लगातार तेस्रो दिन पनि घट्यो सुनको भाउ, आज कतिमा हुँदैछ किनबेच ? « Khabarhub

लगातार तेस्रो दिन पनि घट्यो सुनको भाउ, आज कतिमा हुँदैछ किनबेच ?


२४ श्रावण २०८०, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


4.4k
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ-  लगातार तेस्रो दिन  पनि सुनको भाउ घटेको छ । आज बुधबार सुनको भाउ १०० रुपैयाँले घटेको हो ।

 सुनको भाउ सोमबार, मंगलबार क्रमशः १०० र ३०० रुपैयाँले र बुधबार १०० रुपैयाँले घटेको हो  ।

नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार बुधबार छापावाल सुन प्रतितोला १०० रुपैयाँले घटेर १ लाख १२ हजार रुपैयाँ कायम भएको छ । यसैगरी, तेजावी सुनको मूल्य तोलाको १ लाख ११ हजार ४५० रुपैयाँ निर्धारण भएको छ ।

यसअघि, मंगलबार छापावाल सुन १ लाख १२ हजार १०० रुपैयाँ कायम भएको थियो । यसैगरी, तेजावी सुनको भाउ तोलाको १ लाख ११ हजार ५५० रुपैयाँ निर्धारण भएको थियो ।

बुधबार चाँदीको भाउ पनि तोलामा १० रुपैयाँले घटेर तोलाको १३ सय ९० रुपैयाँ कायम भएको छ । मंगलबार चाँदीको भाउ प्रतितोला १४ सय रुपैयाँ कायम रहेको थियो ।

प्रकाशित मिति : २४ श्रावण २०८०, बुधबार  १२ : ०२ बजे

बाढीमा बेपत्ता भएकाहरुको विवरण बुझाउन आग्रह

पर्सा – परवानीपुर गाउँपालिकाले गत भदौ १० गते रसुवा–भोटेकोशी बाढीमा

बलिउड अभिनेता टाइगर श्रफको गाडीमा गोली प्रहार, चालक घाइते

मुम्बई – बलिउड अभिनेता टाइगर श्रफको गाडीलाई लक्षित गरी भारतको

दशैंँमा युवा समूहको निःशुल्क यातायात सेवा अभियान

खोटाङ – जिल्लामा क्रियाशील युवाको एक समूहले ‘दशैँ–तिहार, चेलीलाई उपहार

‘स्ट्रेट अफ होर्मुज’खोल्ने इरानको सातदिने योजना अझै छलफलमै

तेहरान – ‘स्ट्रेट अफ होर्मुज’ पुनः खोल्न इरानले प्रस्ताव गरेको

जुम्लामा मार्सीधान काट्ने चटारो

जुम्ला – जुम्लाका किसानलाई मार्सीधान काट्न यो याममा भ्याइनभ्याइ नभएको