चीनले सीमा बन्द गर्दा मन्दिरको पूजा रोकियो | Khabarhub Khabarhub

चीनले सीमा बन्द गर्दा मन्दिरको पूजा रोकियो



२०७२ सालको महाविनाशकारी भूकम्प आउँदा उत्तरी छिमेकी चीनले नेपालसँग जोडिएको तातोपानी नाका बन्द गरेको थियो। रसुवागढी केरुङ नाकाबाट आंशिक रुपमा आयात निर्यात भइरहेको थियो। कोभिड–१९ को संक्रमणपछि चीनले करिब तीन वर्षसम्‍म नेपालसँग जोडिएका सीमा नाकालाई खुला गरेन। यसले नेपाललाई निकै ठुलो क्षति पुग्यो।

दुई पक्षीय व्यापारमा नेपालले ठुलो आयतनको व्यापारघाटा सहनु पर्यो। हाल आएर नेपाली बजारमा चिनियाँ उत्पादनको मागमा ठुलो ह्रास आएपछि बल्‍ल चीनले नेपालसाँग जोडिएका सीमा नाकाहरु आंशिक रुपमा खुला गरेको छ तर अहिले पनि कतिपय नाकाहरु सुचारु भएका छैनन्। यसको प्रत्यक्ष असर सीमावर्ती क्षेत्रमा रहेका जनताको जनजीवनमा समेत पर्न थालेको छ।

बझाङ जिल्‍लाको तलकोट गाउँपालिका वडा नम्बर १ सुनिकोटका भुन्टु धामी स्‍थानीय देवस्थल रामणी मस्टादेवताका धामी पनि हुन्। उनी चार वर्षदेखि रोकिएको पूजा खुलाउन विगत एक महिनादेखि काठमाडौंमा डेरा गरेर बसेका छन्।

पश्‍चिम नेपालको बझाङको उरै भन्ज्याङको बाटो हुँदै ताक्लाकोट जाने नाका बन्द हुँदा पवित्र मानसरोवरको जल ल्याउन कठिन भएको छ। यो नाका बन्द हुँदा शिव मन्दिर तथा अन्य मन्दिरको पूजा अर्चनामा समेत समस्या भइरहेको छ।सनातन धर्म मान्‍ने जो कोहीको निम्‍ति पनि कैलाश मानसरोवरको महत्त्व र मान्यता सर्वोपरी हुन्छ।

मानसरोवरमा स्‍नान गर्न पाउनु जो कोहीको निम्‍ति सपना हुने गर्दछ। पवित्र गङ्गा नदीको जल (गंगाजल) ल्याउन समस्या छैन। प्रत्येक हिन्दु अथवा सनातनीको घरमा गङ्गाजल अनिवार्य रुपमा हुने गर्दछ।

सम्भव भएसम्‍म प्रत्येक हिन्दुले आफ्नो दैनिक पुजनमा पनि दुई चार थोपा गंगाजल मिसाएर नै देउतामा जलाभिषेक तथा पुजा गर्ने गर्छन। छिमेकमै मानसरोवर भएका कारण सीमावर्ती नेपाली क्षेत्रका जनता वर्षमा एक पटक सीमा खुला हुँदा तिब्‍बतस्‍थित मानसरोहवरबाट जल ल्याएर पुजा गर्दै आएका छन्। अहिले जल ल्याउन नसकिएका कारण मन्दिरको पुजा नै रोकिएको छ।

२०७६ मंसिर यता ताक्लाकोट नाका बन्द छ। ०७६ माघ–फागुनदेखि कोरोना महामारी सुरु भएपछि त झन नाका खुल्ने कुरै भएन।

बझाङ जिल्‍लाको तलकोट गाउँपालिका वडा नम्बर १ सुनिकोटका भुन्टु धामी स्‍थानीय देवस्थल रामणी मस्टादेवताका धामी पनि हुन्। उनी चार वर्षदेखि रोकिएको पूजा खुलाउन विगत एक महिनादेखि काठमाडौंमा डेरा गरेर बसेका छन्।

पवित्र मान सरोवरको जल नहुँदा त्यहाँको मन्दिरमा पूजा गर्न सकिएको छैन। उत्तरी छिमेकी चीनले सीमावर्ती तिब्‍बतको नाका बन्द गरेको कारण स्‍थानीय जनता सीमापारी जान सकिरहेका छैनन्। तिब्‍बतको मानसरोवर जान नसकेका कारण नै मन्दिरमा पुजा हुन नसकिरहेको स्‍थानीयको भनाइ छ।

स्‍थानीयवासीले काठमाडौं आएर गत साता परराष्‍ट्रमन्त्री एनपी साउदलाई सिंहदरबाटमै भेटेर बन्द रहेको नाका सञ्चालनका लागि आग्रह गरे। बझाङका एक प्रतिनिधि मण्‍डलको नेतृत्व गर्दै धामी सिंहदरबार पुगेका थिए।

बझाङ्गका रामजी मिस्टालगायतका मन्दिरमा मानसरोबरबाट नै जल ल्याएर पूजा गर्ने गरिन्छ। अहिले जल ल्याउन नपाउँदा पुजा रोकिएको हो। मानसरोवरको जल अभावमा त्यँहाका मन्दिरमा नयाँ धामी (पुजारी) राख्‍ने काम पनि रोकिएको छ। कतिपय मन्दिरमा मानसरोबरको जल चढाएपछि मात्र वार्षिक पूजा सुरु हुन्छ। वार्षिक पूजा पश्‍चात नयाँ धामी राख्‍ने काम विगत चार वर्षदेखि रोकिएको छ। नाका बन्दको असर सीमा क्षेत्रका जनताको समग्र जनजीवनमा नै परेको छ।

बझाङबाट पैदल नै हिँडेर मानसरोवरको जल लिन जाने गरिन्छ। बझाङबाट देवी देवताप्रति आस्‍थावान स्‍थानीयसँग धामी र पुजारीहरु देवताले तोकेको भनिएको बाटो हिँड्दै जाने गर्दछन्। मानसरोवर गएर स्‍नान गर्ने र त्यहाँबाट जल ल्याउने गर्दछन्।

२०७६ मंसिर यता ताक्लाकोट नाका बन्द छ। ०७६ माघ–फागुनदेखि कोरोना महामारी सुरु भएपछि त झन नाका खुल्ने कुरै भएन। बन्द नाकाका कारण धार्मिक गतिविधि अवरुध भएपछि बाझाङका स्‍थानीय जनप्रतिनिधि, अवकाश प्राप्त वरिष्ठ सरकारी अधिकारी, विभिन्‍न राजनीतिक दलका प्रतिनिधि तथा स्‍थानीय भलादमी, बुद्धिजीवी र समाजसेवी पनि निरन्तर रुपमा काठमाडौं आउनेक्रम जारी छ।

सुदूरपश्‍चिम प्रदेशका सभामुख पनि यो कामका लागि पटकपटक काठमाडौं आइसकेका छन्। बझाङका प्रतिनिधि सभा सदस्य दैनिक रुपमा नै नाका खुलाउनका लागि भेटघाट गर्ने गर्दछन्। मस्टो संस्कृति अन्तरगत देवताको पूजा गर्दै वर्षको एक चोटी मानसरोवरको जल आवश्‍यकपर्छ।

धेरै जसो देवी देवताको धामीमा देवता औतार भएपछि तिनीहरु मानसरोवरमा नुहाएर कैलाशको दर्शन गरेपछि मात्र योग्य मानिन्छ। धामी भइसकेपछि पनि दुई–तीन वर्षमा मानसरोबरमा स्‍नान गराएर कैलाशको परिक्रमा गराउनु पर्ने नियम जस्तै रहेको मस्टो संस्कृतिका विज्ञको भनाइ छ।

बझाङबाट पैदल नै हिँडेर मानसरोवरको जल लिन जाने गरिन्छ। बझाङबाट देवी देवताप्रति आस्‍थावान स्‍थानीयसँग धामी र पुजारीहरु देवताले तोकेको भनिएको बाटो हिँड्दै जाने गर्दछन्। मानसरोवर गएर स्‍नान गर्ने र त्यहाँबाट जल ल्याउने गर्दछन्।

उत्तरी छिमेकी चीनलाई भरपर्दो मित्रराष्ट्रको रुपमा, असल छिमेकीको रुपमा तथा नेपालको आन्‍तरिक राजनीतिमा कहिल्लै हस्तक्षेप नगर्ने मित्रराष्ट्रको रुपमा यहाँका वामपन्थी एवं राजावादीले मान्यता दिएका छन्। यसरी चीनलाई देवत्वकरण गर्नु ठिक होइन।

कोरोना संक्रमणअघि बझाङ प्रशासन कार्यालयले दिएको अस्थायी प्रवेश अनुमतिका आधारमा बझाङबासीलाई उतै नाकाबाट सहजै तिब्बत प्रदेशको अनुमति मिल्थ्यो। तर चीन सरकारले वैशाख यता जिल्ला प्रशासनले जारी गरेको पास भएकालाई पनि हुम्लाको हिल्साबाट मात्रै प्रवेश गर्नुपर्ने व्यवस्था गरेको छ। जबकी बझाङवासीलाई हिल्साबाट तिब्बत प्रवेश गर्न व्यवहारिक रुपमा सम्भव छैन्।

तिब्बतसँग सीमा जोडिएका जिल्लावासीले नागरिकताका आधारमा ३० किलोमिटरसम्म दुवै देशमा प्रवेश पाउने भन्‍ने विद्यमान सन्धि पछिल्लो व्यवस्थाका कारण खण्डित भएको छ। हुम्ला भएर मानसरोवर जाँदा बझाङ्गीलाई अपायक पर्ने भएकाले परम्परादेखि प्रयोग हुँदै आएको ताक्लाकोट नाकाबाट प्रवेश पाउनुपर्ने बझाङ्गवासीको माग छ। त्यसैले उक्त नाकाबाट आवागमन सहज बनाउनका लागि सरकाले कूटनीतिक पहल गरोस भन्‍ने चाहना बझाङवासीको रहेको छ।

चीनले गल्ती गर्न सक्दैन भन्‍ने मान्यता नेपालबाट समाप्‍त हुनुपर्छ। मानसरोवर हाम्रो निम्ति गहिरो आस्थाको विषय हो। धार्मिक मान्यता हो, तसर्थ पनि यो नाका खुलाउनु पर्दछ। चीनले चाह्यो भन्‍ने यो सजिलै सम्भव छ।

परराष्ट्रमन्त्री एनपी साउद र नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवासँग मिलेर बझाङ्गवासी आफ्ना चिन्ता व्यक्त गरिसकेका हुन्। ताक्लापुर नाका बन्द हुँदा बझाङको धार्मिक र सांस्कृतिक मात्रै नभएर करिब हजार वर्षदेखि चल्दै आएको भोट-औलसंगको व्यापारिक सम्बन्ध पनि चार वर्ष यता विच्छेद भएको छ।

परराष्ट्रमन्त्री साउदले उक्त नाकालगायत चीनसँग जोडिएका बन्द अन्य नाका पनि खुलाउन सरकाले पहल गरिरहेको तथा प्रधानमन्त्री पुष्पकमल दाहाल “प्रचण्ड” को आगामी चीन भ्रमणमा पनि सीमा नाका सुचारु गर्ने विषयमा छलफल हुने आश्‍वासन बझाङका प्रतिनिधिलाई दिएका छन्।

उत्तरी छिमेकी चीनलाई भरपर्दो मित्रराष्ट्रको रुपमा, असल छिमेकीको रुपमा तथा नेपालको आन्‍तरिक राजनीतिमा कहिल्लै हस्तक्षेप नगर्ने मित्रराष्टको रुपमा यहाँका वामपन्थी एवं राजावादीले मान्यता दिएका छन्। यसै अनुसार चीनलाई देवत्वकरण गरिदिएका हुन। चीनले गल्ती गर्न सक्दैन भन्‍ने मान्यता नेपालबाट समाप्‍त हुनुपर्छ। मानसरोवर हाम्रो निम्ति गहिरो आस्थाको विषय हो। धार्मिक मान्यता हो, तसर्थ पनि यो नाका खुलाउनु पर्दछ। चीनले चाह्यो भन्‍ने यो सजिलै सम्भव छ।

प्रकाशित मिति : २४ श्रावण २०८०, बुधबार  ११ : २३ बजे

सिंहदरबार प्रवेश गर्न अनलाइनबाटै पास

काठमाडौं । मुलुकको प्रमुख प्रशासनिक केन्द्र सिंहदरबारको प्रवेश व्यवस्थापनलाई सहज

बझाङमा दुई पालिकाको मतगणना सकियो, कसको कति ?

बझाङ – बझाङ प्रदेश १ को उपनिर्वाचनको मतगणना अहिले जारी

विद्यार्थी बोक्ने गाडीको गति निर्धारण गर्न गृहको पत्राचार

काठमाडौं- गृह मन्त्रालयले विद्यार्थी बोक्ने सवारी साधनको गति निर्धारणका लागि

आगलागी र डढेलो नियन्त्रणमा गम्भीर बन्न सरकारलाई आग्रह

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी)ले देशभरि फैलिएको आगलागी

इलाम २ मा सुहाङ नेम्बाङको अग्रता कायमै

काठमाडौं । इलाम २ मा आइतबार सम्पन्न उपनिर्वाचनको मतगणना जारी