चितवनमा हुने फिल्मी अवार्डको तयारी तीव्र « Khabarhub

चितवनमा हुने फिल्मी अवार्डको तयारी तीव्र


२४ श्रावण २०८०, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


42
Shares
  • change font
  • change font
  • change font

भरतपुर- चितवनमा हुन लागेको फिल्मी अवार्डको तयारी तीव्र रुपमा भइरहेको छ । लक्की मिडिया हाउस चितवनले पहिलो पटक लक्की फिल्मी फिल्मी अवार्ड गर्दै छ । अवार्ड कार्यक्रमको प्रचार प्रसारको लागि अहिले मिडिया हाउसको टिम देश दौडाहामा छ । मोफसल टुरको कार्यक्रमपश्चात अहिले देशका मुख्य सहरमा अवार्डको प्रचार भइरहेको छ । आयोजकका अनुसार अवार्डको तयारी अन्तिम चरणमा पुगेको छ ।

अवार्डलाई सम्पूर्ण कलाकार, फिल्मीकर्मीको प्रतिनिधित्व हुने गरी देशका विभिन्न जिल्लामा प्रचार प्रसार गरी समेत फर्केको र अन्य जिल्लामा पनि प्रचार प्रसारलाई निरन्तरता दिईएको छ । अर्वाड कार्यक्रमलाई भव्य रुपमा सम्पन्न गर्नेगरी तयारी तीव्र पारिएको आयोजक संस्था लक्की मिडिया हाउसका महाप्रबन्धक हरि कार्की ‘लक्की’ ले जानकारी दिए । ‘विगत केही महिनादेखि हामी अवार्डको प्रचार प्रसार र देश दौडाहामा थियौं’ उनले भने, ‘अब बांँकी कामको लागि जुटेका छौं ।’

अवार्डका लागि आवश्यक पर्ने विभिन्न चरणहरु पार गर्दै अहिले कलाकारहरुको नोमिनेसनको काम भइरहेको उनले बताए । निर्णायक मण्डलले काम गरिरहको जानकारी दिँँदै उनले विभिन्न विधामा अवार्ड वितरण हुने भएकाले सोही अनुसारको नोमिनेसन र छनौटको काम तीव्र रुपमा अगाडि बढेको जानकारी दिए ।

नेपाली सिनेमा जगतको संरक्षण र जगेर्ना गर्ने उद्देश्यसहित फिल्मी अवार्ड गर्न लागिएको कार्कीको भनाइ छ । ‘यो तरिकाको अवार्ड नेपालमै पहिलो पटक हुन्छ । जहाँ सबै कलाकारकर्मी, कलाप्रेमीले सम्मान र अपनत्व पाउनुहुन्छ,’ कार्कीले भने ।

अवार्डमा दुई दर्जनभन्दा बढी कलाकर्मी सम्मानित हुने उनले जानकारी दिए । चलचित्र उद्योगको प्रर्वद्धन र प्रोत्साहन, कलाकारलाई हौसला र सम्मान गर्ने लक्ष्यसहित चितवनमा फिल्मी अवार्ड कार्यक्रम गर्न लागेको उनले बताए ।

लक्की मिडिया हाउसले गर्न लागेको फिल्मी अवार्डमा देशभरका सिने कलाकारहरुको जमघट चितवनमा हुने कार्कीले जानकारी दिए ।

प्रकाशित मिति : २४ श्रावण २०८०, बुधबार  ३ : ४० बजे

२६ तस्बिरमा कांग्रेस महाधिवेशनमा

काठमाडौँ – नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले नागरिकका प्रश्न, असहमति

‘विचार, सङ्घर्ष र नेतृत्व’ पुस्तकले नेपालको राजनीतिक जीवनका पक्षलाई समेटेको छ’

काठमाडौं– पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले ‘आनन्दप्रसाद पोखरेलः  विचार, सङ्घर्ष र नेतृत्व’ पुस्तकले

‘कांग्रेस २.०’ ले महाधिवेशमा के गर्दैछ नयाँ ?

काठमाडौँ – नेपाली कांग्रेसको १५औँ महाधिवेशनमा विगतभन्दा भिन्न, भड्किलो प्रचारमुक्त

नेपाली क्रिकेटका ९ स्टारसँग एक्सट्रीमको ‘पावरफुल’ साझेदारी

काठमाडौं- नेपाली क्रिकेटको विकास, खेलाडीको प्रोत्साहन तथा युवा पुस्तामाझ खेलकुदप्रतिको