सुन काण्डको छानबिन गर्न उच्चस्तरीय समिति बनाउनुपर्छ : गोकर्ण विष्ट  « Khabarhub

सुन काण्डको छानबिन गर्न उच्चस्तरीय समिति बनाउनुपर्छ : गोकर्ण विष्ट 


२४ श्रावण २०८०, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


33
Shares
  • change font
  • change font
  • change font

लेखनाथ– नेकपा (एमाले) का सचिव एवं गण्डकी प्रदेश इन्चार्ज गोकर्ण विष्टले अवैध रुपमा नेपाल भित्रिएको सुन काण्डको छानबिन गर्न कानुनबमोजिम उच्चस्तरीय समिति गठन  पर्नेमा जोड दिएका छन् ।

नेकपा (एमाले) गण्डकी प्रदेश सङ्गठन कमिटीको चौधौँ पूर्ण  बैठकका निर्णय सार्वजनिक गर्दै उनले भने, ‘सुन काण्डको छानबिन समिति गठन गरेको खण्डमा एमालेले सदन अवरुद्ध गर्दैन, सरकार पारदर्शी रुपमा अगाडि बढ्नका लागि सुन काण्डको छानबिन समिति बनाउनै पर्छ ।’ 

वर्तमान सरकारले भ्रष्टाचार र दैनिक उपभोग्य वस्तुको मूल्य नियन्त्रण गर्न नसकेकोप्रति दुःख व्यक्त गरे । साथै चौधौँ  पूर्ण बैठकले गण्डकी प्रदेशको प्रथम अधिवेशन आगामी असोज १५ र १६ गते पोखरामा आयोजना गर्नेलगायत विभिन्न आठ निर्णय गरेको जानकारी दिइएको छ । 

त्यस्तै पोखराको उपयुक्त स्थानमा गण्डकी प्रदेश कमिटीको कार्यालय निर्माण, सङ्गठन विस्तार, जिल्ला जिल्लामा प्रचार तथा  प्रकाशन विभागलाई पूर्णता दिने, जिल्लास्तरीय प्रचार भेला तथा क्षमता अभिवृद्धि तथा अभिमुखीकरण कार्यक्रम गर्नेलगायत निर्णय गरिएका छन् । 

स्थायी कमिटी सदस्य एवं गण्डकी प्रदेशका निवर्तमान मुख्यमन्त्री खगराज अधिकारीले जनसङ्गठन पार्टीमा पोषण दिने जरा भएको हुँदा समन्वयको पाटोलाई प्रभावकारी बनाउन भेला उपलब्धि मुलुक बन्ने विश्वास व्यक्त गरे । साथै उनले स्थानीय तहमा अत्यधिक रुपमा वृद्धि गरिएको करको विरोध गरे ।

प्रकाशित मिति : २४ श्रावण २०८०, बुधबार  २ : ०२ बजे

शुक्लाफाँटामा जङ्गल सफारी खुला

कञ्चनपुर– कञ्चनपुरस्थित शुक्लाफाँटा राष्ट्रिय निकुञ्जमा पर्यटकका लागि जङ्गल सफारी खुला

बूढीगण्डकी बाढीपछिको बेहाल (तस्बिर)

काठमाडौँ– गोरखाको चुमनुब्री गाउँपालिका–६ हुँदै बग्ने बूढीगण्डकी नदीमा लेदो र

नयाँबसपार्कबाट गाउँ फर्किने यात्रुको चाप उच्च

काठमाडौँ– बडादसैँ नजिकिएसँगै काठमाडौँको नयाँबसपार्कबाट आफ्नो घर गाउँ फर्किने यात्रुको

बूढीगण्डकी बाढीको प्रतिकार्य तीव्र : नेपाल रेडक्रस

काठमाडौँ– नेपाल रेडक्रस सोसाइटीले बूढीगण्डकी नदीमा गएको आकस्मिक बाढी प्रभावितको

पहिरोले बूढीगण्डकीमा थुप्रिएर बनेको अस्थायी बाँध फुट्दा आकस्मिक बाढी : इसिमोड

काठमाडौँ– गोर्खाको चुमचेट नजिकै पहिरोले नदी थुनिएर बनेको अस्थायी बाँध