रास्वपाको विपद् व्यवस्थापनमा आरएटी परिचालन « Khabarhub

रास्वपाको विपद् व्यवस्थापनमा आरएटी परिचालन


२४ श्रावण २०८०, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


78
Shares
  • change font
  • change font
  • change font

चितवन– नारायणगढ–मुग्लिन सडक खण्डमा तत्काल प्रतिकार्य समूह (आरएटी) परिचालन गरिएको छ । राष्ट्रिय स्वतन्त्र पार्टीेको उक्त समूह नारायणगढ–मुग्लिन सडक खण्डमा पहिरोमा परेका यात्रु र सवारी साधनको व्यवस्थापनमा खटिएको हो ।

समूहका प्रदेश संयोजक विजय गुप्ताको नेतृत्वमा ५० स्वयंसेवक परिचालन गरिएको रास्वपाका सभापति रवि लामिछानेका निजी सचिब प्रकाश सिग्देलले जानकारी दिए। विपद्का समयमा परिचालन हुने गरी समूह बनाएर  परिचालन गरिएको उनले बताएका छन् । केन्द्रमा विष्णुकुमार श्रेष्ठको नेतृत्वमा उक्त समूह गठन गरिएको थियो ।

उक्त समूहले कार्यक्षेत्रमा रहेका प्रहरीसँगको समन्वयमा उद्धार, व्यवस्थापन र राहतका कामहरू गर्ने छ । मङ्गलबारदेखि विपत् परेका स्थानमा परिचालन हुने गरी खटाइएको उक्त समूहले  पहिरोका कारण अलपत्र परेका यात्रुहरूलाई सहजीकरण गर्दै यात्रालाई सहज बनाउन पहल गर्ने  जनाइएको छ ।

सभापति लामिछाने निर्वाचित भएको सय दिनअन्तर्गत घोषणा गरिएको कार्यक्रमअन्तर्गत यो समूह परिचालन भएको हो । अब नियमित समूह परिचालन हुने निजी सचिव सिग्देलले  जानकारी दिए । सो समूहले नारायणगढ-मुग्लिन सडक खण्डअन्तर्गत कालीखोलामा पहिरोमा परेका सवारी साधनलाई ट्राफिक व्यवस्थापनमा पनि सहजीकरण गरेको थियो ।

प्रकाशित मिति : २४ श्रावण २०८०, बुधबार  १ : ५८ बजे

शुक्लाफाँटामा जंगली हात्तीलाई रेडियो कलर लगाउने प्रक्रिया अघि बढ्यो

काठमाडौं– कञ्चनपुरस्थित शुक्लाफाँटा राष्ट्रिय निकुञ्जको मध्यवर्ती क्षेत्रमा लामो समयदेखि बस्तीमा

सिक्टा सिँचाइ आयोजनाद्वारा उपभोक्ता किसानको लगत सङ्कलन

राँझा– निर्माणाधीन राष्ट्रिय गौरवको सिक्टा सिँचाइ आयोजनाले सिञ्चित क्षेत्रका उपभोक्ता किसानको

एभ्री बाउन्ड्री काउन्ट्स : एनपीएलका हरेक बाउन्ड्रीमा रेड पान्डा संरक्षणका लागि योगदान दिँदै इसेवा

काठमाडौं– इसेवाले नेपाल प्रिमियर लिग (एनपीएल) २०२६ मार्फत दुर्लभ तथा

कोलम्बियाली विद्रोही शिविरमा भेनेजुएलाको आक्रमण, नौ जनाको मृत्यु

काराकास– भेनेजुएलाको सेनाले सीमा क्षेत्रमा रहेको कोलम्बियाली वामपन्थी विद्रोही समूहको

नेपाली क्रिकेट स्टार दीपेन्द्र सिंह ऐरी नेपालका लागि फ्रीमांसको ब्रान्ड एम्बेसडर नियुक्त

काठमाडौं- भारतीय उपमहाद्वीपमा मेजरिंग टुल्स उत्पादन गर्ने एक फ्रीमांसले नेपाली क्रिकेटर