अनलाइनमार्फत यौनहिंसा गर्ने दुई जना पक्राउ « Khabarhub

अनलाइनमार्फत यौनहिंसा गर्ने दुई जना पक्राउ


२४ श्रावण २०८०, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


1.4k
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- नेपाल प्रहरीले अनलाइनमार्फत यौनहिंसा गर्ने दुई जनालाई पक्राउ गरेको छ ।

प्रहरीको साइबर ब्यूरोले सामाजिक सञ्जाल फेसबुक एकाउन्टबाट फ्रेन्ड रिक्वेस्ट पठाएर नाबालिकासँग प्रेम सम्बन्धको बाहना बनाई अनलाइन अडियो र भिडियो कलमार्फत यौनहिंसा गर्ने सिन्धुपाल्चोक इन्द्रावती नगरपालिकाका समीर तामाङ र सुरेश तामाङलाई पक्राउ गरी आज सार्वजनिक गरेको हो ।

ब्यूरोका प्रवक्ता तथा प्रहरी उपरीक्षक पशुपतिकुमार रायले पीडित नाबालिकालाई फेसबुकबाट  साथी बनाएर भिडियो कलमार्फत मानसिक तनाव दिने तथा अश्लील फोटोसँग पीडितको फोटो जोडेर सामाजिक सञ्जालमा प्रकाशन गर्ने गरेकाले पक्राउ गरिएको जानकारी दिए ।

उनीहरुलाई प्रहरीले विद्युतीय कारोबार ऐन, २०६३ अन्तर्गत कसुरमा हदैसम्मको कारबाहीको माग गर्दै दायर गरिएको उजुरीमा काठमाडौँ जिल्ला अदालतबाट दुवै जनालाई पाँच दिनको म्याद थप गराई अनुन्धान भइरहेको उनले बताए ।

प्रकाशित मिति : २४ श्रावण २०८०, बुधबार  ८ : ५१ बजे

ला लिगा: फराकिलो जितमा बार्सिलोनाका लागि लामिनसहित पाँच खेलाडीले गरे गोल

काठमाडाैँ – स्पेनिस ला लिगाअन्तर्गत शनिबार राति भएको रोमाञ्चक खेलमा

कालीगण्डकी बाढी : विद्युत प्रशारण लाइनको अस्थायी टावर निर्माण

म्याग्दी – कालीगण्डकी बाढी र कटानका कारण क्षतिग्रस्त बनेको २२०

रुसमाथिको प्रतिबन्ध रोक्ने ट्रम्पको निर्णयप्रति युक्रेनको आपत्ति, अमेरिकी सांसदले गरे आलोचना

वासिङ्टन– अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र उनका युक्रेनी समकक्षी भोलोडिमिर

फ्रान्समा महँगीविरुद्ध प्रदर्शन हिंसात्मक: १२ सय बढी पक्राउ, १५० प्रहरी घाइते

पेरिस– फ्रान्समा विद्यालयमा देखिएको शैक्षिक कठिनाइ र चर्को महँगीविरुद्ध शनिबार

सम्पत्ति शुद्धीकरण कसुरमा लगानी बोर्डका पूर्वसीईओ सुशील भट्ट पक्राउ

काठमाडाैँ – लगानी बोर्डका पूर्वप्रमुख कार्यकारी अधिकृत (सीईओ) सुशील भट्ट