राष्ट्रपति सीको असफल भ्रष्टाचारविरोधी अभियान र चीनमा मौलाउँदो भ्रष्टाचार « Khabarhub

राष्ट्रपति सीको असफल भ्रष्टाचारविरोधी अभियान र चीनमा मौलाउँदो भ्रष्टाचार


२४ श्रावण २०८०, बुधबार  

पढ्न लाग्ने समय : 2 मिनेट


54
Shares
  • change font
  • change font
  • change font

पछिल्लो समय चीनमा भ्रष्टाचार मौलाउन थालेको पाइएको छ । सत्तारुढ कम्युनिष्ट पार्टीका सदस्यहरु भ्रष्टाचारमा मुछिन थालेसँगै चिनियाँ समाजका लागि यो मुद्दा टाउको दुखाइ बन्न पुगेको छ । चीनका सरकारी संस्थानहरु, सरकार सञ्चालित कम्पनीहरु र समाजका अन्य क्षेत्रमा भ्रष्टाचार मौलाइरहेको छ । चीन सरकारले भ्रष्टाचारविरुद्ध अभियान चलाएपनि यस्ता घटना बारम्बार दोहोरिरहेका छन् ।

सन् २०१२ मा सत्ता सम्हालेयता राष्ट्रपति सी जिन्पिङले भ्रष्टाचारविरोधी अभियानलाई तीव्र बनाइरहेका छन् । उनको प्रशासनले सञ्चालन गरेको उच्चस्तरीय भ्रष्टाचारविरोधी अभियानका क्रममा पार्टीका पदाधिकारी एवम् कर्मचारीहरु परिसकेका छन् । यस अभियानका क्रममा केही उच्चपदस्थसहित धेरै पदाधिकारी र कर्मचारीहरु छानबिनको दायरामा आइसकेका छन् ।

भ्रष्टाचार निवारणका लागि सन् २०१२ पछि कम्युनिष्ट पार्टीका उच्च पदस्थ पदाधिकारी बो सिलाई र उनका उत्तराधिकारी सुन जेङसेईको राजनीतिक सफाया गरिएको थियो । त्यसबाहेक चिनियाँ कम्युनिष्ट पार्टीको पोलिटब्युरो स्थायी समितिका पूर्वसदस्य एवम् पार्टीको केन्द्रीय राजनीतिक तथा कानूनी मामिला आयोगका पदाधिकारी झोउ योङकाङलाई भ्रष्टाचार, घुसखोेरी र शक्तिको दुरुपयोग गरेको आरोपमा जन्मकैदको फैसला सुनाइएको थियो ।

उच्च पदस्थ पदाधिकारीको राजनीतिक सफायापछि सीको प्रशासनमा चिनियाँ समाजमा भ्रष्टाचार कम हुने अपेक्षा गरिएको थियो । यद्यपि पछिल्ला केही वर्षमा चिनियाँ जनमुक्ति सेना र जनमुक्ति सेनाको रकेट बलका सैनिक अधिकारीहरु भ्रष्टाचारमा मुछिएको घटना बाहिरिएका छन् ।

यसबाट सी जिन्पिङले थालेको भ्रष्टाचारविरोधी अभियानको सफलतामाथि प्रश्न उठेको छ । हाल जनमुक्ति सेनाको रकेट बलका विभाग प्रमुख ली युचाओ र उनी मातहतका कर्मचारीविरुद्ध सैनिक आयोगअन्तर्गतको भ्रष्टाचारविरोधी एकाईले अनुसन्धान गरिरहेको छ । यो चीनमा हालसम्मकै सबैभन्दा ठूलो प्रकरण रहेको हुनसक्ने धेरैको आशंका छ ।

यस प्रकरणलाई लिएर आफ्नै राजनीतिक साझेदार र उच्चपदस्थ अधिकारीलाई कारवाही गर्ने राष्ट्रपति सीको कठोर भ्रष्टाचारविरोधी अभियानमाथि पनि धेरैले प्रश्न उठाएका छन् । आफ्ना राजनीतिक प्रतिस्पर्धीको सफाया गर्नेबाहेक उनको अभियानबाट अपेक्षा अनुसारको परिणाम आउन नसकेको भनी आलोचना समेत हुने गरेको छ ।

त्यस्तै, भ्रष्टाचारविरोधी निकायका रुपमा राष्ट्रय निगरानी आयोगको स्थापना गर्ने कमदबाट पनि विपरीत नतिजा आएको विश्लेषकहरु बताउँछन् ।  सीको यस रणनीति पार्टी, समाजमा र सरकारमा व्याप्त भ्रष्टाचार उन्मूलन एवम् निवारण गर्ने भन्दा पनि राजनीतिक प्रतिस्पर्धीको सफाया गरी आफ्नै राजनीतिक स्वार्थ पूरा गर्नेतर्फ केन्द्रित रहेको टिप्पणी गरिएको छ ।

प्रकाशित मिति : २४ श्रावण २०८०, बुधबार  ५ : ५६ बजे

झडप र तनावपछि सुनसरीको देवानगञ्ज र हरिनगर क्षेत्रमा अनिश्चितकालीन कर्फ्यु

सुनसरी – दुई समुदायबीच भएको हिंसात्मक झडपमा एक जनाको मृत्यु

अमेरिकी डलर १५४ रुपैयाँ नाघ्यो, युरो र पाउन्डको विनिमय दर पनि घटबढ

काठमाडौँ – नेपाल राष्ट्र बैंकले सोमबारका लागि विदेशी मुद्राको विनिमय

मध्यरातमा सुनसरी तनावग्रस्त: प्रहरीको गोली लागेर एक जनाको मृत्यु, २२ जना घाइते

सुनसरी – सुनसरीको देवानगञ्ज गाउँपालिकास्थित कप्तानगन्ज बजारमा साउने सोमबारको ‘बोलबम’

साउनको दोस्रो सोमबारः पशुपतिनाथमा पूजा, आराधना गर्नेको घुइँचो

काठमाडौँ– यस वर्षको साउनको दोस्रो सोमबार आज पशुपतिनाथ मूल मन्दिरभित्र

आज २०८३ साल साउन ११ गते सोमबारको राशिफल

काठमाडौँ – २०८३ साल साउन ११ गते सोमबार सन् २०२६