‘खोज अभियान’अन्तर्गत ४० हजार बालबालिकालाई खोप प्रदान  « Khabarhub

‘खोज अभियान’अन्तर्गत ४० हजार बालबालिकालाई खोप प्रदान 


२४ श्रावण २०८०, बुधबार  

पढ्न लाग्ने समय : 2 मिनेट


42
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले ‘वृहत खोज र खोप अभियान’अन्तर्गत नियमित खोप लगाउन छुटेका ४० हजार बालबालिकालाई खोप प्रदान गरेको छ ।

स्वास्थ्य सेवा विभागको बालस्वास्थ्य तथा खोप शाखाका प्रमुख डा अभियान गौतमले अभियानअन्तर्गत नियमित खोप लगाउन छुटेका ४० हजार चार सय ६३ बालबालिकालाई खोप प्रदान गरिएको जानकारी दिए। मन्त्रालयले १५ महिनाभित्रमा लगाउनुपर्ने नियमित खोप लगाउन छुटेका पाँच वर्षमुनिका बालबालिकालाई अभियान सञ्चालन गरी खोप लगाएको उनले बताए । 

प्रमुख डा गौतमका अनुसार गत वैशाख १५ र ३१ गते अभियान सञ्चालन गरिएको थियो । उनका अनुसार १५ महिनाभित्र लगाउनुपर्ने खोपको एक मात्रा पनि नलगाएका दुई हजार ९० बालबालिकालाई पहिलो पटक खोप प्रदान गरिएको छ । 

कुनै एक वा सोभन्दा बढी मात्रा खोप लगाउन छुटेका ३८ हजार तीन सय ७३ बालबालिकालाई विभिन्न नौ किसिमका १३ रोगविरुद्ध १८ मात्रा खोप प्रदान गरिएको प्रमुख डा गौतमले जानकारी दिएका छन् । उनका अनुसार चार हजार छ सय सात स्थानबाट खोप प्रदान गरिएको थियो ।

प्रमुख डा गौतमले नियमित खोप लगानुपर्ने समयमा नलगाएका बालबालिकालाई अहिले लगाइएको खोप कम प्रभावकारी भए पनि काम गर्ने बताएका छन्। ‘जुन उमेर-समयमा खोप लगाउनुपर्ने हो त्यसबेला नलगाएर अहिले लगाउँदा खोपको प्रभाव पहिला लगाउँदाको जस्तो नहुन सक्छ’ उनले भने, ‘तर छुटेको खोप अहिले लगाउँदा पनि काम भने गर्छ ।’ पहिले ९५ देखि सतप्रतिशत खोपको प्रभाव हुनेमा अहिले ८० प्रतिशतसम्म काम गर्ने उनको भनाइ थियो ।

मधेश प्रदेशमा कुनै एक मात्र पनि नियमित खोप नलगाएका बालबालिका बढी रहेका पाइएको प्रमुख डा गौतमले जानकारी दिए। उनका अनुसार कुनै पनि खोप नलगाउनेमा  मधेशमा एक हजार तीन सय १६, लुम्बिनीमा दुई सय ९५, वागमतीमा एक सय ७६, कोशीमा एक सय ६०, सुदूरपश्चिममा एक सय पाँच, कर्णालीमा २९ र सबैभन्दा कम गण्डकीमा नौ जना रहेका छन् ।

पूर्ण मात्रा खोप लगाउँदा स्वास्थ्यमा हुने फाइदा तथा खोप लगाइने स्थान र समयको बारेमा पर्याप्त जानकारी नहुनु, खोप सेवाका बारेमा प्रभावकारी परामर्शको कमी, कतिपय समुदाय-स्थानमा खोपप्रतिको गलत बुझाइलगायत कारणले बालबालिका नियमित खोपबाट वञ्चित भएका मन्त्रालयले जनाएको छ । 

कोरोना सङ्क्रमण फैलिएका समयमा बन्दाबन्दी (लकडाउन)ले गर्दा पनि बालबालिका नियमित खोप लगाउनबाट वञ्चित भएका खोप शाखा प्रमुख डा गौतमले बताए। उनले खोप लगाउन छुटेका बालबालिकाका लागि प्रत्येक वर्ष नियमित खोप अभियान सञ्चालन गरिने जानकारी दिए।

नेपाल जनसाङ्ख्यिक स्वास्थ्य सर्वेक्षण–२०२२ का अनुसार जन्मेदेखि पाँच वर्ष मुनिका ५२ प्रतिशत बालबालिकाले पूर्ण, ४८ प्रतिशतले अपूर्ण र चार प्रतिशतले कुनै पनि खोप लगाएका छैनन् । उक्त सर्वेक्षण अनुसार एक वर्षमुनिका ८० प्रतिशतले बालबालिकाले पूर्ण खोप लगाएका छन् ।  

प्रकाशित मिति : २४ श्रावण २०८०, बुधबार  १२ : ४५ बजे

प्रेम र गणेशको शरीरमा सल्किएको आगो निभ्यो, निभेन प्रश्न

काठमाडौं- पटक पटक सरकार फेरिए । प्रधानमन्त्री फेरिए । सत्ता

न्युजिल्यान्ड र भारतबीच ‘रणनीतिक साझेदारी’ घोषणा, रक्षा र व्यापार सहकार्य विस्तार गर्ने सहमति

अकल्यान्ड- भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको ऐतिहासिक न्युजिल्यान्ड भ्रमणका क्रममा दुवै देशले

उपचार सेवा विस्तारसँगै सुदूरपश्चिममा कालाजारका बिरामी घट्दै

कञ्चनपुर– सुदूरपश्चिम प्रदेशमा कालाजार (लिस्मानियासिस) का बिरामीको सङ्ख्या पछिल्ला केही

पशुपतिमा साउने सोमबारको तयारी, सफाइ अभियान सुरु

काठमाडौं– साउन महिनामा आराध्यदेव भगवान् पशुपतिनाथको पूजाआराधना एवं दर्शनका लागि

कीर्तिपुर होल्डिङ सेन्टरमा प्रहरीको बाक्लो उपस्थिति, विस्थापितलाई स्मृति भवनमा सारियो (तस्बिरहरू)

काठमाडौं–  अविरल वर्षापछि आएको बाढीका कारण कीर्तिपुरस्थित होल्डिङ सेन्टर डुबानमा