नेविसंघको केन्द्रीय तदर्थ समिति विस्तारलाई लिएर पार्टी कार्यालयमा नारावाजी | Khabarhub Khabarhub

नेविसंघको केन्द्रीय तदर्थ समिति विस्तारलाई लिएर पार्टी कार्यालयमा नारावाजी


२४ श्रावण २०८०, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


60
Shares
  • change font
  • change font
  • change font

काठमाडौँनेविसंघको केन्द्रीय तदर्थ समिति विस्तारलाई लिएर दुई पक्षले पार्टी कार्यालय सानेपामा नारावाजी गरेका छन् ।

पार्टी सभापति शेरबहादुर देउवाले विधान विपरीत नेविसंघको केन्द्रीय तदर्थ समिति विस्तार गरेको भन्दै असन्तुष्ट पक्ष र संस्थापन पक्षबीच नारावाजी भएको हो । असन्तुष्ट पक्षले बुधबार पार्टी कार्यालय सानेपामा वृहत विद्यार्थी भेला तथा विधानसम्मत भन्दै केन्द्रीय कार्यसमिति घोषणा कार्यक्रम राखेको थियो ।

 तर नेविसंघका अर्को समूहले नारावाजी गर्दै उक्त भेला रोक्न खोजेको थियो । दुईपक्षबीच विवाद भएपछि प्रहरीले पार्टी कार्यालयमा दुवै समूहलाई प्रवेशमा रोक लगाएको थियो । सो क्रममा पार्टी कार्यालयको गेट बाहिर दुवै पक्षले एकअर्का विरुद्ध नारावाजी गरेका थिए ।

नियमित महाधिवेशन नहुँदा केही समयदेखि तदर्थ समितिकै भरमा नेविसंघ चल्दै आएको छ । शेर्पा अध्यक्ष रहेकै समितिमा सभापति देउवाले ७१० जना केन्द्रीय सदस्य मनोनीत गरेका थिए । नेविसंघ केन्द्रीय समिति ७११ सदस्यीय बनाएपछि विधानविपरीत भन्दै अर्को पक्ष असन्तुष्ट छ । 

प्रकाशित मिति : २४ श्रावण २०८०, बुधबार  ५ : २१ बजे

चार वर्षपछि हट्यो फिफाको आर्थिक बन्देज, एन्फा नेतृत्व सफल भएको दाबी

काठमाडौं– आर्थिक अपारदर्शिता र भ्रष्टचारको आरोपमा चार वर्षदेखि विश्व फुटबल

म्यान्मामा गुम्बालक्षित हवाई आक्रमण, २२ जना सर्वसाधारणको मृत्यु

एजेनसी – म्यान्माको सागाइङ क्षेत्रको लीन ता लु गाउँस्थित एक

कसरी बन्यो तपाईँको थर ?

काठमाडौँ – थर अर्थात् वंशानुगत उपपद, मूल कुल परम्पराबाट सन्तान

प्रधानमन्त्री ओलीद्वारा इलामको माई नगर अस्पताल उद्‌घाटन

फिक्कल– प्रधानमन्त्री केपी शर्मा ओलीले शनिबार इलामको माई नगरपालिकामा निर्मित

चन्द्रागिरिका तीन वडा पहिरोको उच्च जोखिममा

कीर्तिपुर– वर्षा लागेसँगै चन्द्रागिरि नगरपालिकाका दर्जनौँ स्थान पहिराको जोखिममा परेका