म्याग्दीमा मालपोतको राजस्व घट्यो « Khabarhub

म्याग्दीमा मालपोतको राजस्व घट्यो


२४ श्रावण २०८०, बुधबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

म्याग्दी– जिल्ला मालपोत कार्यालय म्याग्दीको घरजग्गाको कारोबारबाट एक वर्षको अवधिमा चार करोड ६८ लाख राजस्व सङ्कलन गरेको छ ।

आर्थिक वर्ष २०७९–०८० मा चार करोड ६८ लाख २१ हजार दुई राजस्व सङ्कलन भएको कार्यालयले जनाएको छ । मालपोत कार्यालय म्याग्दीका निमित्त प्रमुख कलादेवी शर्मा रिजालले अघिल्लो वर्षको तुलनामा ३६ लाख ६३ हजार नौ सय आठ कम राजस्व सङ्कलन भएको बताइन् ।

‘स्थानीय तहले जग्गाको वर्गीकरण नगरेकाले गत आर्थिक वर्षमा कित्ताकाट भएन । यसको असर घरजग्गाको कारोबार र राजस्व सङ्कलनमा परेको छ,’ उनले भने, ‘जग्गाको कित्ताकाट नखुल्दा घरजग्गाको कारोबार र अंशबन्डा रोकिएको छ ।

आर्थिक वर्ष २०७८–७९ मा पाँच करोड चार लाख ८४ हजार ९१०, २०७७–७८ पाँच करोड ११ लाख तीन हजार ६०० र २०७६–७७ मा तीन करोड २९ लाख ४३ हजार ८०६ राजस्व सङ्कलन भएको थियो ।

घरजग्गाको रजिष्ट्रेसनबाट दुई करोड ४३ हजार आठ सय १६, न्यायिक दस्तुर दण्डजरिवाना र जफत शीर्षकमा १२ लाख ३८ हजार चार सय २०, सेवा शुल्क, अन्य प्रशासनिक दस्तुरमा ६६ लाख ५२ हजार सात सय, रोक्का दस्तुर/ घर कायमबाट ८२ हजार दुई सय र पुँजीगत लाभकर एक करोड ८८ लाख तीन हजार आठ सय ६६ राजस्व सङ्कलन भएको छ । 

रजिष्ट्रेसन शुल्क अन्तर्गतको राजस्व रकममध्ये ४० प्रतिशत प्रदेश सरकार र ६० प्रतिशत सम्बन्धित स्थानीय सरकारलाई उपलब्ध गराइएको छ । रजिष्ट्रेसन तर्फ ग्रामीणको पाँच सय ३३ र सहरीको दुई सय ११ गरी कूल सात सय ४४ लिखत पारित भएको छ ।

मुद्दा शाखामा तीन सय ८८ नामसारी, १५ संशोधन र ६८ वटा श्रेष्ता कायमसहित पाँच सय ५६ मुद्दा दर्ता भएकोमा चार सय ९८ को फर्छ्यौट भएको छ । गत वर्ष दुई सय ४३ महिला र २७ दलितको नाममा घरजग्गा रजिष्ट्रेसन गरेबापत छुट पाएका छन् । महिलाले २५ लाख ४१ हजार एक सय ४१ र दलितले एक लाख ६३ हजार तीन सय बराबरको छुट पाएका हुन् ।

बीस सरकारी निकायले सात लाख ३२ हजार छ सय ६८ र तीन विद्यालयले १९ हजार पाँच ४० छुट पाएका छन् । बेनी नगरपालिकाले मात्र म्याग्दीमा जग्गाको वर्गीकरण गरेको छ । 

अन्य पाँच स्थानीय तहले जग्गाको वर्गीकरण गरेका छैनन् । स्थानीय तहले जग्गाको वर्गीकरण नगर्दा गत आर्थिक वर्षदेखि अंशबन्डा र घरजग्गाको कारोबार रोकिएको छ । 

प्रकाशित मिति : २४ श्रावण २०८०, बुधबार  १२ : २५ बजे

सरकारले स्वास्थ्य सुधारका लागि २०.७ मिलियन डलर अनुदान स्वीकार गर्ने

काठमाडौं– सरकारले अमेरिकी सरकारबाट स्वास्थ्य सेवा सुधारका लागि प्राप्त हुने २०.७

बाढी प्रभावित प्रहरीका सन्ततिलाई निःशुल्क स्नातकोत्तर तहसम्मको शिक्षा

काठमाडौं– नेपाल प्रहरीले कर्तव्यपालनको सिलसिलामा भोटेकोशी बाढीबाट प्रभावित २८ जना

म्यान्माको हवाई आक्रमणमा मृत्यु हुनेको सङ्ख्या ५० पुग्यो

याङ्गुन – पश्चिम म्यान्माको राखाइन राज्यमा सेनाले गरेको हवाई आक्रमणमा

चोलेन्द्र पक्राउबारे सरकारका प्रवक्ता भन्छन्- सुरक्षित स्थानमा सारिएको हो

काठमाडौं– पूर्वप्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबरा पक्राउबारे सरकारका प्रवक्ता सस्मित पोखरेलले

सयुक्त राष्ट्रसङ्घको ८१औँ महासभा सम्पन्न

एजेन्सी– संयुक्त राष्ट्रसङ्घीय महासभाको ८१औँ सत्रको बहस सोमबार सम्पन्न भएको