सिरहाको होटलमा एक युवक मृत फेला « Khabarhub

सिरहाको होटलमा एक युवक मृत फेला


२४ श्रावण २०८०, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

सिरहा– सिरहाको मिर्चैयास्थित होटलमा एक युवक मृत अवस्थामा फेला परेका छन्। मिर्चैया नगरपालिका ६ कटारी चौकमा रहेको शम्भुहोटलमा विराटनगर उप–महानगरपालिका १० का २५ वर्षीय सिद्धान्त भट्टराईको शव फेला परेको हो।

विराटनगरबाट को १ च ९१७२ नम्बरको पिकप गाडीमा कपीको मार्केटिङ गर्दै आएका भट्टराईले बास बस्न रुम बुक गराएको सहदेव होटलमा सँगै रहेका सोही ठाउँका गाडी चालक २७ वर्षीय सागर राईलाई छोडेर निस्केका भए पनि उनको शव नजिकै रहेको शम्भु होटलमा भेटिएको इलाका प्रहरी कार्यालय मिर्चैयाले जनाए।

इलाका प्रहरी कार्यालय मिर्चैयाका प्रमुख डीएसपी जितेन्द्र बस्नेतका अनुसार घटनाको विषयमा अनुसन्धान भइरहेकोले तत्काल केही भन्न नसकिने बताए। उनले भने, ‘घटनाको विषयमा अनुसन्धान भइरहेको छ, अहिले नै यही भएको हो भन्न सकिने अवस्था छैन।’

छातिमा निलडाम देखिएकाले घटना शंकास्पद भएको स्थानीयको भनाइ छ। प्रहरीका अनुसार सहदेव होटलमै खाजा खाना खाएका भट्टराई शम्भु होटलमा गएका थिए। त्यहाँ भट्टराईले एउटा बियर लिएको बताए। उनले बियर खाएकै ठाउँमा सर्ट खोलेर कुर्सीमा झुन्ड्याएको अवस्थामा फेला परेको प्रहरीको भनाई छ। भट्टराईको शव भने कोठाभन्दा बाहिर फेला परेको प्रहरीले जनाएको छ।

होटलका सञ्चालक शम्भु साहले भट्टराई राति ११ बजेको आसपासमा आफ्नो होटलमा आएको बताए। शव अहिले घटनास्थलमै रहेको छ। मृतकका आफन्त आइरहेकोले शव उनीहरूकै उपस्थितिमा उठाउने गरी राखिएको प्रहरीले जनाएको  छ।

प्रकाशित मिति : २४ श्रावण २०८०, बुधबार  ३ : ०३ बजे

मोदीलाई ट्रम्पको फोन, के भयो कुराकानी ?

काठमाडौँ- अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पले मंगलबार भारतका प्रधानमन्त्री नरेन्द्र मोदीलाई

प्रधानमन्त्रीले भोलि सबै समानुपातिक सांसदसँग छलफल गर्ने

काठमाडौँ । प्रधानमन्त्री वालेन्द्र शाहले सबै पार्टीको तर्फबाट संघीय संसदमा

सशस्त्रका असई शेर्पाले गरिन् लोबुचे हिमालको आरोहण

काठमाडौँ – सशस्त्र प्रहरी सहायक निरीक्षक निम दिकि शेर्पाले नयाँ

कैलाली दुर्घटनामा दुई जनाको मृत्यु

धनगढी – कैलालीको लम्कीमा विंगर र मोटरसाइकल एकआपसमा ठोक्किँदा दुईजनाको

किराँतीको प्रश्न : पूर्व–पश्चिम राजमार्गको नाम महेन्द्र राजमार्ग राखेर के सन्देश दिन खोजेको हो ?

काठमाडौँ – नेता सुदन किराँतीले नेताले केके गर्नुपर्छ थाहा पाएर