निर्माणाधीन सुनकोसी-सित्खा लिफ्ट सिँचाइ आयोजना अलपत्र « Khabarhub

निर्माणाधीन सुनकोसी-सित्खा लिफ्ट सिँचाइ आयोजना अलपत्र


२४ श्रावण २०८०, बुधबार  

पढ्न लाग्ने समय : 2 मिनेट


36
Shares
  • change font
  • change font
  • change font

मन्थलीसित्खा फाँटमा निर्माणाधीन सुनकोसी–सित्खा लिफ्ट सिँचाइ आयोजनाको काम अलपत्र परेको छ । बागमती प्रदेश सरकारले जलस्रोत तथा सिँचाइ विकास डिभिजन रामेछापमार्फत सिँचाइ पुर्‍याउने उद्देश्यले आयोजना कार्यान्वयनमा ल्याएको थियो ।

विसं २०७७ पुस मसान्तसम्म निर्माण सम्पन्न गर्ने गरी उदयपुरको राम्चे सिद्धगढी निर्माण सेवासँग विसं २०७५ असार २९ मा भएको सम्झौता भएको थियो । निर्माण व्यवसायीले सिँचाइ आयोजनाका लागि एक करोड २९ लाख दुई हजार चार सय ४८ मा सम्झौता गरेकामा रू ८३ लाख १७ हजार चार सय ३३ भुक्तानी भइसकेको छ । हालसम्म ६५ प्रतिशत मात्रै भौतिक प्रगति भएको आयोजना कार्यालयले जनाएको छ ।

रामेछापको खाँडादेवी गाउँपालिका–३ भिरपानीस्थित सित्खामा सुनकोसी नदी नजिकै भए पनि लामो समयदेखि फाँंट सुक्खा छ । सुनकोसी–तामाकोसी नदी आसपासका स्थानीय निर्माणाधीन आयोजना अलपत्र बनेपछि चिन्तित छन् । बाह्रै महिना अन्न फलाउने योजना बनाएका स्थानीयले सिँचाइ अभावका कारण धान, मकै लगाउन पाएका छैनन् ।

आयोजना निर्माणस्थल नजिक पानी संकलनका लागि बनाइएका कृत्रिम पोखरी पनि पानी नभएर सुेकेका छन् । नदीबाट पोखरीसम्म पुर्‍याइएका पाइप लाइन पनि बिग्रिएका र अलपत्र  अवस्थामा छन् ।

स्थानीय कृष्णगोपाल श्रेष्ठले भने, ‘कहिले होला यो फाँटमा सिँचाइ हुने ?’ नदीको पानी लिफ्टमार्फत फाँटभन्दा माथि लगेर सिँचाइ गर्ने आयोजना कार्यान्वयनमा आएको पनि छ वर्ष भइसकेको उनले बताए। ‘पानी आउँला र खेती गरौँला भन्ने आशा मारिसकियो’, उनले निराशा पोखे, ‘चार वर्ष भयो, कोही फर्केर आएको छैन, के बन्ला र आयोजना ?’

जलस्रोत तथा सिँचाइ विकास डिभिजन रामेछापका अनुसार सिँचाइ आयोजनाको ठेक्का लिएको निर्माण कम्पनीले काम बीचमै छाडेपछि अलपत्र बनेको छ । सम्झौताबमोजिम बाँकी काम गर्नका लागि बारम्बार पत्राचार गर्दा पनि निर्माण व्यवसायी सम्पर्कमा नआएकाले सम्झौता रद्ध गरी विसं २०७७ कात्तिक २६ मा सार्वजनिक खरिद एकाइको कालोसूचीमा निर्माण कम्पनीलाई राखिएको कार्यालयका इन्जिनियर दिवाकर मण्डलले जानकारी दिए। उनका अनुसार निर्माण व्यवसायीले कार्यालयले गरेको ठेक्का रद्द र कालोसूचीको निर्णय विरुद्ध अदालत गएकाले आयोजनाको बाँकी काम अन्योल बनेको हो । 

‘अदालतमा विचाराधीन अवस्थामा मुद्दा रहेकाले बाँकी काम गर्नका लागि अर्को ठेक्का बन्दोबस्त गर्न सकेका छैनौँ’, मण्डलले भने, ‘फैसला के आउँछ, त्यसपछि योजना कसरी सम्पन्न गर्ने भन्ने विषयमा टुङ्गोमा पुगिएला ।’ उनले उक्त आयोजनाका लागि प्रदेश सरकारले हरेक वर्ष कार्यक्रम राख्दै आएको भए पनि मुद्दाकै कारण काम हुन नसकेको बताए । 

निर्माण व्यवसायीले समयमा काम पनि नगर्ने कार्यालयको निर्णय विरुद्ध मुद्दा हालेर थप सास्ती दिइरहेको स्थानीय कृष्णबहादुर केसीले बताए। ‘आफू पनि काम नगर्ने अनि अर्कोलाई बाटो छेक्ने गरिरहेको छ’, उनले भने, ‘सिँचाइ आयोजना अलपत्र हुँदा हाम्रो खेतमा चिरा परेको छ । मकै सुके, धान रोप्न अझै पाइएको छैन । वर्षौँदेखिको सपना चकनाचुर भएको छ ।’ मुद्दा जितिहाले पनि निर्माण व्यवसायीलाई उक्त आयोजनाको काममा स्थानीयले सहयोग नगर्ने केसीको भनाइ थियो ।

प्रकाशित मिति : २४ श्रावण २०८०, बुधबार  १ : २६ बजे

विद्यालयमा आइतबार बिदा दिने निर्णय पुनः विचार गर्न आग्रह

काठमाडौं – सामुदायिक विद्यालय व्यवस्थापन समिति महासङ्घ नेपालले आइतबार विद्यालयमा

दुई थान चोरीको स्कुटरसहित एकजना पक्राउ

काठमाडौं – दुई थान चोरीको स्कुटरसहित एकजनालाई प्रहरीले पक्राउ गरेको

सम्पत्ति छानबिन आयोगको काम अघि नबढाउन सर्वोच्चको अन्तरिम आदेश

काठमाडौं – सम्पत्ति छानबिन आयोगलाई कसैको पनि सम्पत्ति छानबिन नगर्न

गिद्ध संरक्षणसँगै पर्यटकीय र अध्ययन केन्द्रका रूपमा विकसित हुँदै जटायु रेष्टुरेन्ट

नवलपरासी – नवलपरासी (बर्दघाट सुस्तापूर्व) नवलपुरको कावासोती नगरपालिकास्थित नमूना मध्यवर्ती

नेपाल–भारत ऊर्जा बैठक : विद्युत् आयात-निर्यात क्षमता बढाउने सहमति

काठमाडौं – नेपाल र भारतबीच विद्युत् आयात–निर्यातको क्षमता विस्तार गर्ने