उपराष्ट्रपति यादवको चीन भ्रमण स्वीकृत « Khabarhub

उपराष्ट्रपति यादवको चीन भ्रमण स्वीकृत


२४ श्रावण २०८०, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


48
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– सरकारले उपराष्ट्रपति रामसहाय प्रसाद यादवको चीन भ्रमण स्वीकृत गरेको छ । मन्त्रिपरिषद्का निर्णय सार्वजनिक गर्न बुधबार सिंहदरबारमा आयोजित पत्रकार सम्मेलनमा सरकारका प्रवक्ता रेखा शर्माले चीनको कुनमिङ सहरमा साउन ३१ देखि भदौ ३ गतेसम्म आयोजना हुने ७ औँ चाइना–साउथ एसिया एक्स्पो र २७औँ चाइना (कुनमिङ) इम्पोर्ट एन्ड एक्सपोर्ट फेयरमा सहभागी हुन उपराष्ट्रपतिको चीनको भ्रमण स्वीकृत गर्ने निर्णय गरेको जानकारी दिइन् ।

बैठकले श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयअन्तर्गत सञ्चालित प्रधानमन्त्री रोजगार कार्यक्रम र श्रम तथा व्यवसायजन्य सुरक्षा विभागका लागि आवश्यक पर्ने राजपत्राङ्कित अधिकृतस्तरका ७१५ अस्थायी दरबन्दी स्वीकृत गर्ने निर्णय गरेको छ ।

त्यस्तै बैठकले अमन चौधरी (अग्रवाल) र सोफिया रुथ भण्डारीले झुटा विवरण पेश गरि नागरिकता लिएको देखिएकाले नागरिकता रद्द गरि नेपाली नागरिकबाट हटाउने र संलग्न व्यक्तिहरूलाई कारवाही गर्ने निर्णय गरेको प्रवक्ता शर्माले जानकारी दिइन् ।

बैठकले भदौ १९ र २० गते स्वीडेनमा आयोजना हुने एक कार्यक्रममा सहभागी हुन प्रमुख निर्वाचन आयुक्तलाई स्वीकृति दिने, सिंहदरबारको संशोधित गुरुयोजना स्वीकृत गर्ने निर्णय समेत गरेको प्रवक्ता शर्माले बताइन् ।

पत्रकार सम्मेलनमा सरकारका प्रवक्ता शर्माले सुन तस्करी काण्डमा राज्यका निकायहरूले छानविन गरिरहेको र त्यसको प्रक्रिया अघि बढेकाले त्यसमा विश्वास गर्नुपर्ने बताइन् । उनले राज्यले गर्ने अनुसन्धान पूर्ण नभए अर्को निर्णय दिन सकिने भन्दै अहिले अनुसन्धानका लागि राज्यलाई सहयोग गर्नुपर्ने जिकिर गरिन् ।

उनले लगातार सदन अवरोध गर्नु राम्रो नभएकाले निकास खोज्न सरकार छलफलमा जुटेको जानकारी दिइन् । प्रवक्ता शर्माले कपन लगायत काठमाडौंका बिभिन्न स्थानमा आएको बाढीप्रति सरकार गम्भीर रहेको भन्दै अव विकासको योजनालाई व्यवस्थित रुपमा अघि बढाउनुपर्ने धारणा राखिन् ।

त्यस्तै उनले पशुचौपायामा देखिएको लम्पी स्कीन महामारीको नियन्त्रण र राहत प्रदान गर्नका लागि कृषि मन्त्रालयले योजना बनाइरहेको जानकारी दिइन् ।

प्रकाशित मिति : २४ श्रावण २०८०, बुधबार  ५ : ३४ बजे

वातावरण संरक्षणमा सक्रिय सहभागिता आवश्यक : सभामुख यादव

महेन्द्रनगर– मधेस प्रदेशसभाका सभामुख रामआशिष यादवले मिथिलाको लोकपर्व जुडशितलको शुभ

दुई सय २५ केजी गाँजासहित दुई जना पक्राउ

इनरुवा– सुनसरी बराहक्षेत्र नगरपालिका–६ बाट ठूलो परिणामा लागूऔषध गाँजासहित पक्राउ

अब शिक्षकहरूको अवकाशपछिको ‘सिटरोल’ प्रदेशस्तरबाट

काठमाडौं– राष्ट्रिय किताबखाना (निजामती) ले सामुदायिक विद्यालयका स्थायी शिक्षकहरूको अवकाशपछिको

मन्त्रिपरिषद्को नियमित बैठक सिंहदरबारमा

काठमाडौं- प्रधानमन्त्री बालेन्द्र शाह नेतृत्वको मन्त्रिपरिषद्को बैठक अहिले सिंहदरबारमा बसिरहेको

गगनलाई पूर्णबहादुरको ‘काउन्टर’ : स्पष्टीकरण सोध्ने समिति नै अवैधानिक

काठमाडौं- नेपाली कांग्रेसका निवर्तमान उपसभापति पूर्णबहादुर खड्काले पार्टीको अनुशासन समितिले