'कलाको माध्यमबाट दुई भूगोल र समुदायलाई जोड्न सकिन्छ' | Khabarhub Khabarhub

‘कलाको माध्यमबाट दुई भूगोल र समुदायलाई जोड्न सकिन्छ’


२४ श्रावण २०८०, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


39
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– राष्ट्रिय सभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले कलाको माध्यमबाट दुई भूगोल र समुदायलाई जोड्न सकिने बताएका छन् । 

काठमाडौंमा बुधबार आयोजित नेपाल सेन्टर इन्टरनेशनलले आयोजना गरेको क्रस कन्ट्री आर्ट एक्जिबिसनको उद्घाटक गर्दै उनले कला र साहित्यले इतिहासदेखि वर्तमानसम्म नै फरक भूगोल र समुदायलाई जोड्दै आएको धारणा राखेका हुन्  । 

कला प्रर्दशनीमा राखिएका कलाकृतिहरू साँच्चिकै सुन्दर र जीवन्त रहेको चर्चा गर्दै अध्यक्ष तिमिल्सिनाले देश र समाजको विविधता अनुसार नै कलाकृतिमा पनि विविधता रहेको बताए । 

एक देशले अर्को देशलाई, एक जातिले वा समुदायले अर्को जाति वा समुदायलाई बुझ्न र बुझाउन तथा इतिहासलाई वर्तमानसँग सामिप्यता गराउन पनि कला प्रर्दशनीको महत्व रहेको भन्दै अध्यक्ष तिमिल्सिनाले जनता–जनताको बीचमा सामिप्यता बढाउन र आपसी सम्बन्ध विस्तार गर्न पनि प्रर्दशनीले सहयोग पुग्ने विश्वास व्यक्त गरे । 

नेपाल सेन्टर इन्टरनेशनलका संस्थापक निर्मलकुमार थापाको अध्यक्षतामा भएको कार्यक्रममा आर्टस फर पिपल पोर्चुगलकी प्रमुख अन्ना अन्टुनेस, पोर्चुगलका लागि अवैतनिक राजदुत राजेन्द्र खेतान, नेपाल–जर्मन चेम्बर अफ कर्मसका सन्तोष कुवँर लगायतले कला प्रर्दशनीका बारेमा धारणा राखेका थिए । 

कार्यक्रममा नेपाल, पोर्चुगल, अर्जेन्टिना, बंगलादेश, पेरु र स्पेन गरि ६ देशका ११ जना कलाकारले तयार पारेका कलाकृतिहरू प्रर्दशनीमा राखिएको छ । प्रर्दशनी हुकुम दरबार कमलपोखरीमा ३ दिनसम्म चल्नेछ । 

प्रकाशित मिति : २४ श्रावण २०८०, बुधबार  ५ : २४ बजे

दुई युवा सवार तीव्र गतिको मोटरसाइकल जब घरको भित्तामा ठोक्कियो

चितवन – चितवनको रत्ननगर नगरपालिकामा तीव्र गतिको मोटरसाइकल घरमा ठोक्किँदा

कप्तान रोहित पौडेल ८२ रन बनाएर आउट

काठमाडौं– कप्तान रोहित पौडेल ८२ रन बनाएर आउट भएका छन्

एमाले जुम्लाको अध्यक्षमा शान्तिलाल महत

जुम्ला– नेपाल कम्युनिष्ट पार्टी (एमाले) जुम्लाको अध्यक्षमा शान्तिलाल महत निर्वाचित

गृहमन्त्री र जीबी राईबारे अफवाह फैल्याएको आरोपमा समातिए डिल्लीराम

पटक पटक विवादमा परिरहने डिल्लीराम खनालाई प्रहरीले पक्राउ गरेको छ

अवैध लागूऔषधसहित ५ जना पक्राउ

काठमाडौं-  झापाको बिर्तामोड नगरपालिका-३ पन्चकन्या टोलबाट लागूऔषध ब्राउनसुगर जस्तो देखिने