राजनीतिक स्थायित्वका लागि कोशीमा एमाले र कांग्रेस मिल्नुपर्छ : अध्यक्ष लिङ्देन « Khabarhub

राजनीतिक स्थायित्वका लागि कोशीमा एमाले र कांग्रेस मिल्नुपर्छ : अध्यक्ष लिङ्देन


२३ भाद्र २०८०, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


123
Shares
  • change font
  • change font
  • change font

विराटनगर- राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देनले कोशी प्रदेशमा एमाले र कांग्रेस मिलेर सरकार बनाइ राजनीतिक स्थायित्व दिनुपर्ने बताएका छन् ।

शनिबार विराटनगर विमानस्थलमा सञ्चालकर्मीसँग कुरा गर्दै लिङ्देनले अहिलेको व्यवस्थाका संस्थापकहरु एमाले र कांग्रेस मिलेर कोशी प्रदेशलाई जोगाउनु राम्रो हुने बताएका हुन् ।

राप्रपा कुनै पक्षमा नलाग्दा प्रदेशसभा नै विघटन हुने खतरा रहेको भन्दै उनले कांग्रेस र एमाले मिल्न नसके राप्रपाले आवश्यक समयमा उचित निर्णय लिने बताए ।

उनले भ्रष्टाचार छानबिनका नाममा उठाइएका विभिन्न प्रकरणहरुलाई सरकारले सत्ताको रक्षा कवचको रुपमा प्रयोग गरेको तर्क गरे । आर्थिक कारणले पनि प्रदेशको औचित्य समाप्त हुदै गएको भन्दै लिङ्देनले जातीय र धार्मिक द्वन्द्व बढाउने कार्य गर्न नहुने जिकिर गरे ।

उनले प्रमुख राजनैतिक दलहरु नै भ्रष्टाचार र सुन तस्करी प्रकरणमा जोडिएकाले निष्पक्ष र स्वतन्त्र रुपमा छानबिन गरिनुपर्ने धारणा व्यक्त गरे ।

प्रकाशित मिति : २३ भाद्र २०८०, शनिबार  ३ : ४१ बजे

काराबाओ कप : सेमिफाइनलमा आर्सन र चेल्सीको भिडन्त

काठमाडौं – काराबाओ कपको सेमिफाइनलमा अर्सनल र चेल्सीले प्रतिस्पर्धा गर्ने

लिवियाली दुर्घटनाग्रस्त विमानको ब्ल्याक बक्स भेटियो

टर्की – लिबियाको सशस्त्र बलका प्रमुख र उनका चार सहयोगीसहित

निर्वाचन ७० दिन बाँकीः तयार भयो निर्वाचन आचारसंहिताको मस्यौदा

काठमाडौं – निर्वाचन आयोगले निर्वाचन आचारसंहिता–२०८२ को मस्यौदा सल्लाह सुझावका

आज ‘क्रिसमस डे’ मनाइँदै

काठमाडौं – क्रिश्चियन धर्मका संस्थापक येशु ख्रीष्टको जन्मदिनको सम्झनामा आज

बिहीबारका लागि कुन विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौं – नेपाल राष्ट्र बैङ्कले आजका लागि विदेशी मुद्राको विनिमयदर