सर्लाहीमा बाढीबाट दुई जनाको मृत्यु, ७२ जनाको उद्धार « Khabarhub

सर्लाहीमा बाढीबाट दुई जनाको मृत्यु, ७२ जनाको उद्धार


२४ श्रावण २०८०, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

सर्लाही– सर्लाहीमा भारी वर्षाका कारण खोलामा आएको बाढीले बगाउँदा दुई जनाको मृत्यु भएको छ । मङ्गलबार साँझ बाढीमा फसेका ७२ जनाको उद्धार गरिएको छ ।

सर्लाहीको बाँके खोलाले बगाउँदा हरिपुर्वा नगरपालिका–७ का ६० वर्षीय भोला चौधरीको मृत्यु भएको प्रहरी उपरीक्षक नरेशराज सुवेदीले जानकारी दिए । चौधरी सोमबार रातिदेखि नै बेपत्ता थिए । उनको शव मङ्गलबार बाँके खोलामा फेला परेको हो ।

त्यस्तै सर्लाहीको बरहथवा नगरपालिकाअन्तर्गत पर्ने हजरियामा बागमती नदीमा आएको बाढीले बगाउँदा खेतमा काम गर्न गएका रौतहटको गढीमाई नगरपालिका–२ समनपुरका ६५ वर्षीय सहिद राईन भाटको मृत्यु भएको हो ।

उनलाई स्थानीयले उद्धार गरी अस्पताल लगे पनि चिकित्सकले मृत घोषणा गरे । बागमतीको बाढीले समनपुर घाटमा सर्लाहीतर्फको सडक बगाएको छ ।

यसैबीच बाढीका कारण बागमती नदीमा फसेका व्यक्तिलाई सुरक्षाकर्मीले उद्धार गरेका छन् । सर्लाहीको धनकौल गाउँपालिकाअन्तर्गत पर्ने महिनाथपुरका स्थानीय मङ्लगबार दिउँसो घाँस काट्न तथा गाईवस्तु चराउन गएका थिए ।

बाढीमा फसेकामध्ये ७० जनाको नेपाल प्रहरी, सशस्त्र प्रहरी र नेपाली सेनाले उद्धार गरेको सर्लाहीका प्रमुख जिल्ला अधिकारी इन्द्रदेव यादवले जानकारी दिए । कतिपय व्यक्तिले पौडी खेलेर ज्यान जोगाएका थिए ।

त्यस्तै सर्लाहीको रामनगर गाउँपालिका–२ इनरर्वास्थित बागमती नदीमा पुल निर्माणमा चौकीदारको काम गर्ने दुई जनाको प्रहरीले उद्धार गरेको छ । बाढी आएपछि दुवै जना ज्यान जोगाउन रुखमा चढेका थिए ।

प्रकाशित मिति : २४ श्रावण २०८०, बुधबार  ८ : ५४ बजे

एनपीएल खेल्न नेपाल आइपुगे डेभिड वार्नर (तस्बिरहरू)

काठमाडौं – अस्ट्रेलियाका स्टार क्रिकेटर डेभिड वार्नर नेपाल आइपुगेका छन्

आँबुखैरेनीमा माइक्रो दुर्घटना, चालकसहित ११ जना घाइते

तनहुँ – पृथ्वीराजमार्गअन्तर्गत तनहुँको आँबुखैरेनी गाउँपालिका–२ बरादीस्थित आज साँझ माइक्रो

भद्रपुरले जित्यो अन्तरराष्ट्रिय हक्की प्रतियोगिताको उपाधि

झापा – पहिलोपटक जिल्लामा सञ्चालित ‘प्रथम अन्तरराष्ट्रिय नकआउट हक्की प्रतियोगिता’

पाल्पामा राहदानी लिन सदरमुकाम धाउनुपर्ने बाध्यता हट्यो

पाल्पा – राहदानी लिन सदरमुकाम तानसेन पुग्नुपर्ने सोच बनाइरहेका रम्भा

ट्रम्प भने : इरानका अझै पनि ‘एकाध लक्ष्य’ नियन्त्रणमा लिन बाँकी छ

वाशिङ्टन – अमेरिकाले इरानको धेरै सैन्य क्षमता नष्ट गरेको तर