मकवानपुर पहिरो : दुई जनाको शव फेला | Khabarhub Khabarhub

मकवानपुर पहिरो : दुई जनाको शव फेला


२४ श्रावण २०८०, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


72
Shares
  • change font
  • change font
  • change font

बागमती– मकवानपुरको बागमती गाउँपालिकामा गएको पहिरोमा बेपत्ता भएकामध्ये दुईजनाको शव आज फेला परेको छ । 

बागमती–५ सिग्रेदोभानमा हिजो बिहान गएको पहिरोमा परी बेपत्ता भएका अक्कलबहादुर स्याङ्तान र उनकी २२ वर्षीय छोरी शीला स्याङ्तान १० किलोमिटर टाढा सिन्धुलीको हरिहरपुरगढीस्थित बागमती नदी बगरमा फेला परेको प्रहरीले जनाएको छ ।  

पहिरोमा परेका अझै तीनजना बेपत्ता रहेका छन् । अक्कल बहादुरका २५ वर्षीय ज्वाइँ जीवन पहरी, चार वर्षीया नाति मिलन पहरी, डेढ वर्षीय नातिनी दिव्या पहरी अझै फेला पर्न नसकेको र उनीहरूको खोजी भइरहेको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ । 

पहिरोमा परी हिजो एकजनाको मृत्यु भएको थियो भने छ जना बेपत्ता भएकामा १६ वर्षीय पासाङ घिसिङलाई १५ घण्टापछि जीवितै उद्धार गरी हेटौँडा अस्पताल ल्याइएको छ । 

प्रकाशित मिति : २४ श्रावण २०८०, बुधबार  ३ : १३ बजे

बागमतीसहित यी प्रदेशमा ठूलो वर्षाको सम्भावना

काठमाडौँ– जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल

महिला एसिया कप : आइतबार भारत र श्रीलंकाको फाइनल भिडन्त

काठमाडौं – एसिसी महिला एसिया कप क्रिकेटको फाइनलमा भारत र

शनिबारको विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौं – आज २०८१ साल साउन १२ गते शनिबार सन्

शनिबार, शनिदेवको पूजा गर्नुहोस्

काठमाडौं – आज २०८१ साल साउन १२ गते शनिबार तदनुसार

आज २०८१ साल साउन १२ गते शनिबारको राशिफल

काठमाडौं – आज २०८१ साल साउन १२ गते शनिबार तदनुसार