सकियो खानको राजनीति | Khabarhub Khabarhub

सकियो खानको राजनीति


२४ श्रावण २०८०, बुधबार  

पढ्न लाग्ने समय : 4 मिनेट


72
Shares
  • change font
  • change font
  • change font

इमरान खान महिनाको दोस्रो पटक गिरफ्तार भए। तर यस पटकको गिरफ्तारीमा केही फरक देखियो। अब के हुन्छ, सबैको चासो छ। वर्षको ९ मे र ५ अगस्टको बीचमा धेरै कुराको फरक छ। पहिलो पटक इमरानको गिरफ्तारीमा पेसेवरदेखि कराँचीसम्मको सडकमा मानिसको प्रदर्शन थियो। घर भत्काइएको थियो भने सेना तैनाथ गर्नुपरेको थियो।

शनिबारको दिन भने अन्य दिनको भन्दा केही फरक थिएन। खान अहिले जेलमा छन्। उनलाई आर्थिक हिनामिना गरेको र पारदर्शिता नभएको आरोपमा तीन वर्षको जेल सजाय सुनाइएको छ। यो निर्णयसँगै आगामी निर्वाचनमा लागि समेत उनी अयोग्य साबित भएका छन्।

उनले आफ्ना समर्थकलाई शान्तिपूर्ण प्रदर्शनका लागि आह्वान गरेका छन्। सरकार पक्षको दाबी यो पनि छ की खानकै पार्टीका कार्यकर्ताहरू उनी फेरी राजनीतिमा आए हुन्थ्यो भन्ने चाहना राख्दैनन्। विगतमा हिंसामा संलग्न भए जस्तो नभए हुन्थ्यो भन्ने उनीको भनाइ छ। राज्यको शक्तिशाली निकायसँग इमरानको सम्बन्ध विपरीत केही वर्ष देखिको हो। यो बिग्रिएको सम्बन्धका कारण खान फेरि शक्तिमा आउने सम्भावनासमेत कम भएको छ।

खान अहिले जेलमा छन्। उनलाई आर्थिक हिनामिना गरेको र पारदर्शिता नभएको आरोपमा तीन वर्षको जेल सजाय सुनाइएको छ। यो निर्णयसँगै आगामी निर्वाचनमा लागि समेत उनी अयोग्य साबित भएका छन्।

अर्को निर्वाचन नभएसम्म सेनाको सरकारको आक्रमणमा तल्लीन रहने उनको योजना हो। मे महिनामा आर्मीको भवनमा खानका समर्थकले आक्रमण गरे। त्यही समयदेखि सेना उनीप्रति कुनै पनि सद्भाव नराखी आक्रामक हुने योजनामा थियो। मानव अधिकारवादी सङ्गठनको विरोधका बाबजुद उनका हजारौँ समर्थकलाई सेनाले गिरफ्तार गरेका थिए।

मे महिनामा नै केही सञ्चारमाध्यमसँग सेनाका नेताले खानको उपस्थिति कुनै पनि स्थानमा देख्न नचाहेको आशय व्यक्त गरेका थिए। यत्तिसम्म कि फोटोमासमेत इमरान नदेखिउन् भन्ने सेनाको चाहना छ। धेरै मौखिक समर्थकले पिटिआई र यसका नेताको तस्बिर सामाजिक सञ्जालमा राख्न छाडी सकेका छन्। सेनाले निगरानी गरेको हुनसक्ने भयमा उनीहरूले यसलाई हटाउनसमेत थालेका छन्।

सरकारले बारम्बार शान्तिपूर्ण प्रदर्शनमा हस्तक्षेप नगर्ने बताइको छ। तथापि खानको घर अगाडि उभिएका पिटीआइका समर्थकलाई प्रहरीले गिरफ्तार गरेको दृश्य बारम्बार बाहिर आइसकेको छ। श्रोतका अनुसार सयको हाराहारीमा गिरफ्तारी भएका थिए।

मे महिनामा नै केही सञ्चारमाध्यमसँग सेनाका नेताले खानको उपस्थिति कुनै पनि स्थानमा देख्न नचाहेको आशय व्यक्त गरेका थिए। यत्तिसम्म कि फोटोमासमेत इमरान नदेखिउन् भन्ने सेनाको चाहना छ।

‘कठोर नीतिका कारण खानका समर्थकलाई विरोधमा आउनलाई रोकेको जस्तो मलाई लागेको छ’, वासिङ्टनस्थित वल्सन सेन्टर थिङ ट्याङ्कका दक्षिण एसियाली प्रतिस्ष्ठानका थिङ्क ट्याङ्क माइकल कुगेलम्यानले भने। ९ मे मा भएको ज्यादतीका कारण समर्थकमा सडकमा ओर्लने चाहना कम भएको हो।

खानले समर्थकको भरमा बारम्बार गरेको गतिविधि रोक्न यो कठोर नीति सही भएको पनि खानका धेरै समर्थक बताउँछन्। खानको कानुनी टोलीले उनलाई जेल पठाउने निर्णयको विरुद्धमा अपिल गर्ने जनाइ सकेको छ। पछिल्लो समयका उनका केही कानुन व्यावसायीले महत्त्वपूर्ण राहत पाएका छन्। विभिन्न कोर्टबाट फरक धारणा पाएका छन्। यो सबै कानुनी बाटोमा केही ढिलाइ गर्ने उनीहरूको सोच थियो। मे महिनामा जस्तो खानको जेल चलानको निर्णय उल्टन सक्छ या सक्दैन प्रतीक्षाको विषय बनेको छ।

पाकिस्तानमा अदालतबाटै राजनीति जीवनको अन्त्य भएका केही नेताको सूचीमा खान पछिल्लो व्यक्ति भएका छन्। नवाज सरिफ, बेनजिर भुट्टो र सैन्य तानासाह परवेज मुसरफ पछिल्लो समय यो सूचीमा छन्।

आफ्नो शासनकालमा खान आफैले पनि धेरै आफ्ना समर्थकलाई जेलमा कोचेका थिए। पाकिस्तानको राजनीतिमा कानुनी बाटोमा सत्ता पक्षको अनुकूल र सत्ता पक्षको प्रतिकुल नै चलेको हुन्छ। यदि उनी सामुदायिक जिम्मेवारी बहन गर्न अयोग्य भएमा यसको असर कस्तो हुने भन्ने शङ्का उत्पन्न हुनसक्छ।

खान निर्वाचनमा जान मिल्ने या नमिल्ने भन्ने कुराको निश्चित तय भएपछि मात्र पीटीआईले आफ्नो धारणा सार्वजनिक गर्ने छ। खानका पार्टीका धेरै नेताहरूले यो वर्ष त्यो पार्टी छाडीसकेका छन्। पीटीआइका लागि अब चुनावी अभियान सञ्चालन गर्न पनि कठिन समय आइसकेको छ। अन्य झैँ इमरानको पनि पाँच वर्षे शासन चलाउने लक्ष्य थियो। तर उनले यो इतिहास कायम गर्न सकेनन्। सन् २०२२ को मार्चको अन्त्यमा उनीमाथि अविश्वास प्रस्ताव राखिए पछि सबै कुरा फेरिएको छ।

पाकिस्तानमा अदालतबाटै राजनीति जीवनको अन्त्य भएका केही नेताको सूचीमा खान पछिल्लो व्यक्ति भएका छन्। नवाज सरिफ, बेनजिर भुट्टो र सैन्य तानासाह परवेज मुसरफ पछिल्लो समय यो सूचीमा छन्।

खानले संसद् विघटन गर्ने तथा नयाँ निर्वाचन गराउने निर्णय गरेका थिए। परन्तु, त्यहाँको न्यायालयले उनको विरुद्धमा निर्णय गरेपछि सबै कुरा प्रतिकुल भएको थियो। मार्चमा दर्ता भएको अविश्वास प्रस्तावमा १० अप्रिलमा मतदान भएको थियो। ३४२ सदस्यमा उनका विपक्षीले १ सय ७४ मत पाएका थिए।

खान रुस, अफगानिस्तान र चीनको समर्थक रहेका कारण अमेरिकाले नै आफू उपर बल लगाएको आरोप लगाएका छन्। परन्तु सो कुरा पुष्टि गर्ने कुनै आधार थिएन। सन् २०१८ मै फर्केर हेर्ने हो भने सो समयमा लोकप्रिय रहेका खानले नयाँ पाकिस्तानको नारा घन्काएका थिए।

पूर्व क्रिकेटर खानले गरिबी विरोधीको अभियान चलाएका थिए। उनले इस्लामिक वेलफेयर स्टेटको सोच अघि सारेका थिए। देशको कर प्रणाली र कर्मचारी प्रशासनमा सुधार गर्ने महत्त्वाकाङ्क्षी योजना उनले अघि सारेका थिए।

यी यावत लोकप्रिय कार्यक्रमको कुरा गरे पनि उनकै कार्यकालमा पाकिस्तानको अर्थतन्त्र ओरालो लागेको थियो। ऋणको भारलाई कम गर्न र देशको अर्थतन्त्रलाई थेग्न अन्तर्राष्ट्रिय मुद्रा कोषबाट ऋण लिनु आवश्यक रहेको थियो। लोकप्रिय मत पाएका खानको ओरालो यात्रा त्यहीँबाट सुरु भएको थियो।

खानले सन् १९९६ मा पाकिस्तान तेहरिक इन्साफ गठन गरेका थिए। अन्तर्राष्ट्रिय क्रिकेटमा उनको आबद्धताका कारण सन् २०१३ को निर्वाचन अघिसम्म उनको दल निर्वाचनमा भने सहभागी भएको थिएन। पाँच वर्षपछि पाकिस्तानको आवधिक निर्वाचनले पीटीआईलाई स्थापित गरेको थियो।

पूर्व क्रिकेटर खानले गरिबी विरोधीको अभियान चलाएका थिए। उनले इस्लामिक वेलफेयर स्टेटको सोच अघि सारेका थिए। देशको कर प्रणाली र कर्मचारी प्रशासनमा सुधार गर्ने महत्त्वाकाङ्क्षी योजना उनले अघि सारेका थिए।

पीटीआई निर्वाचनमा आफ्ना विपक्षीको आधार इलाका मानिएको पन्जाबलाई समेत भत्काउँदै राम्रो मत प्राप्त गरेका थिए। दुई सय ७२ सदस्सीय राष्ट्रिय सभामा उनले आधा मत पाएका थिए। धेरै पाकिस्तानका राजनीतिक समीक्षकको मतमा सन् १९४७ देखि नै प्रभावमा रहेको सेनाको जनरलको विश्वास गुमाउनु नै खानको ओरालो यात्राका मुख्य कारण थियो।

सन् १९५२ मा जन्मिएका खान पाकिस्तानका सर्वकालीन उत्कृष्ट क्रिकेटर मध्येका एक हुन्। उनको नेतृत्वमा पाकिस्तानले सन् १९९२ को विश्वकप क्रिकेटको उपाधि जितेको थियो। अक्सफोर्डमा अध्ययन गरेका खानलाई लन्डनमै रहँदा प्ले ब्वाइको आरोप लागेको थियो। विभिन्न आरोह र अवरोह पार गरेका उनका जीवनका धेरै पाटा हुन्। तर, आश्चर्यजनक पाटो उदारताको पक्षबाट राजनीतिमा आएका उनी अहिले इस्लामिक राज्यको पक्षधर हुनु सबैभन्दा आश्चर्यजनक हो। स्रोतः बीबीसी

प्रकाशित मिति : २४ श्रावण २०८०, बुधबार  ८ : १७ बजे

बुटवल उपमहानगर पूर्ण खोप दिगोपना सुनिश्चितता घोषणा

काठमाडौं– बुटवल उपमहानगरपालिकालाई पूर्ण खोप दिगोपना सुनिश्चितता घोषणा गरिएको छ

नहरमा डुबेर कैलालीका एक युवक बेपत्ता

धनगढी– नहरमा डुबेर कैलालीमा एक युवक बेपत्ता भएका छन् ।

कोशी प्रदेशमा नवनियुक्त मन्त्रीहरुले लिए शपथ

विराटनगर– कोशी प्रदेशका नवनियुक्त मन्त्रीहरुले पद तथा गोपनीयताको शपथ लिएका

कांग्रेसको एकपक्षीय अडानका कारण संसदीय समिति गठन हुन सकेन : मनिष झा

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टीका नेता मनिष झाले कांग्रेसको एकपक्षीय अडानका

इतिहासकार ज्ञानमणिको योगदान अविस्मरणीय : राष्ट्रपति

काठमाडौं– राष्ट्रपति रामचन्द्र पौडेलले नेपाली इतिहास, साहित्य र शिक्षा क्षेत्रमा