फिफा महिला विश्वकप : शुक्रबारदेखि क्वाटरफाइनलका खेल हुने | Khabarhub Khabarhub

फिफा महिला विश्वकप : शुक्रबारदेखि क्वाटरफाइनलका खेल हुने


२४ श्रावण २०८०, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


678
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– नवौँ संस्करणको फिफा महिला विश्वकप फुटबलका क्वाटरफाइनल खेल शुक्रबारदेखि हुनेछन् । हिजो क्वाटरफाइल समीकरण पूरा भएसँगै अन्तिम आठका खेल शुक्रबारदेखि हुन लागेको हो ।

हिजो अन्तिम १६ को खेलमा फ्रान्स र कोलम्बिया क्वाटरफाइनल प्रवेश गरेसँगै अन्तिम ८ का टोलीको टुंगो लागेको हो ।

क्वाटरफाइनलको पहिलो खेलमा शुक्रवार बिहान पौने ७ बजे स्पेन र नेदरल्यान्ड्सबीच प्रतिस्पर्धा हुने छ । यस्तै सोही दिन दिउँसो सवा १ बजे जापान र स्विडेन खेल्नेछन् ।

यस्तै शनिवार दिउँसो पौने १ बजे अस्ट्रेलिया र फ्रान्स तथा अपराह्न सवा ४ बजे इङ्ग्ल्यान्ड र कोलम्बियाबीच प्रतिस्पर्धा हुनेछ । 

३२ राष्ट्र सहभागि विश्वकपको फाइनल खेल अगस्ट २० मा अष्ट्रेलियामा हुनेछ । 

प्रकाशित मिति : २४ श्रावण २०८०, बुधबार  ६ : ३३ बजे

बागमतीसहित यी प्रदेशमा ठूलो वर्षाको सम्भावना

काठमाडौँ– जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल

महिला एसिया कप : आइतबार भारत र श्रीलंकाको फाइनल भिडन्त

काठमाडौं – एसिसी महिला एसिया कप क्रिकेटको फाइनलमा भारत र

शनिबारको विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौं – आज २०८१ साल साउन १२ गते शनिबार सन्

शनिबार, शनिदेवको पूजा गर्नुहोस्

काठमाडौं – आज २०८१ साल साउन १२ गते शनिबार तदनुसार

आज २०८१ साल साउन १२ गते शनिबारको राशिफल

काठमाडौं – आज २०८१ साल साउन १२ गते शनिबार तदनुसार