एमालेबाट आज पनि प्रतिनिधिसभा बैठक अवरुद्ध | Khabarhub Khabarhub

एमालेबाट आज पनि प्रतिनिधिसभा बैठक अवरुद्ध


२४ श्रावण २०८०, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


75
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– प्रमुख प्रतिपक्ष दल नेकपा एमालेले आज पनि प्रतिनिधिसभा बैठक अवरुद्ध गरेको छ ।

बैठक सुरु हुनासाथ एमाले सांसद सूर्यबहादुर थापा क्षेत्रीले समय लिएर बोल्दै एक सय केजी सुन तस्करी प्रकरणमा उच्चस्तरीय छानबिन समिति नबनेसम्म बैठक चल्न नदिने बताए ।

उनले तस्करीको संरक्षण गर्ने गरी गृहमन्त्रीको जवाफ आएकाले जवाफ चित्त बुझ्दो नभएको बताए । त्यसपछि एमाले सांसदहरू वेल घेर्न पुगेका थिए ।

सभामुख देवराज घिमिरेले संसद्को कार्यसूची अगाडि बढाउनका लागि पटक पटक आग्रह गर्दा एमालेले अवरोध कायमै राखेपछि सभामुख घिमिरेले प्रतिनिधिसभाको अर्को बैठक साउन २६ दिउँसो २ बजे बस्ने गरी स्थगित गरेका छन् । 

प्रकाशित मिति : २४ श्रावण २०८०, बुधबार  १ : ४२ बजे

रियललाई हराउँदै बार्सिलोना ला लिगाको उपाधि नजिक

बार्सिलोना – बार्सिलोना ला लिगाको उपाधि नजिक पुगेको छ ।

साफ यु–१९ च्याम्पियनसिप : नेपाल सेमिफाइनलमा प्रवेश

काठमाडौं – नेपालमा भारतमा जारी साफ यु–१९ च्याम्पियनसिपको सेमिफाइनलमा प्रवेश

१० जनाले गरे कञ्चनजङ्घा हिमाल आरोहण

ताप्लेजुङ – विश्वको तेस्रो अग्लो हिमाल कञ्चनजङ्घामा शनिबार नेपालीसहित १०

बुद्ध जयन्तीको पूर्वसन्ध्यामा लुम्बिनी झकिझकाउ

रूपन्देही – दुई हजार ५६९औँ बुद्ध जयन्तीको पूर्वसन्ध्यामा भगवान् बुद्धको

बनेपामा आजदेखि ऐतिहासिक चण्डेश्वरी जात्रा

काभ्रेपलाञ्चोक – बनेपाको ऐतिहासिक चण्डेश्वरी जात्रा आजदेखि औपचारिक रुपमा सुरु