टेकु र सङ्खुवासभा घटनाबारे छानबिन गर्न समिति गठन « Khabarhub

टेकु र सङ्खुवासभा घटनाबारे छानबिन गर्न समिति गठन


२४ श्रावण २०८०, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


189
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- एक अधिवक्ताले दिएको अभिव्यक्तिका विषयलाई लिएर साउन १७ गते प्रहरी परिसर टेकुमा भएको धर्नामा प्रहरीले बल प्रयोग गरेको भनिएको घटनाबारे छानबिन गर्न सरकारले पाँच सदस्यीय छानबिन समिति गठन गरेको छ । गृह मन्त्रालयका प्रवक्ता सहसचिव नारायणप्रसाद भट्टराईले आज उक्त घटनाको छानबिनका लागि समिति गठन गरिएको जानकारी दिए ।

गृह मन्त्रालयका उपसचिव रामबहादुर शाहीको संयोजकत्वमा गठित छानबिन समितिलाई घाइते भएका व्यक्तिबारे सत्यतथ्य छानबिन गरी प्रतिवेदन पेस गर्न १० दिनको समय तोकिएको छ ।

समितिमा जिल्ला प्रशासन कार्यालय, काठमाडौँ, उपत्यका प्रहरी कार्यालय र राष्ट्रिय अनुसन्धान विभागका प्रतिनिधि सदस्य छन् । त्यस्तै कारागार कार्यालय सङ्खुवासभासभाका कैदीहरू विनोद तोलाङ्गी र विकास श्रेष्ठ भनिने आकाश बलामीको आज कारागारभित्रै मृत्यु भएका सम्बन्धमा समेत सत्यतथ्य जाँचबुझ गरी प्रतिवेदन पेस गर्न आजकै निर्णयानुसार अर्को समिति गठन गरिएको प्रवक्ता भट्टराईले जानकारी दिए ।

कारागार व्यवस्थापन विभागका निर्देशक कमलप्रसाद पाण्डेको संयोजकत्वमा गठित पाँच सदस्यीय छानबिन समितिमा नेपाल प्रहरी, राष्ट्रिय अनुसन्धान विभाग र जिल्ला प्रशासन कार्यालय सङ्खुवासभाका प्रतिनिधि सदस्य रहेको जनाइएको छ ।

प्रकाशित मिति : २४ श्रावण २०८०, बुधबार  ९ : ३१ बजे

नागरिकको विश्वास नै राजनीतिमा ठूलो उपहार हो : रास्वपा

काठमाडौँ– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले बडादसैँ, तिहार, नेपाल संवत्

किशोर श्रेष्ठपछि हिमेश पन्तलाई पनि बोलायो साइबर ब्युरोले

काठमाडौं – समाचारको विषयलाई लिएर जनआस्था साप्ताहिकका प्रधानसम्पादक किशोर श्रेष्ठ र

हिमेश पन्तको उजुरीपछि किशोर श्रेष्ठ साइबर ब्युरोमा

काठमाडौं – कमेडियन तथा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) नेता हिमेश पन्तको

सहायता कटौती र महँगीले अफगानिस्तानमा भोकमरी बढ्यो

काबुल – अन्तर्राष्ट्रिय सहायता कटौती र खाद्यान्नको मूल्यवृद्धिका कारण अफगानिस्तानमा

चिकित्सा शिक्षामा पहुँच विस्तार गर्न ४१८ सिट थपिए

काठमाडौँ – चालु शैक्षिक सत्रमा चिकित्सा शिक्षातर्फ ४१८ नयाँ सिट