केटी जिस्काएको निहुँमा एक युवकको हत्या, दुई जना पक्राउ « Khabarhub

केटी जिस्काएको निहुँमा एक युवकको हत्या, दुई जना पक्राउ


२४ श्रावण २०८०, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


867
Shares
  • change font
  • change font
  • change font

पर्सा– १६ वर्षीया किशोरीलाई १७ वर्षीय किशोरले टेलिफोनमार्फत जिस्क्याएको विषयलाई लिएर कुटपिट हुँदा पर्सागढी नगरपालिका-४ वारवाटाडी बस्ने २१ वर्षीय जमुदिन महमद अन्सारीको मृत्यु भएको छ । 

उक्त कुटपिट तथा झै-झगडामा संलग्न रहेको अभियोगमा सोही ठाउँ बस्ने २४ वर्षीय अबतुल्लाह मिया अन्सारी र ४५ वर्षीय वकिल महमद अन्सारीलाई प्रहरीले पक्राउ गरेको छ । 

उक्त विषयमा वकिल महमद अंसारी र अली महमद अन्सारीबीच शनिबार राति झै-झगडा तथा कुटपिट भएको अवस्थामा अबतुल्लाह मिया अन्सारीले चिर्पटले प्रहार गर्दा गम्भीर घाइते भएका जमुदिनको नारायणी अस्पताल वीरगञ्ज हुँदै एलएस न्युरो अस्पताल बारामा थप उपचारको क्रममा बुधबार बिहान मृत्यु भएको हो । 

घटना सम्बन्धमा जिल्ला प्रहरी कार्यालय पर्साबाट थप अनुसन्धान भइरहेको छ । 

प्रकाशित मिति : २४ श्रावण २०८०, बुधबार  ३ : ३४ बजे

दसैँको शुभकामना दिँदै बालेन लेख्छन्- गाउँघर उजाडिने नियति बदल्न हातेमालो गराैँ

काठमाडौँ – प्रधानमन्त्री वालेन्द्र शाहले देशलाई सुशासन र समृद्धिको मार्गमा

सर्लाहीको हरिपुरमा म्याजिक र मोटरसाइकल ठोक्किँदा एकको मृत्यु

सर्लाही – सर्लाहीको हरिपुर नगरपालिका–८ जगतपुर स्कुलस्थित नवलपुर–मलङ्गवा सडकखण्डमा म्याजिक

धार्मिक विधि र सांस्कृतिक महत्त्व : के हो फूलपाती ?

काठमाडौँ – हिन्दू धर्मावलम्बीका लागि आश्विन शुल्क सप्तमीको दिन विशेष महत्त्व

कांग्रेस सभापति गगन थापाको आज पदबहाली, केन्द्रीय समितिको शपथ दसैँपछि

ललितपुर – नेपाली कांग्रेसको १५औँ महाधिवेशनबाट सभापतिमा नवनिर्वाचित गगनकुमार थापाको

दसैँले आत्मीयता र सांस्कृतिक विरासत जीवन्त राखेको छ: राष्ट्रियसभा अध्यक्ष

काठमाडौँ – राष्ट्रियसभाका अध्यक्ष नारायणप्रसाद दाहालले राष्ट्रिय एकता, सामाजिक सद्भाव,