एमालेले संसद्लाई बन्धक बनाउन खोजेको आरोप | Khabarhub Khabarhub

एमालेले संसद्लाई बन्धक बनाउन खोजेको आरोप


२४ श्रावण २०८०, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


45
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– नेपाली काँग्रेस केन्द्रीय सदस्य पुष्पा भुसालले प्रतिपक्ष दल नेकपा एमालेले पछिल्लो समय संसद्लाई बन्धक बनाउन खोजेको आरोप लगाएकी छन् ।

रिपोर्टर्स क्लब नेपाल लुम्बिनी प्रदेशले बुधबार बुटवलमा आयोजना गरेको साक्षात्कार कार्यक्रममा भुसालले सुन प्रकरणको छानबिन गर्न उच्च स्तरीय छानबिन आयोग गठन गर्नुपर्ने माग राख्दै अवरोध गरेर एमालेले सदनलाई बन्धक बनाउन खोजेको आरोप लगाएकी हुन्  । 

त्यस्तै उनले बाढी पहिरो तथा महङ्गीका कारण जनजिविकाको अवस्था दयनीय बन्दै गएका बेला संसदबाट समाधानका उपाय निकाल्दै सम्बोधन गर्नुपर्ने संसद् अवरुद्ध तिर लाग्नु लोकतान्त्रिक प्रणालीलाई कतै कमजोर बनाउन चाहेको त होइन भन्ने आशंका उठिरहेको बताइन् ।  भुसालले हिजोको दिनमा गणतन्त्र र संसदमाथि प्रहार हुँदै जाँदा प्रणालीलाई बचाउनका लागि गठबन्धन गरिएको उल्लेख गरिन् । 

उनले ललिता निवास देखि विभिन्न विषयमा यसअघि कांग्रेसले पनि आवाज उठाएको तर कहिल्यै सदन अवरुद्ध नगरेको जिकिर गरिन् ।

प्रकाशित मिति : २४ श्रावण २०८०, बुधबार  ६ : ५८ बजे

शिकारीबास खोलाको कटान रोक्न तटबन्ध निर्माण गरिँदै

वीरगञ्ज– पर्साको विकट गाउँका रूपमा रहेको ठोरी गाउँपालिका-३ शिकारीबास खोलाको

रिजाल धारा खानेपानी मुहान संरक्षणले नागरिकलाई सहज

भोजपुर– पौवादुङमा गाउँपालिका-३ मा रिजाल धारा मुहान संरक्षण तथा खानेपानी

पशुपालक किसानलाई नगद अनुदान

गोरखा– उत्तरी गोरखाको धार्चे गाउँपालिकाले मासु उत्पादन गर्ने किसानलाई नगद

बाख्रापालनमा जमेका चन्द दम्पती

टीकापुर– गाउँघरमा पछिल्लो समय वैदेशिक रोजगारीका लागि जाने क्रम बढेका

पाल्पा रामपुरका ३८९ योजना सम्पन्न

पाल्पा– पाल्पाको रामपुर नगरपालिकाले यस आर्थिक वर्षमा ३८९ वटा योजना