बेलायत प्रस्थान


२४ असार २०८०, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


63
Shares
  • change font
  • change font
  • change font

वाशिङ्टन- अमेरिकी राष्ट्रपति जो बाइडेन राजा चार्ल्सलाई भेट्न आइतबार बेलायत प्रस्थान गरेका छन् । उत्तर एटलान्टिक सन्धि संगठन नेटो शिखर सम्मेलनका लागि भिल्नियस जानुअघि उनको बेलायत भ्रमण हुन लागेको हो ।

बाइडेन डेलावेयरस्थित डोभर एयर फोर्स आधार शिविरबाट प्रस्थान गरी आइतबार राति अमेरिकाको प्रमुख सहयोगी युरोपेली मुलुक बेलायत आइपुग्ने वासिङ्टन स्रोतले बताएको छ ।

चाल्र्स तृतीयको राज्याभिषेकमा उपस्थित नभई अमेरिकी राष्ट्रपतिले प्रथम महिला जिल बाइडेनलाई पठाएका थिए । चार्ल्सको राज्याभिषेकपछि उनीहरूबीच पहिलो पटक सोमबार भेटवार्ता हुनेछ ।

ह्वाइट हाउसका अनुसार उनीहरुबीचको वार्ता वातावरणीय विषयमा केन्द्रित हुने अपेक्षा गरिएको छ । बाइडेनले १० डाउनिङ स्ट्रिटमा प्रधानमन्त्री ऋषि सुनकसँग पनि भेटवार्ता गर्नेछन् ।

बाइडेनको युरोप भ्रमणको मुख्य भाग मङ्गलबार र बुधबार लिथुआनियाको राजधानीमा नाटो शिखर सम्मेलन हुनेछ, जहाँ पश्चिमी सहयोगीहरूले युक्रेनलाई रूसी कब्जा र सेनाहरू हटाउन मद्दत गर्ने बारेमा छलफल गर्नेछन् ।

प्रकाशित मिति : २४ असार २०८०, आइतबार  ९ : १५ बजे

परराष्ट्र भन्छ : मध्यपूर्वका लाखौँ नेपालीको सुरक्षा उच्च प्राथमिकतामा छ

काठमाडौं- परराष्ट्र मन्त्रालयले मध्यपूर्वमा रहेका लाखौं नेपालीहरूको सुरक्षा नेपाल सरकारको

बहराइनको मानामास्थित चर्चित होटलमा इरानी आक्रमण, ठूलो भौतिक क्षति

मानामा- बहराइनको गृहमन्त्रालयले राजधानी मानामास्थित क्राउन प्लाजा होटल इरानी आक्रमणको

ओलीलाई मत माग्न झापा पुगिन् गायिका ज्योति मगर

काठमाडौं– नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई मत माग्न झापा

इरान आक्रमणपछि एसियन फुटबल क्लब नकआउट स्थगित

काठमाडौं- इरानमा अमेरिका र इजरायलको आक्रमणपछि एसियन फुटबल कन्फेडेरेसन (एएफसी)

‘प्रधानमन्त्रीको दौडमा रहेकाबीच देश बनाउने योजनामा बहस हुन नसक्नु दुर्भाग्य’

काठमाडौं– नेपाली कांग्रेसका सभापति गगन कुमार थापाले प्रधानमन्त्रीको उम्मेदवार भनेर