हाच्छ्युँ आउँदा आँखा किन बन्द हुन्छ ? « Khabarhub

हाच्छ्युँ आउँदा आँखा किन बन्द हुन्छ ?


२३ भाद्र २०८०, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


318
Shares
  • change font
  • change font
  • change font

हामी सबैलाई थाहा भएको कुरा हो हाच्छ्युँ आउँदा हामी सबैको आँखा बन्द हुने गर्छ । तर यो किन हुन्छ भन्ने बारेमा भने थाहा नहुन सक्छ । त्यसैले आज हामी हाच्छ्युँ आउँदा आँखा किन बन्द हुन्छ भन्ने बारेमा जानकारी गराउने छौँ ।

हाच्छ्युँ आउनु स्वास्थ्यका लागि निकै राम्रो मानिन्छ । हाच्छ्युँ गर्दा शरीरमा रहेका हानिकारक तत्व बाहिर निस्किने गर्दछन् ।

समान्यतया हाच्छ्युँ आउनु शरीरको पाचन प्रक्रियाको एक हिस्सा हो । यसले शरीरलाई स्वस्थ बनाउन मद्दत गर्छ ।

यसलाई प्रतिरोधी तन्त्रको प्रक्रियामा पनि निकै महत्वपूर्ण भाग मानिन्छ । त्यसैले हाच्छ्युँ आउनु स्वास्थ्यका लागि फाइदाजनक मानिन्छ ।

हाच्छ्युँ गर्दाको समय आँखा खोलिराख्नु असम्भव छ र यो समयमा मुटुको गति एक मिलीसेकेन्डको लागि रोकिन्छ ।

चिकित्सकका अनुसार जब हाम्रो नाकमा कुनै चीज प्रवेश गर्न खोज्छ, यस्तो हुँदा हाच्छ्युँको मुख्य सङ्केत दिने दिमागको एक भागमा तीव्र प्रवाह हुन्छ ।

यो हाम्रो दिमागको तल्लो भागमा हुने गर्दछ । यो भागले हाच्छ्युँ आएकोबारे हाम्रो दिमागको उक्त भागलाई तिव्र रुपमा संकेत दिने काम गर्छ । जसका कारण हाम्रो घाँटी, आँखा र मुख बन्द हुने गर्दछ ।

त्यसको परिणामस्वरूप हावाको एक झोँक्का हाम्रो मुख र नाकबाट बाहिर निस्किने गर्दछ, जसलाई हामी हाच्छ्युँ भन्ने गर्दछौँ ।

प्रकाशित मिति : २३ भाद्र २०८०, शनिबार  ७ : ३६ बजे

रास्वपाको बलियो सरकारसँग कलाकर्मीको अपेक्षा, ‘चलचित्र बोर्डलाई स्वायत्त बनाइयोस्’

काठमाडौं- आफ्नो घोषणा पत्रमा ‘फिल्म क्षेत्र’ भन्ने शब्द नै नराखेको

पश्चिम एसिया संकट : उद्धार उडान आज पनि

काठमाडौं– सरकारको समन्वयमा नेपाल वायुसेवा निगमले पश्चिम एसियाका विभिन्न देशमा

स्वर्णिम वाग्लेको चुनाव खर्च २५ लाख ९० हजार

काठमाडौं– प्रतिनिधि सभा सदस्यमा तनहुँ जिल्ला क्षेत्र नम्बर १ बाट

पूर्वप्रधानमन्त्री ओलीलाई पितृ शोक

काठमाडौं– नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई पितृ शोक परेको

कञ्चनपुरमा डढेलोको जोखिम बढ्दो, पूर्वतयारी कमजोर

कञ्चनपुर– बढ्दो गर्मीसँगै कञ्चनपुरका वन क्षेत्रमा डढेलो लाग्ने जोखिम पनि