एमालेले संसद्लाई बन्धक बनाउन खोजेको आरोप « Khabarhub

एमालेले संसद्लाई बन्धक बनाउन खोजेको आरोप


२४ श्रावण २०८०, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


45
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– नेपाली काँग्रेस केन्द्रीय सदस्य पुष्पा भुसालले प्रतिपक्ष दल नेकपा एमालेले पछिल्लो समय संसद्लाई बन्धक बनाउन खोजेको आरोप लगाएकी छन् ।

रिपोर्टर्स क्लब नेपाल लुम्बिनी प्रदेशले बुधबार बुटवलमा आयोजना गरेको साक्षात्कार कार्यक्रममा भुसालले सुन प्रकरणको छानबिन गर्न उच्च स्तरीय छानबिन आयोग गठन गर्नुपर्ने माग राख्दै अवरोध गरेर एमालेले सदनलाई बन्धक बनाउन खोजेको आरोप लगाएकी हुन्  । 

त्यस्तै उनले बाढी पहिरो तथा महङ्गीका कारण जनजिविकाको अवस्था दयनीय बन्दै गएका बेला संसदबाट समाधानका उपाय निकाल्दै सम्बोधन गर्नुपर्ने संसद् अवरुद्ध तिर लाग्नु लोकतान्त्रिक प्रणालीलाई कतै कमजोर बनाउन चाहेको त होइन भन्ने आशंका उठिरहेको बताइन् ।  भुसालले हिजोको दिनमा गणतन्त्र र संसदमाथि प्रहार हुँदै जाँदा प्रणालीलाई बचाउनका लागि गठबन्धन गरिएको उल्लेख गरिन् । 

उनले ललिता निवास देखि विभिन्न विषयमा यसअघि कांग्रेसले पनि आवाज उठाएको तर कहिल्यै सदन अवरुद्ध नगरेको जिकिर गरिन् ।

प्रकाशित मिति : २४ श्रावण २०८०, बुधबार  ६ : ५८ बजे

बाढीमा बेपत्ता भएकाहरुको विवरण बुझाउन आग्रह

पर्सा – परवानीपुर गाउँपालिकाले गत भदौ १० गते रसुवा–भोटेकोशी बाढीमा

बलिउड अभिनेता टाइगर श्रफको गाडीमा गोली प्रहार, चालक घाइते

मुम्बई – बलिउड अभिनेता टाइगर श्रफको गाडीलाई लक्षित गरी भारतको

दशैंँमा युवा समूहको निःशुल्क यातायात सेवा अभियान

खोटाङ – जिल्लामा क्रियाशील युवाको एक समूहले ‘दशैँ–तिहार, चेलीलाई उपहार

‘स्ट्रेट अफ होर्मुज’खोल्ने इरानको सातदिने योजना अझै छलफलमै

तेहरान – ‘स्ट्रेट अफ होर्मुज’ पुनः खोल्न इरानले प्रस्ताव गरेको

जुम्लामा मार्सीधान काट्ने चटारो

जुम्ला – जुम्लाका किसानलाई मार्सीधान काट्न यो याममा भ्याइनभ्याइ नभएको