हाच्छ्युँ आउँदा आँखा किन बन्द हुन्छ ? « Khabarhub

हाच्छ्युँ आउँदा आँखा किन बन्द हुन्छ ?


२३ भाद्र २०८०, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


318
Shares
  • change font
  • change font
  • change font

हामी सबैलाई थाहा भएको कुरा हो हाच्छ्युँ आउँदा हामी सबैको आँखा बन्द हुने गर्छ । तर यो किन हुन्छ भन्ने बारेमा भने थाहा नहुन सक्छ । त्यसैले आज हामी हाच्छ्युँ आउँदा आँखा किन बन्द हुन्छ भन्ने बारेमा जानकारी गराउने छौँ ।

हाच्छ्युँ आउनु स्वास्थ्यका लागि निकै राम्रो मानिन्छ । हाच्छ्युँ गर्दा शरीरमा रहेका हानिकारक तत्व बाहिर निस्किने गर्दछन् ।

समान्यतया हाच्छ्युँ आउनु शरीरको पाचन प्रक्रियाको एक हिस्सा हो । यसले शरीरलाई स्वस्थ बनाउन मद्दत गर्छ ।

यसलाई प्रतिरोधी तन्त्रको प्रक्रियामा पनि निकै महत्वपूर्ण भाग मानिन्छ । त्यसैले हाच्छ्युँ आउनु स्वास्थ्यका लागि फाइदाजनक मानिन्छ ।

हाच्छ्युँ गर्दाको समय आँखा खोलिराख्नु असम्भव छ र यो समयमा मुटुको गति एक मिलीसेकेन्डको लागि रोकिन्छ ।

चिकित्सकका अनुसार जब हाम्रो नाकमा कुनै चीज प्रवेश गर्न खोज्छ, यस्तो हुँदा हाच्छ्युँको मुख्य सङ्केत दिने दिमागको एक भागमा तीव्र प्रवाह हुन्छ ।

यो हाम्रो दिमागको तल्लो भागमा हुने गर्दछ । यो भागले हाच्छ्युँ आएकोबारे हाम्रो दिमागको उक्त भागलाई तिव्र रुपमा संकेत दिने काम गर्छ । जसका कारण हाम्रो घाँटी, आँखा र मुख बन्द हुने गर्दछ ।

त्यसको परिणामस्वरूप हावाको एक झोँक्का हाम्रो मुख र नाकबाट बाहिर निस्किने गर्दछ, जसलाई हामी हाच्छ्युँ भन्ने गर्दछौँ ।

प्रकाशित मिति : २३ भाद्र २०८०, शनिबार  ७ : ३६ बजे

चाहनाले नै मैले मधेसबाट चुनाव लड्ने निर्णय गरेको हुँ : सभापति थापा

सर्लाही – नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले सर्लाही निर्वाचन क्षेत्र

कानुनविपरित काम गरे चारित्रिक प्रमाणपत्रमा उल्लेख हुन्छ, सचेत हुनू : गृह मन्त्रालय

काठमाडौँ । गृह मन्त्रालयले कानुन विपरित गतिविधि गरे चारित्रिक प्रमाणपत्रमा

बालेन आज डोटीमा बस्ने, भोलि अछाम जाने

काठमाडौँ- राष्ट्रिय स्वतन्त्र पार्टीका वरिष्ठ नेता बालेन्द्र शाह (बालेन) यति

अभ्यास खेलमा नेपालले एमसीए प्रेसिडेन्ट–११ लाई ७ विकेटले हरायो

काठमाडौं – आईसीसी टी–२० विश्वकपको तयारी स्वरूप खेलिएको अभ्यास खेलमा

निर्वाचन सुरक्षाका लागि काठमाडौँमा कुकुरसहितको संयुक्त गस्ती

काठमाडौँ – आसन्न प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि भरपर्दो सुरक्षा व्यवस्था