अनलाइनमार्फत यौनहिंसा गर्ने दुई जना पक्राउ « Khabarhub

अनलाइनमार्फत यौनहिंसा गर्ने दुई जना पक्राउ


२४ श्रावण २०८०, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


483
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– नेपाल प्रहरीले अनलाइनमार्फत यौनहिंसा गर्ने दुई जनालाई पक्राउ गरेको छ । प्रहरीको साइबर ब्युरोले सामाजिक सञ्जाल फेसबुक एकाउन्टबाट फ्रेन्ड रिक्वेस्ट पठाएर नाबालिकासँग प्रेम सम्बन्धको बाहना बनाई अनलाइन अडियो र भिडियो कलमार्फत यौनहिंसा गर्ने सिन्धुपाल्चोक इन्द्रावती नगरपालिकाका समीर तामाङ र सुरेश तामाङलाई पक्राउ गरी आज सार्वजनिक गरेको हो ।

ब्युरोका प्रवक्ता तथा प्रहरी उपरीक्षक पशुपतिकुमार रायले पीडित नाबालिकालाई फेसबुकबाट  साथी बनाएर भिडियो कलमार्फत मानसिक तनाव दिने तथा अश्लील फोटोसँग पीडितको फोटो जोडेर सामाजिक सञ्जालमा प्रकाशन गर्ने गरेकाले पक्राउ गरिएको जानकारी दिए । 

उनीहरूलाई प्रहरीले विद्युतीय कारोबार ऐन, २०६३ अन्तर्गत कसुरमा हदैसम्मको कारबाहीको माग गर्दै दायर गरिएको उजुरीमा काठमाडौँ जिल्ला अदालतबाट दुवै जनालाई पाँच-पाँच दिनको म्याद थप गराई अनुसन्धान भइरहेको उनले बताए ।

प्रकाशित मिति : २४ श्रावण २०८०, बुधबार  ३ : ०९ बजे

झापामा असोजमा २२ विपद्का घटना, दश करोड बढीको क्षति

झापा– झापामा गत असोज महिनामा भएका २२ वटा विपद्का घटनाबाट

तीन लाखभन्दा बढीका पटका बरामद गरी नष्ट

झापा– झापामा चाडपर्वलाई लक्षित गरी भारतबाट अवैध रूपमा नेपाल भित्र्याउन

व्यवसायीको निधनले शोकमा वालिङ

स्याङ्जा– गुल्मीमा भएको सवारी साधन दुर्घटनाका कारण स्याङ्जाको वालिङ शोकमा

सांस्कृतिक तथा राष्ट्रिय महत्त्वका चलचित्र निर्माणका लागि आवेदन दिन २१ दिनको समय

काठमाडौँ– सरकारले सांस्कृतिक तथा राष्ट्रिय महत्त्वका विषयमा आधारित चलचित्र निर्माणलाई

कात्तिक १५ गतेपछि मात्र धान काट्न कृषि विकास कार्यालयको आग्रह

धादिङ– कृषि विकास कार्यालय धादिङले सम्भावित मौसमको अवस्थाको जानकारी लिएर